धर्मप्रति अनास्था

जबदेखि मैले सतही रूपमै भए पनि कम्युनिस्ट राजनीतिका विषयमा जान्ने-बुझ्ने मौका पाएँ । धर्म भनेको शोषकहरूले शोषितहरूलाई कज्याउनका लागि आविष्कार गरेको एउटा नदेखिने तर सबै हतियारभन्दा शक्तिशाली हतियार रहेछ भन्ने बुझेँ । त्यसपछि सानी हुँदा आमाले देवता, धर्मप्रति जगाएको आस्था गल्र्याम गुर्लुम ढल्यो । देवताका नाममा लगाउने टीका, प्रसाद, माला सबैप्रति विश्वास हरायो । तर हाम्रो समाज आजसम्म नै त्यही धर्मका नियम, कानुन, मिथ्यामा आधारित चलन, परम्परा, कर्मकाण्डकै आधारमा अदृश्य शक्तिहरूको आह्वान, पूजा, उनीहरूलाई गुहार मागेर आपूm सुरक्षित हुन पाऊँ, सफल हुन पाऊँ भन्ने याचनाहरूले भरिएको छ । जहाँ देवताका मूर्तिहरू छन्् त्यहाँ उनीहरूको निश्चित आकारअनुसार देवताका नाम हुने भए । जहाँ देवताका मूर्ति नभएका मन्दिर छन्् त्यहाँसमेत विभिन्न देवताहरूलाई सम्झेर उनीहरूलाई पूजा गर्ने, उनीहरूसँग आपूmलाई सुरक्षित राख्नका लागि याचना गर्ने, कुनै नयाँ काम गर्दैछ, परीक्षा दिएको छ भने उनीहरूलाई पुकारेर आफ्नो सफलताको कामना गर्ने आदि-इत्यादिले भरिएका हाम्रा सामाजिक रीतिरिवाजहरू छन्् । चलिआएको, गरिआएको गर्नुपर्छ भन्नेबाहेक त्यसको प्रत्यक्ष उपादेयता देखिँदैन । त्यसैले मलाई ती सबै कुरामा विश्वास लाग्न छोड्यो । मान्छे सामाजिक प्राणी भएपछि समाजमा आपूmलाई चित्त नबुझे पनि कतिपय चलनहरू हामी मान्न बाध्य हुनुपर्ने स्थिति आउँछ । त्यसको अनुसरण गर्ने, त्यसलाई छोड्न हुँदैन भन्दै विधिविधानअनुसार चल्ने-चलाउने काममा भने पुरुषहरूको दाँजोमा महिलाहरू अझ बेसी लागिपर्ने गर्छन् । कतिपय अवस्थामा पुरुषहरू ती विधिविधान कम मान्ने वा मान्दै नमान्ने गर्दछन्् तर महिलाहरू अत्यन्त कम मात्र होलान् जसले धार्मिक चलन, नियम, परम्परा आदि पूरै नमानेका हुन् । आफ्नो परिस्थितिअनुसार आफ्नो सहजतामा छोड्ने अर्कै कुरा, नत्र हत्तपत्त छोड्न मान्दै-मान्दैनन् । त्यसको उदाहरणका रूपमा गहनाको पहिरनलाई लिन सकिन्छ । प्राचीन कालमा महिला-पुरुष दुवैले गहना लगाउने गर्थे । पुरुषहरू आआफ्नो प्रतिकूलतालाई ध्यान दिँदै एकपछि अर्को गरी गहनाहरू पहिरिन छोड्दै गए । आजभोलि उनीहरूले लगाइहाले पनि गलामा सिक्री, औँलामा औँठीसम्ममा सीमित छन्् । कुनै पुरुषले त्यही गहना नपहिरिएमा त्यसलाई अनौठो, अचम्म मानिँदैन । त्यो एकदम सहज रूपमा लिने बानी समाजलाई परिसकेको छ । महिलाले कुनै गहना पहिरिएको छैन भनेचाहिँ स्वतः अनेक शङ्का-उपशङ्का गर्ने चलन छ । जस्तो कि, उसको श्रीमान् मरेको हुनसक्ने, कुनै गहना कमाएर लगाउन सक्ने हैसियत नभएको वा अरू विभिन्न आशङ्का गर्ने चलन छ । अझ चिनेजानेकाले त सोधिहाल्छन््, किन नाककान रित्तै ? हातगला रित्तै ? कति नसुहाएको ! भन्ने टिप्पणी सुनिहाल्नुपर्छ । लगायो भनेचाहिँ त्यसले लगाएको राम्रो, उसले लगाएको नराम्रो, उसका साना, उसका नक्कली यस्ता टीकाटिप्पणी भइरहेका हुन्छन्् । १० बर्से जनयुद्धमा भिड्ने महिलाहरूले गहना नलगाउने, भड्किलो शृङ्गार नगर्ने चलन चलाएपछि केही कम भएको थियो त्यो पनि माओवादीमा लागेका महिलाहरूमा । तर अब त उनीहरू सक्नेले झन् ठूला तिलहरी छड्के पारी-पारी प्रदर्शन गर्न थाले । नसक्नेहरू सानै भए पनि गहना लगाउन थाले । शृङ्गार पनि पहिलेजस्तो गर्दै नगरेर जस्तो प्रकृतिको देन हो त्यस्तै हुन्थ्यो भने आजभोलि लिपपोत गर्न थाले । अब कोही केही शृङ्गार गर्दैनन्, शृङ्गारगृह जाँदैनन् भने ऊ केही नजान्ने, पाखे, रहनसहनको तरिका नजानेको आदि आरोपहरू लाग्ने गरेका छन्् । त्यसैले मलाई लाग्छ, जनयुद्धकालमा उनीहरूले ती सबै उपलब्धताको सहजता नभएकाले मात्र छोडेका रहेछन्् । यसका बारेमा राम्रोसँग जानेको भए फेरि किन त्यसलाई नै अपनाउँथे होलान् त ! समाजको दबाब परेको भनौँ भने त्योसँग लडेर आएका घाघडान लडाकुहरू छन्् । आजभोलि भोज-विवाहमा जाने हो भने अरू सामान्य महिला सामान्य साजसज्जामै भेट्न सकिएला तर माओवादीमा लागेर, अझै लागिरहेका वा छोडेकाहरूले त्यसको कैयौँ गुणा बढी शृङ्गार गरेको र गहना लगाएको देख्न सकिन्छ । उनीहरूले युद्ध अवधिमै त्यसका विषयमा जानेर ती सबैलाई मनदेखि छोडेका होइन रहेछन्् । दार्शनिक रूपचन्द्र बिष्टले त्यसप्रकारको प्रवृत्तिलाई ‘बेइमान बन्ने अवसर नपाएर इमानदार बनेका भातेहरू’ भन्थे रे ! माओवादी जनयुद्धको मतलब पुरानो सत्ता परिवर्तन मात्र थिएन । त्यसले सिर्जना गरेका, संरक्षण गरेका सबै गलत रीतिरिबाज, चालचलन, मूल्यमान्यता आदि सबै ध्वंस गर्दै नयाँ, सही, जनउपयोगी, सामाजिक असमानतामा आधारित मूल्यमान्यतालाई समानतामूलक मूल्यमान्यता स्थापित गर्नु, विकास गर्नु, त्यसलाई सुदृढ र समृद्ध बनाउने अभिभारा माओवादीहरूको काँधमा थियो । त्यसलाई व्यवहारमा लागू गर्दै जीवन अगाडि बढाउने चलन सुरु भइसकेको थियो । जसरी जनयुद्धभन्दा पूर्व पार्टीमा जनवादी विवाह गरेर घर लैजाने, त्यसपछि घरमा पुर्याएपछि फेरि परम्परागत बिहे गर्ने, दोहोरो विवाहप्रणाली कायम थियो । जनयुद्धको समयमा घरमा जान नपाउने, गएमा राज्यपक्षका सेना, प्रहरीले गिरफ्तार गर्ने, बेपत्ता पार्ने, मार्ने हुन्थ्यो । त्यसैले बिहेपछि त्यस्ता दोहोरो मापदण्डअनुसारको बिहेप्रणालीको अन्त्य भएको थियो । त्यो सोचविचारको मात्र परिणाम नभएर तत्कालीन परिस्थितिको समेत उपज रहेछ । धर्ममा आधारित संस्कार कायम हुनु भनेको धर्मप्रति आस्था रहिरहनुको परिणाम पनि हो । घर लगेर भित्र्याउने/भित्रिने परिस्थिति सहज भएको भए, जनवादी बिहे गरेर फेरि परम्परागत मान्यताअनुसार दोहोर्याउने विवाह हुने थिएन भनेर आजको दिनतिर आइपुग्दा भन्न सकिने समय आएको छ । किनभने त्यतिखेर लगाएकै लुगामा टीका, पूmल वा माला मात्र लगाएर जनवादी विवाह गरेका जोडीहरूले आजभोलि आफ्ना छोराछोरीको विवाहमा पण्डित राखेर, मन्त्र पढाएर, पूरा परम्परागत विधिविधानअनुसार विवाह गराइरहेका दृश्यहरू हाम्रा उतिखेरका नेताहरूलाई सामान्य नै लाग्ने गरेको छ । जसले गर्दा उनीहरू सगर्व त्यस विवाहमा उपस्थिति जनाएर मखलेल परेका फोटाहरू सामाजिक सञ्जालमा मस्तै देख्न पाइन्छ ।

यसरी नयाँ सत्ता, नयाँ संस्कृति निर्माणार्थ ज्यानको आहुति दिनुपरे दिन तयार भएर लागेकाहरू पुरानै संस्कृतिमा रमाउन थालेको देखिन्छ । हुनत आजको सामन्तवाद पुँजीवादमा रूपान्तरित हुन गइरहेको सङ्क्रमणकालीन अवस्थाजस्तो वर्तमान समयमा एकातिर बजारमा पाइने सबै खालका नयाँ उपभोग्य सामग्रीहरूको खरिद, उपभोग गर्ने प्रचलन, कतिपय सामान हाम्रो खास उपयोगिताको नभए पनि नयाँ वस्तु रहेछ । एकपटक प्रयोग गरिहालौँ न भन्ने मानसिकतावस वस्तुहरू खरिद गर्ने प्रचलन बढ्दै गएको छ । त्यसकै अनुसरण वा प्रभावले कम्युनिस्ट आन्दोलनमा सरिक बडा-बडा हस्तीहरू प्रभावित भएको देख्न-सुन्न पाइन्छ । सामन्तवादले आपूmलाई बचाइराख्नका खातिर अन्धविश्वास, पाखण्ड, ढोंगलाई आफ्नो हतियार बनाइरहेको हुन्छ भने पुँजीवाद त्यसलाई अझै बढाइचढाइ गरेर नाफा बढाउने ध्याउन्नमा दिनरात लागिरहेको हुन्छ । यो कुरालाई राम्रोसँग बुझ्न नसक्दा कम्युनिस्टहरूसमेत उही पुँजीवादी जालका माछा बन्न विवश बनेको अवस्था छ । जुन कुरालाई पुँजीवादले अनेक इन्द्रेणी रङ भरेर नाफा कमाइरहेको हुन्छ । त्यही इन्द्रेणी रङ नै प्राकृतिक नै हो भनेजस्तो गरेर मानिसहरू पछि लागिरहेका हुन्छन्् । त्यही भीडमा माओवादीहरू नमिसिने प्रश्नै भएन । खासमा भौतिकवादीका पर्यायवाची कम्युनिस्ट जसलाई पूजापाठ, तन्त्रमन्त्र आदिबाट प्रार्थना, भजन, कीर्तनले मान्छेको खाली समयलाई केही राहत दिन त सक्ला तर त्यसले दीर्घकालीन रूपमा कुनै फल प्राप्त गर्न सकिँदैन भन्ने कुरा व्यवहारिक रूपमा नै पुष्टि भएको कुरा हो । कसरी भने जुनसुकै धर्म मान्ने मान्छेहरू किन नहुन्, त्यसका अगुवाहरू धनवान् हुन सक्छन््, भएका हुन्छन्् तर आम धर्मावलम्बीहरूको जीवन भने उही समग्र देशको अर्थतन्त्रले जेजति सुविधा र अवसर दिएको छ, त्योभन्दा माथिल्लो स्तरको जीवनयापन गर्न सक्नेगरी उनीहरूको जीवनस्तर उठ्न सकेको देखिँदैन । यद्यपि धर्मका ठेकेदारहरू यो भन्न पछि पर्दैनन्- जसले साँचो मनले पूजापाठ, प्रार्थना, याचना आदि गर्छ, उसले फल अवस्य पाउँछ । यसो भन्दै आममान्छेलाई साँचो मनले पूजापाठ नगरेकाले मात्र उनीहरूले जति माग्छन्् त्यति फल पाउँदैनन् भन्ने भ्रममा मान्छे फेरि पनि त्यही अन्धविश्वासमै रुमल्लिएर जीवन बिताइरहेको देखिन्छ । मेरा आफन्तहरू, छिमेकीहरू अनि चिनेजानेका मान्छेहरूसँग बराबर धर्मको पाखण्डीपनका सम्बन्धमा वादविवाद, बहस, छलफलहरू भइराखेको हुन्छ । उनीहरूको मत हुन्छ कि, अहिले हामीले जे जति प्राप्त गरिरहेका छौँ, त्यो नै भगवान्को कृपाले प्राप्त भएको हो । नत्र त यत्तिको हुने थिएनौँ । हुनसक्छ, योभन्दा बढी हाम्रो भागमा पर्न सम्भव भएन होला । त्यसैले अविश्वास गर्नु हुँदैन । त्यसो गर्दा पाप लाग्न सक्छ । आज यहाँ मृत्युलोकमा त हिजोको पापले होला, यस्तो अभावपूणर् जीवन व्यतित गर्नु परेको छ । आज पनि फेरि भगवान्प्रति अविश्वास गरेर पाप गरी स्वर्गको बाटो बन्द गर्नु हुँदैन । स्वर्गमा गएपछि सबै पाप-धर्म हिसाब-किताब हुन्छ । त्यहीअनुसार सफल वा असफल होइन्छ भन्ने विश्वास रहेको छ । अझ कोही मरेको ठाउँमा गयो भने त स्वर्गमा बास होस् भन्ने शब्दहरू एकदम धेरै सुन्न पाइन्छ । ऊ कहाँ बास गर्छ अहिलेसम्म न कसैले देखेको छ, न कोही मैले प्रत्यक्ष स्वर्ग वा नर्क देखेँ, भोगेँ यस्तो हुँदो रहेछ भनेर भन्न आएकै छ ! फेरि पनि हामी एउटा ‘रे !’ को भरमा त्यसकै यति धेरै विश्वास गढेर जनमानसमा बसेको छ, कतिपय भौतिकवादीहरूसमेत बैकुण्ठमा बास होस्, स्वर्गमा बास होस् भन्न पुग्छन्् । यो कुराले गर्दा मलाई धर्म भनेको उही कार्ल माक्र्सले भनेजस्तो एउटा अफिम रहेछ । जसलाई मानव जातिको मनमस्तिष्कमा एकपटक रोपिदिइसकेपछि त्यो नावोसरि फेरि-फेरि पुस्ता-दरपुस्तासम्म उम्रिने, झाँगिने-फैलने भइरहने रहेछ । त्यसको सत्य-तथ्य उजागर गर्ने भौतिकवादीहरू युगैपिच्छे जन्मेका छन्् तर उनीहरूले सीमित मान्छेहरूलाई मात्र ब्युँझाउन सक्दा रहेछन्् ।
आम सर्वसाधारण मान्छेलाई धर्म भनेको यो हो भनेर बुझाउन त त्यहाँको राज्यसत्ताले जनतालाई अन्धविश्वासबाट छुट्कारा दिलाउने नीतिनियम ल्याउन अत्यावश्यक छ । जसरी सतीप्रथालाई कडा कानुन ल्याएर राज्यपक्षले बन्द गराएको थियो । त्यसपछि पुरुषको लासको साथमा उसका स्त्रीहरूलाई जिउँदै चितामा जलाउने कुप्रथा समाप्त भएजस्तै पहल गरेमा मात्र पूणर् रूपमा धर्मलाई मानव-हितभन्दा अहितमा प्रयोग भइरहेकोलाई रोक्न सम्भव हुनेछ । अन्यथा जबसम्म अरू त अरू भए, कम्युनिस्ट भनेका सरकारका प्रमुखहरूले समेत धर्मको आडमा आपूmलाई सत्तामा पुगेको विश्वास गर्ने र आपूm सत्तामा अडिइरहनका लागि विभिन्न मठमन्दिरहरू धाएर राज्यकै ढुकुटी रित्याउँदै पूजा, पाठ, जप, तप, ध्यान आदि गर्ने परम्परा जबसम्म रहिरहन्छ देशका निमुखा जनताहरूको सुदिन कहिल्यै आउन सक्दैन । त्यसैले कम्युनिस्ट साँच्चैका भएका भए, तिनले जग हँसाउँदै पूजापाठ पक्कै गर्ने आँट गर्दैनथे । त्यसको खास विरोध हुने पनि गरेको छैन किनभने धेरैजसो मान्छेहरूलाई सायद लागेको होला उनीहरूले ठूला-ठूला पुण्य काम गरेकाले नै यो जुनीमा आमजनताको थोरै-थोरै कर जम्मा भएको सम्पूणर् ढुकुटीको एकलौटी मालिक हुने सौभाग्य प्राप्त गरे । अझै त्यसलाई टिकाइराख्नका लागि त्यही ढुकुटीबाट खर्च गरेर राम्रो गरिरहेको महसुस गरेका होलान् । हाम्रा कम्युनिस्ट नेताहरूको धर्म गर्ने तरिका कति धेरै अन्धविश्वासमा आधारित छ भने प्रधानमन्त्री हुँदा कालो बोको काट्नुपर्ने, प्रत्येक चाडमा विभिन्न मन्दिरमा पुगेर विशेष पूजा गर्नुपर्ने, त्यसको विरोधमा उनको पार्टीका धुरन्धर विद्वान्हरूले त कुरा उठाउने कुरै भएन । प्रतिपक्षका विद्वान्हरूले समेत चाँचुँ नगर्ने अनि बाँकी रहेका एकादुई सत्ताबाहिरका विद्वान्हरूले कुरा उठाएमा कसले सुन्ने ? अझ जनताले कुनै गाउँ वा सहरको चियापसलमा कुरा उठायो भने त त्यस्तो हावादारी कुरा उच्चस्तरीय सरकारी निकायहरूले सुनेर त्यसको सुनुवाइ हुनु ढुङ्गो टुसाउँदो, उन्यू फुल्दो भइहाल्यो ।
।