बालेनको सहर

ठेलेहरु हो,
झोले, पोकेहरु हो !
तिमीले यसरी ठेला, झोला, पोका बोकेर गुजरा गर्न पाउँदैनौँ ।
तिम्रो ठेला, झोला, पोकाले मेरो सहर फोहोर देखियो ।
अब यो सहरमा सयौं भाटभटेनीहरु खुल्दैछन् ।
त्यसैले तिम्रो खाँचो छैन,
यो बालेन को सहर हो ।
सडक को पेटीमा मकै बेच्नेहरु हो,
चटपटे, पानीपुरी बेच्नेहरु हो !
तिमीले यसरी मकै, चटपटे, पानीपुरी बेच्न पाउँदैनौँ ।
तिम्रो मकै, चटपटे, पानीपुरी ले मेरो सहर दुर्गन्धित भैसक्यो ।
अब यो सहरमा धेरै पाँचतारे होटेल, क्याफेहरु बन्दैछन् ।
त्यसैले तिम्रो आबश्यकता छैन,
यो बालेन को सहर हो ।
झुपडीका पाखेहरु हो,
सहरको खोल्सा, खाल्सी मा बाँच्नेहरू हो !
तिमीहरु यसरी छाप्रो बनाएर आफ्नो शिर छोप्न पाउँदैनौ ।
तिम्रो झुप्रो, छाप्राहरुले मेरो सहर कुरुप देखियो ।
अब मेरो सहरमा ब्रुजखलिफाहरु बन्दैछन् ।
त्यसैले तिम्रो झुप्रा को आबश्यकता छैन,
यो बालेन को सहर हो ।
मजदुरहरु हो,
गरिब फोहोरीहरु हो !
तिमीहरु झुत्रा लगाएर मेरो सहरमा घुम्न पाउँदैनौ ।
तिम्रो झुत्रा लुगाले मेरो सहर थोत्रो देखियो ।
अब यो सहर मा मर्सिडिजमा भिआइपीहरु सवार गर्दैछन् ।
त्यसैले मेरो सहरको नजिक नआउ,
यो बालेन को सहर हो ।
बालेनको सहर मा सपिङ गर्न,
तिमीलाई खाडीको तिन वर्ष को कमाई चाहिन्छ ।
मेरो सहर मा सेल्फी खिच्न, डलरले किनेको आइफोन चाहिन्छ ।
ठेले, झोले, पोकेहरु हो !
मकै,पानीपुरी,चटपटे बेच्नेहरु हो !!
गरिव झुपडीका पाखेहरु हो !!!
मेरो सहरको मुल्य तिमीले तिर्न सक्दैनौ ।
तिमी नजिक आउँदा मेरो सहर कुरुप, दुर्गन्धित, फोहोर हुन्छ ।
त्यसैले मेरो शहरभन्दा कोसौं टाढा बस ।
यो सहर,
राणाहरु,राजाहरूबाट बिर्ता पाउने सन्तानहरुको हो ।
भ्रस्टचारी, दलाली, तस्कर गरेर महल उठाउनेहरु को हो । ।
किनकि यो बालेन को सहर हो ।
(कवि ः नेपाल कम्युनिस्ट पार्टी दाङका सचिव हुन्)
ब्चपय बलपबmब चबपजलभ
चल्ला खाने चिल
विक्रान्त सि
ए सशस्त्र दाइ
ल्याउन मटेङ्ग्रो
रिस उठिसक्यो
हिर्काई दिन्छु गुलेलीले
त्यो चल्ला खाने चिललाई
कि ? सोध्नुस् त एकपटक
तिमीलाई नुन दिने सरकारसँग
राइफल पट्काएर, निशना लगाएर
मार्न मिल्छ कि ? मिल्दैन
त्यो चल्ला खाने चिललाई
ए सशस्त्र दाइ
बरु तपाईंको निसाना लाग्दैन भने
मै निसना लगाउला
मै तेर्साउला राइफल
अति गरिसक्यो त्यो दुश्मनले
बरु मलाई पट्काई थि भन्नु
तम्रो सरकारसँग
दुई, चार दुश्मनका चल्ला मारेपछि
रिस त मरलान् मेरा
ए सशस्त्र दाइ
मेरो पोशाक तमी लगाउ
तम्रो पोशाक म लगाउला
हेप्नेलाई, मिच्नेलाई
बारम्बार थिच्नेलाई
बाँकी राख्नु हुँदैन
के तम्रो मनमा छुदैन
ए सशस्त्र दाइ
आमाको चोली च्यात्नेलाई
एकचोटि ल्याउनु के राइफल
ट्रिगर दबाउ, कति गुलेली तन्काउनु
हामी दिदिबहिनी मात्रैले
टन्टैसाप बनाई दिन्छौ ।
रिसकै तालमा
त्यो चल्ला खाने चिललाई ।।