शेरबहादुर अधिकारीका दुई पुस्तक सार्वजनिक

२०७९ आश्विन १० गते, सोमबार


काठमाडौं । साहित्यकार शेरबहादुर अधिकारीका दुइवटा पुस्तक सार्वजनिक गरिएको छ । शनिबार शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा अधिकारीका विश्रृङ्खलित सपनाहरु (कविता संग्रह) र शेरबहादुर अधिकारीका रचना र सम्झना गरी दुइ पुस्तक सार्वजनिक गरिएको हो । दुबै पुस्तकको प्रकाशकमा शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान, जाजरकोट रहेको छ । दुबै पुस्तकमा अधिकारीले रचना गरेका सिर्जनाहरु समावेश गरिएको छ । अधिकारीको सम्झनामा थुप्रै लेखहरु समेटिएका छन् । शनिबार सम्पन्न भएको कार्यक्रममा अधिकारी समाजको उत्थानका लागि लागिरहेको व्यक्ति रहेकाले उहाँको योगदान अजम्बरी रहने वक्ताहरुले बताएका छन् । यस्तै, कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणको सहभागिता थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार