सङ्गीत समर्पण कार्यक्रम सम्पन्न

२०७९ श्रावण ८ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको अवसरमा शनिवार जनगायकहरुले संगीत समर्पण कार्यक्रम गरेका छन । काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको नेपाल पर्यटन बोर्डको हलमा भएको कार्यक्रममा प्रगतिशील जनगायकहरुको साँझा मञ्च सङ्गीत अभियात्राको आयोजनमा भएको कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुतिहरू सहित संगीत समर्पण कार्यक्रम गरिएको हो । नेता पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनका एक इमान्दार नेता मानिनु हुन्छ उहाँको सम्मानमा विभिन्न कम्युनिष्ट पार्टी र तीनका जनवर्गीय संगठनहरुले विभिन्न् कर्यक्रम गरी स्मरण गरेका छन।
कार्यक्रमा उपस्थित विभिन्न पार्टीसंग आवद्ध कलाकारहरूले एउटै मञ्चबाट जनवादी गीत गाएका थिए। कलाकारहरूले एक पटक फेरी देशमा सांस्कृतिक आन्दोलनका माध्यमबाट समाजवाद स्थापना गर्न देशै भरी आन्दोलनको अदिबेरी ल्याउन आवश्यकता रहेको औंल्याएका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार