अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

२०७८ चैत्र १७ गते, बिहीबार

काठमाडौँ । पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आज सुरु हुँदैछ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ । गत वर्ष कोरोना महामारीको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएको महोत्सव यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो । निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । ‘५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान् भन्ने लाग्छ,’ उनले भने, ‘त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर हो ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार