नेपालमा पहिलोपटक ‘अपटाउन म्यूजिक फेस्टिभल’ !

२०७८ फाल्गुन १८ गते, बुधबार


काठमाडौं । नेपालमा पहिलोपटक ‘अपटाउन म्यूजिक फेस्टिभल’ हुने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल यही फागुन २० (मार्च ४) गते शुक्रबार ललितपुरको झम्सिखेलमा हुन लागेको हो । फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति रहने छ । यसबाहेक हरि महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको अभिनय रहनेछ । उनीहरुबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रस्तुति दिने छन् । यी कलाकारबाहेक आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति हुनेछ । आयोजकका अनुसार फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाएका छन् । फेस्टिभलको शुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन् । यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार