रातो घामको पर्खाई

उ खेत खन्दा खन्दै
खेतमै हराएको मान्छे,
मैले लाखौ पटक भट्दा पनि
उसलाई आफ्नो आगनमा भट्ने सकिन
किन कि उ सङ्ग आफ्नो जमिन छैन,
एक आङ्ग ओत लाग्ने,
तिमिले सपना देखाएको धेरै भयो
उसलाई जमीन दिने,
उ कुल्ली काम गर्दा गर्दै
सडकमा हराएको मान्छे,
मैले लाखौ पटक भेट्दा पनि
उसलाई आफ्नो गन्तव्यमा भेट्न सकिन
किन कि उ सङ्ग आफ्नो गन्तव्य नै छैन
अरुको काम गर्दा गर्दै ,
तिमिले सपना देखाएको धेरै भयो
उसलाई आफ्नो अधिकार दिने,
उ परदेश जादा जादै
परदेश तिरै हराएको मान्छे
मैले लाखौ पटक नियाल्दा पनि
उसलाई आफ्नो भुमिमा देख्न सकिन
किन कि
यो त शासकहरुले भाडाका मान्छे जन्माउने देश
तिमिले सपना देखाएको धेरै भयो,
एउटा स्वाधीन देश बनाउछु भनेर
तर आज
देशमा कुल्लीहरु, किसानहरु
आफ्ना जमीन नहुने श्रमजीविहरु,
देशबाट पर पुगेका
देशालाई माया गर्ने परदेशीहरु
मात्र भए जस्तो लाग्छ,
किन भने
खेतमा उनीहरू छन
सडकमा उनीहरु छन
देशको साध सिमाना उनीहरू छन
जनताको जीवनमा उनीहरू छन
तिमी सपना देखाउनेहरु खै कहाँ छौ?
छौ त,
तिमी सपना देखाउनेहरु आज
रमिते जस्ता
सहरमा छौ,
महलमा छौ,
सरकारमा छौ,
सदनमा छौ,
न्यायालयमा छौ,
प्रशासनमा छौ,
तर देश र जनताको जीवनमा कहिँ भेटिदैनौ,
राजनैतिक गुजाराका लागि दलालहरु पाउ मोल्ने
अस्थित्व हराएको मान्छे जस्ता,
त्यस कारण जनता लाई नयाँ बिहान जरुरी छ,
रातो घाम सहितको।