‘सुपर डान्सर नेपाल’को प्रसारण सुरु हुँदै

२०७९ श्रावण २६ गते, बिहीबार


काठमाडौँ। एडी रिलिजको आयोजनमा आजबाट ‘सुपर डान्सर नेपाल’ को प्रसारण सुरु हुँदैछ। यो डान्स रियालिटी शो बिहीबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुन लागेको हो। यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ। शोका निर्णायकमा अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन राई छन्। कार्यक्रमको होस्टमा कविता नेपाली र विल्सनविक्रम राई छन्। शोको निर्देशक भुषण दाहाल हुन्।
शोका लागि काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्जमा फिजिकल अडिसन र नेपाल बाहिर नेपाली भाषीको बाहुल्यता भएको स्थानमा डिजिटल अडिसन गरिएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार