दलालहरु बाई बाई

एमसीसी र एसपीपी
साम्राज्यबादी हस्तक्षेप
हुन हुन्न नेपालमा
असमाननागरिकता बिधेयक
चाहिदैन नेपालमा देश हुन्छ अनेक।
भारतीय हस्तक्षेप अभिशाप छ,
भारतीय ज्यादतीअफाप छ।
लिपुलेख कालापानी नेपालको दानापानी
भारत पस्छ नेपालमा जानी जानी
कहाँ गयो चुच्चे नक्शा ?
नेपालको बन्यो बुच्चे नक्शा।
कालापानीमा भारतीय चेकपोस्ट
भारत हिँड्छ बेरोक टोक।
भारतीय सेनाको गस्ती
नेपालमा भारतको मस्ती ।
बोर्डरका नेपालीलाई सास्ती
नेपाली मरे मरुन बोल्दैन सरकार
यसको लागि भारतले गर्छ जय जयकार।
देखेको भोगेको कुरा छ
बहिरो छ कि सरकार ?
भारत र नेपाल असल छिमेकी
तर बन्दैन भारत बिबेकी
अमेरिकाले त निलेको छ नेपाल
भारतले गर्दैछ बबाल?
आउदैन अमेरिका ह्वातै खान
दलाल लगाउँछ जाना जान
दलाललाई के को चिन्ता ?
यिनैले गर्छन बिदेशीलाई निम्ता ।
अरबौं पैसामा भागबण्डा नेपाललाई
हाम्रा नेता कस्ता कस्ता हाई हाई।
साम्राज्यबादी बाई बाई
नेपालमा बहुमूल्य रत्न छ
हीरा खानी तामा खानी छ।
उत्तरमा असल छिमेकी चीन छ
चीनलाई घेर्न अमेरिकाको चिन्ता?
बन्छ कि युक्रेन नेपाल ?
बन्नुपर्छ नेपाली अभियन्ता
चीनको अभिन्न ताईवान
एउटै चीन छ बलबान
किन बन्छ अमेरिका बेइमान ?
साम्राज्यबादलाई गरौं बाई बाई
असल छिमेकीको हुन्छ हाई हाई।
चाहिएको छैन जे जे त्यही छ यहाँ
सत्ता लिप्सा चुम्बकीय नेपालमा ।
आर्यघाट जाने बेला उम्मेदवारी
कस्ले गर्छ खबरदारी ?
उम्मेदवारी बन्छौ घरी घरी ।
कमीशन,भ्रष्टाचारी घुसखोरी
चुनाब खर्च, सधै मस्त,आलिसान महल
चप्पल लगाउने अहिले बस्छन् बबरमहल।
उद्योगी दुहुनो गाई
जति दोयो उति दियो
दलालहरुको दुहुनो गाई
अब कसरी हुन्छ मूल्य नियन्त्रण ?
साना ब्यापारीलाई भाषण
ठूलालाई मान र आभूषण ।
जो जो भ्रष्टाचारी छन् उनको सुरक्षा
यस्तै छ नेपाल ईमानदारको उपेक्षा ।
मङ्सिर चार दलालको पर्व
गर्छन् खर्च करोड र अर्ब
लाटालाई एक गिलास रक्सी र मासु
चुनाबपछि आखामाआँखामाआँसु
खबरदार देशमामा कुराको जालो छ।
श्रीलका बन्ने नेपालको पालो छ।