चर्चित लेखक सल्मान रुस्दीमाथि आक्रमण !

२०७९ श्रावण २८ गते, शनिबार

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा चर्चित लेखक सल्मान रुस्दीमाथि आक्रमण भएको छ । चौतौकुवा इन्स्टिच्युटमा बोलिरहेका बेला ७५ वर्षीय लेखक सल्मानमाथि स्टेजमै आक्रमण भएको हो । न्यूयोर्क प्रहरीका अनुसार एक पुरुषले स्टेजमा पुगेर सल्मानमाथि आक्रमण गरेका थिए । आक्रमणले सल्मानको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।
सल्मानलाई हेलिकाेप्टरबाट नजिकैको अस्पताल लगिएको थियो । उनको अवस्था अहिले गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भेन्टिलेटरमा रहेका लेखक सल्मान बोल्न नसक्ने अवस्थामा रहेको जारी वक्तव्यमा उल्लेख गरिएकाे छ ।
सल्मानमाथि विगत लामो समयदेखि इस्लामिक समूहबाट हत्याको धम्की आउने गरेको थियो । सन् १९९८ मा प्रकाशित भएको ‘द सटानिक भर्सेज’ उपन्यासपछि उनीमाथि ज्यान मार्ने धम्की आउने गरेको थियो । प्रहरीले आक्रमणमा संलग्न भएको अभियोगमा २४ वर्षका हादी मातरलाई न्यू जर्सीको फेयरभ्यूबाट पक्राउ गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार