वीरजङ्ग स्मृति ग्रन्थ प्रकाशित हुँदै

२०७९ असार ४ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले तत्कालीन केन्द्रीय सदस्य वीरजङ्गको स्मृतिमा स्मृतिग्रन्थ प्रकाशन गर्ने जनाएको छ । सो पार्टीका महासचिव विप्लवको आतिथ्यतामा हालै रुपन्देहीको नयाँगाउँस्थित पार्टी कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको बताइएको छ । उक्त बैठकबाट चद्रबहादुर चन्द ‘वीरजङ्ग’ कृतित्व र व्यक्तित्व स्मृतिग्रन्थ प्रकाशन गर्न नेकपाका केन्द्रीय सदस्य अनिल शर्माको अध्यक्षतामा पाँच सदस्यीय स्मृतिग्रन्थ प्रकाशन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा भेषराज भुषाल, खोमा तरामु, प्रकाश डुम्रेलगायत रहेका छन् ।उक्त स्मृतिग्रन्थमा जीवनी खण्ड, कृतित्व खण्ड र तस्वीर खण्ड गरी तीन खण्ड रहने बताइएको छ । प्रकाशन समितिले वीरजङ्गसँग सम्बन्धित लेख, उहाँका रचना, भाषण, अन्तर्वार्ता र तस्विरहरु उपलब्ध गराइदिन सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]