राजनीतिक जीवनको उषा–काल
पञ्चायती व्यवस्था थियो । बैठक, भेला, सभा–सम्मेलनहरू कि जङ्गलतिर वनभोज गएजस्तो गरेर गर्ने रहेछन्् कि राति कसैको घरमा बाहिर पहरा बस्दै गर्नुपर्ने । हामीलार्ई पनि रातका भेलाहरूमा बोलाउँथे । त्यस्ता भेला–बैठकमा ठालु, पुँजीपति, धनी, गरिब अनि ठूलो जाति, सानो जातिका कामको मूल्य सम्बन्धमा छलफल हुन्थ्यो । कहिले गीत सुनाउने, कविता सुनाउने पनि हुने गथ्र्यो । त्यस्ता कुराहरू आफैँँले वरिपरि देखेको र कतिपय आफैँँले भोगेकाले होला, यी कुराहरू साह्रै सही होजस्तो लाग्थ्यो । कतिपय कुराहरू बुझ्न गाह्रो हुन्थ्यो । धनी र गरिब, महिला र पुरुषबीच रहेको विभेद अनि छुवाछूतसम्बन्धी कुराहरूको विरोध गर्नुपर्छ, अन्यायपूर्ण कुरालार्ई सहनु हुन्न भन्ने कुराचाहिँ प्रस्ट बुझ्न सकिन्थ्यो । बसी खाने धनी मान्छेहरूका घर ठूला हुने, उनीहरूलार्ई खान–लाउन पनि प्रशस्त हुने अनि सधैँ काममा जोतिने गरिबहरूले चाहिँ खान पेटभरि पनि नपाउने, लाउन राम्रा लुगा नपाउने, त्यस्तो कसरी हुन्छ ? भन्ने कुराका विषयमा धेरै छलफल हुने गर्थे । यी कुराहरू सुन्दा–सुन्दा धनी मान्छेहरू भनेका धेरै शोषक हुने रहेछन््, धेरै मान्छेहरूको श्रम चोरेर, थुपारेर नै धनी हुने रहेछन्् । धनी भइसकेपछि गरिबलार्ई मान्छे नै नठानेर उनीहरू मानवीय व्यवहार गर्न छोड्ने रहेछन्् । तर, गरिबकै श्रम थुपारेर धनी मान्छेहरू धनी हुन सफल भएका हुने रहेछन्् भन्ने सामान्य कुरा भने बुझियो । त्यसपछि अब भविष्यमा के बन्ने ? भन्ने कुराहरू पनि अलिअलि सुनिन्थ्यो । मेरो आफ्नो घरपरिवारमा यो बन्नुपर्छ, त्यो बन्नुपर्छ भनेर सम्झाउने–बुझाउने कोही थिएन । हाम्रो गाउँघरतिर हामी र हाम्रो परिवार मात्र गरिब थिएन । हामीजत्तिकै अझ कमजोर मान्छेहरू पनि थिए तर जसको घरमा काम गर्न सक्ने मान्छे थिए, उनीहरूलार्ई धेरै दुःख थिएन । जसको घरमा खाने मान्छे धेरै तर काम गर्न सक्ने मान्छे कम थिए, उनीहरूलार्ई बढी समस्या थियो । जब म विद्यार्थी सङ्गठनमा आबद्ध भएँ, विद्यार्थीका समस्या थुप्रै हुन्छन्् र ती सबै कुरा फेर्नका लागि सरकार फेर्नुपर्छ । त्यसैले सत्ता नै फेर्न पर्दो रहेछ । यस्ता गहकिला तर यसो गर्न सकिएला र ? भन्ने कुराहरू थाहा हुँदै गयो । यदाकदा टिप्न नसकिने फलजस्तो पनि लाग्थ्यो । यस्ता कुरा सुन्दा र त्यो अवस्था आयो भने कस्तो सहज होला त ? मानिसको जिन्दगी भनेर परिकल्पना गर्दा पनि मनै फुरुङ्ग हुन्थ्यो भने त्यसका लागि हामीले किन प्रयत्न नगर्ने त ? त्यस्तो राम्रो कुराका लागि नलड्ने वा लड्न तयार नहुने त ! भन्ने लाग्न थाल्यो । परिवर्तनको चाहना र उत्साह पलाउँदै गयो । हामीले विद्यालयमा माग राखेर निवेदन ग¥यौँ । ती मागहरूमध्ये कतिपय विद्यालय प्रशासन, कतिपय जिल्ला शिक्षा कार्यालय र कति सरकारसँग सम्बन्धित हुन्थे । यति भएपछि विद्यालयमा हामीलार्ई हेर्ने दृष्टिकोण नै फरक हुन थाल्यो । तर विद्यार्थीले उठाएका कुरा केही पूरा पनि भए । धेरै वा सबै त किन हुन्थ्यो र ? त्यस्तो त अहिलेसम्म देशभर कहीँ पनि भएको छैन । उतिखेर त्यो सानो गाउँको एउटा विद्यालयको व्यवस्थापनले कसरी पो त्यो गथ्र्यो र ? यसरी म विद्यार्थीको हकहितका विषयमा छलफल र भेलामा मात्र उपस्थित हुने नभई प्रत्यक्ष त्यसलार्ई व्यवहारमा उतार्ने प्रयासमा पनि संलग्न हुँदै गएँ । विद्यार्थीको अधिकार क्षेत्र, पूरा हुनुपर्ने माग अथाह छन््जस्तो लाग्थ्यो । तर हामीले अहिले पाइरहेका त छैनौँ । बराबरको अधिकार रहेछ भन्ने कुरा विद्यार्थी सङ्गठनमा सङ्गठित भएपछि थाहा भयो । त्यो सबैका लागि हामीलार्ई सङ्गठनका शङ्कर दाइ र विश्व दाइहरू नै हुनुहुन्थ्यो । उहाँहरूले नै पढ्नलार्ई गाह्रो भएको वा नबुझेको कुनै विषय छ भने वार्षिक परीक्षा आउनुभन्दा एकदुई साताअगाडि ‘नबुझेको विषय पढ्न आउनू, नत्र पछि अनुत्तीर्ण होला नि’ भन्नुहुन्थ्यो । त्यसपछि बिहान वा बेलुका कतिखेर उहाँहरूको फुर्सद हुन्छ त्यही बेला गएर सिक्ने गरिन्थ्यो । अरू विषय त खास आफैँँ पढे पनि हुन्थ्यो । घरमा सिकाउने मान्छे मात्र होइन, आफैँँ पढ्ने पनि पटक्कै समय नभएका हामीलार्ई गणित र अङ्ग्रेजी विषय गाह्रो लाग्थ्यो ।

बैठकहरू गुर्जुधारा, कहिले थानकोट, कहिले किसिपिढी त कहिले कीर्तिपुरमा हुन्थे । त्यसरी जाँदा के बस चढिराख्ने ? एक–आधा घन्टा हिँडे त पुगिहालिन्छ भनेर हामी हिँड्दै आउँथ्यौँ । त्यतिखेर गाउँका अरू मान्छेहरूले देखे भने सँगसँगै हिँडेकोलार्ई ‘त्यो फलानी त फलानासँग हात समातेर हिँडेको देखेको थेँ’ भनेर गाउँमा हल्ला पनि गर्थे । अचम्म लाग्थ्यो । मान्छेहरू किन नभएको र नचाहिने कुरामा हल्ला गरी हिँड्छन्् । हामी भने सँगै मात्र हिँडेका हुन्थ्यौँ तर कुम जोडेर हिँडेको पनि थाहै थिएन । मलार्ई त अझ हातै समातेर भन्दा रहेछन्् । त्यतिखेर आफ्ना मिल्ने विद्यालयका साथीहरू धेरैलार्ई मैले यो विद्यार्थीको हकहितका लागि आवाज उठाउनुपर्छ । सबै मिलेर उठाएको आवाज सुन्छन्् । त्यसका लागि हामी सङ्गठनमा लाग्नुपर्छ भनेँ । तर धेरै जसोले ‘त्यस्ता कुरा गरेर बस्ने–हिँड्ने फुर्सद छैन हामीलार्ई त’ भने । थोरैजना सङ्गठित भए । ती सबै केटीहरू थिए । अहिलेजस्तो खुल्लमखुल्ला सङ्गठनको कुरा गर्दै हिँड्नेलार्ई प्रहरी, प्रशासन र पञ्चायती मतियारहरूको डर हुन्थ्यो । त्यसैले अलि विश्वासपात्रलार्ई मात्र कुराकानी गर्ने र उसले पनि समर्थन जनाएमा बल्ल सङ्गठनको सदस्यता दिएर सामेल गरिन्थ्यो । हामी किशोरी हुने बेला सँगै हिँड्दा मात्र त हात समातेर हिँडेको बात लगाउने समाजमा त्यस्ता घनिष्ट खालका केटा साथी हुन सम्भव थिएन । त्यस्ता केटा साथी थिएनन् । एउटै कक्षामा पढ्ने केटा साथीहरूसँग पनि हामी काम पर्दा मात्र बल्लबल्ल बोल्ने चलन थियो । तर जब म विद्यार्थी सङ्गठनकी सदस्य भएँ, त्यहाँ केटा मान्छेको सङ्ख्या धेरै थियो । तर जसरी बाटोघाटोमा आबारा केटाहरूले केटीहरू हिँडेको देख्दा पनि जिस्क्याउने, दुःख दिने गर्थे, हामी कतिलार्ई गाली गर्नुपर्ने, कोहीसँग झगडासमेत पर्ने गथ्र्यो तर सङ्गठनका विद्यार्थीहरूमा त्यस्तो खालको भाव मैले कहिल्यै अनुभव गरिनँ । त्यहाँ उही समस्याहरूको विषय, पढाइको विषय अनि थप भयो भने राजनीतिक कुरा हुन्थे ।
महिला पुरुषसँगै बस्दा सुन्न, बोल्न अप्ठ्यारो लाग्ने खालका कुरा गरेको मलार्ई कहिल्यै थाहा भएन । बरु उनीहरूसँग हिँड्दा, काम गर्दा, छुट्टै किसिमको गर्व भने लाग्ने गथ्र्यो । घरमा माइली दिदी, साहिँली दिदीहरू पनि यदाकदा भेलाहरूमा सहभागी हुने गर्थे । त्यसैले उनीहरूले कहिल्यै पनि यस काममा हिँड्नका लागि बाधा हाल्दैनथे । उनीहरूबाट सहयोग नै भयो । अहिले सम्झँदा कस्तो–कस्तो लाग्छ, हामी कस्तो समाजमा जन्मी हुर्केर यत्रो भइयो । त्यतिखेर जसरी राजनीतिमा लाग्नु भनेको बिग्रनु हो भन्ने आममान्छेको बुझाइ थियो । अझ त्यसमा पनि छोरी मान्छे छे भने त उसलार्ई सधैँ चरित्रहीनको आरोप लाग्ने गथ्र्यो । गाउँका दाँैतरीहरूका आमाबाबाले हामीसँग नबोल्न, नहिँड्न आफ्ना छोरीहरूलार्ई उर्दी जारी गर्दा असाध्यै नराम्रो लाग्थ्यो । राजनीतिक काममा सहभागी भएर नराम्रो काम गरेकाले त उनीहरूले आफ्ना छोरीहरूलार्ई हामीबाट टाढा राख्न चाहेका हैनन् ? भन्ने प्रश्न मनमा आउँथ्यो । तर जसरी म आफ्नो दिलदिमागले सोच्थेँ त्यसमा उनीहरूले भनेजस्तो, सोचेजस्तो, अझ हल्ला गरेजस्तो कुनै खराबी त्यहाँ पाउँदिनथेँ । सबै पक्षबाट तुलना गरेर हेर्दा आपूmले कुनै नराम्रो काम नगरेको बरु अन्याय र शोषणका विरुद्ध उभिएर महान् कार्यमा सहभागी भएको बोध हुन्थ्यो । आत्मगौरव हुन्थ्यो जसले राजनीतिक यात्रालार्ई जारी राख्न प्रेरित गरिरहन्थ्यो । समाजले चाहिँ बिनाबर्दीको प्रहरीको काम गरी निगरानी गथ्र्यो ।