अमेरिकी दिमाग

२०७८ फाल्गुन २२ गते, आईतवार

अमेरिकामा मात्र हुँदैन अमेरिकी दिमाग

त्यो युरोपमा हुन्छ

ल्याटिन अमेरिका

अफ्रिका र एशियामा पनि हुन्छ !

अमेरिकी दिमाग हुन

गोरो छाला

कुहिरा आँखा

र कैलो कपाल नै खाँचो पर्दैन

त्यो त

कालो या गहुँगोरो छाला

अनि

घँघुरिएको

या सपक्क मिलेको

कालो कपाल हुनेसँग पनि हुन्छ !

अमेरिकी दिमाग हुन

अमेरिकी नागरिकता

अमेरिकी पिआर

या अमेरिकी नातेदार हुनु पर्दैन

अमेरिकासँग

गोरु बेचेको साइनो नहुनेसँग पनि

गजबको अमेरिकी दिमाग हुन सक्छ ।

अमेरिकी दिमाग हुन

फरर अंग्रेजी बोल्न जान्नु पर्दैन

ए फर एप्पल नजान्नेसँग पनि

काइदाको अमेरिकी दिमाग हुन सक्छ ।

अमेरिकी दिमाग हुन

सर्ट–पाइन्ट

कोट र टाई पनि लगाइरहनु पर्दैन

दौरा सुरुवाल र ढाका टोपी

चौबन्दी र सारी

या धोती कुर्ता र गम्छामा लगाए पनि

अच्छाको अमेरिकी दिमाग बन्न सक्छ ।

अमेरिकी दिमाग हुन

अमेरिकी झण्डा नै बोक्नु पर्छ भन्ने छैन

अमेरिकी राष्ट्रिय गान नै गाउनु पर्दैन

हातमा चन्द्र सूर्य वाला झण्डा

र मुखमा ‘सयौं थुङ्गा पूmलका हामी’

हुनेहरू भित्र पनि

लुकेर बस्न सक्छ अमेरिकी दिमाग ।

अमेरिकी दिमाग हुन

जयमसी नै भन्नु पर्छ भन्ने छैन

जय सीता–राम

बुद्धम् शरणम् गच्छामी

या अल्लाहको नाम लिनेभित्र पनि

अमेरिकी दिमाग भैदिन सक्छ ।

कहिले खान पान बनेर

कहिले नाचगान बनेर

कहिले दान र अनुदान बनेर

अमेरिकी दिमाग

हर्दम आइरहन्छ

र हाम्रो स्वत्वहरण गरिरहन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार