अस्थिरता

अनिता गजमेर २०७९ असार ११ गते, शनिबार



मान्छेमा स्थिरता नभएपछि बिचारमा बिचल्न आएपछि
आफ्नो घर छोडेर अरुको घर ताक्नै पर्यो नि हजुर !!
आफुलाई आदर्शवादी र नैतिकतावान ठान्नेहरुले
अरुलाई दोष थुपारेर बाहिरिनुभन्दा पहिले ,
आफैलाई प्रश्न गर्दा ठिक होला हजुर !!
सत्ता र कुर्सिको सपना देखेर
खोक्रो आदर्शको भाषण छाट्नेहरुले
कति दिन झुटको खेति गर्दै हिड्छौ,
त्यो त समयले देखाउछ हजुर !!
आफ्नो घरमा आगो लगाएर
अरुको घर सपार्छु भनेर हिड्नेहरुले
बुझि राख आज,
एक दिन त्यो सहिदको रगतले
तिम्रो नशा नशामा ज्वालामुखि बनेर बिस्फोट हुनेछ
अनि तिमीलाई प्रश्न गर्नेछ
हाम्रो रगतको मुल्य कहाँ लगेर सार्ट्यौ
अनि तिमी संसदबादमा फर्किएर
हाम्रो बलिदानलाई अपहेलित गर्दैछौ भनेर !!
अनि तिमी त्यो बेला लज्जित भएर
जवाफ दिनेछौं म बिचारमा बिच्लित भएर
संसदबादमा फस्न पुगे !!

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार