अनेसासको केन्द्रीय अध्यक्षमा गोवर्द्धन पूजा

२०७९ असार २७ गते, सोमबार


काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय अध्यक्ष पदमा अमेरिका निवासी साहित्यकार गोवर्द्धन पूजा निर्वाचित भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले निर्वाचित भएका छन् । यही असार २५ गते भएको अनलाइन भाेटिङ निर्वाचनबाट अध्यक्ष पदमा पूजाले ८०३ मत लिएर जित हासिल गरेका हुन् भने वरिष्ठ उपाध्यक्षमा वाग्लेले ५४० मत ल्याएर जित हासिल गरे ।
यसैगरी समाजको क्षेत्रीय उपाध्यक्ष (एसिया) मा डा. रेणु सोलु ५८७ मतका साथ विजयी भएकी छन् । महासचिवमा विमला निरौलाले ४६० मत ल्याएर जित हासिल गरेकी छन् । क्षेत्रीय उपाध्यक्ष (अमेरिका), क्षेत्रीय उपाध्यक्ष (युरोप), क्षेत्रीय उपाध्यक्ष (ओसिआनिया), सचिव, कोषाध्यक्ष र सदस्यहरु भने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]