अन्तिम बिदा कमरेड वीरजङ्ग
२०७८ असोज २९ गतेका दिन हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द कमरेड ‘वीरजङ्ग’ को भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारको क्रममा असामयिक र दुःखद निधन हुन पुग्यो । उहाँँ ठीक दुई वर्ष पहिले अर्थात्् २०७६ असोज २९ गतेकै दिन दाङ जिल्लाको राजपुर गाउँँपालिका ४, मुँग्रेठाबाट राप्ती ब्युरोको बैठक बसिरहेको अवस्थामा गिरफ्तार हुनुभई तुल्सीपुर दाङ हँुदै काठमाडौँ, काभ्रे, सुनसरी, सङ्खुवासभा, नवलपरासी, चितवनलगायतका जिल्लाहरूका हिरासत तथा जेलमोर्चामा रहनुभयो । हिरासत तथा जेलबसाइँका क्रममा वर्तमान सत्ताको अमानवीय चरित्र र व्यवहारका कारण विभिन्न रोगबाट ग्रसित उहाँँको स्वास्थ्य स्थितिमा गम्भीर प्रकारको समस्या उत्पन्न हुन पुग्यो भने यसैबीचमा कोभिड १९ बाट पनि थलिनुभयो ।
स्वास्थ्यस्थितिमा आइरहेको खराबीसँगै १९ महिनाको हिरासत तथा जेल बसाइँपश्चात् २०७८ वैशाख १७ गतेका दिन कपिलवस्तुको शिवगढीमा पार्टीका महासचिव कमरेड विप्लवले आत्मीयतासहित हाम्रोबीचमा स्वागत गर्नुभयो । केही दिनको आरामपछि उहाँँ उपचारको लागि बुटवल र काठमाडौँका विभिन्न अस्पतालमा भर्ना हुनुभयो । ती सुविधासम्पन्न भनिएका अस्पतालहरूमा चिकित्सकहरूले हरसम्भव कोसिस गर्दा पनि उहाँँको रोगको पहिचान हुन सकेन र अन्ततः उहाँँको उपचारमा संलग्न चिकित्सकहरूकै सल्लाहअनुसार उहाँँलार्ई भारतको राजधानी दिल्लीस्थित म्याक्स अस्पतालमा भर्ना गरियो । भर्ना भएको भोलिपल्ट नै चिकित्सकहरूले उहाँँको मुटुको भल्वमा समस्या रहेको जानकारी दिनुका साथै, केही दिनपछि सफलतापूर्वक शल्यक्रिया भएको कुराले सिङ्गो पार्टी–पङ्क्ति, घर–परिवार तथा आफन्तजनहरूमा खुसियाली छायो तर दुःखद् कुरा उहाँँको शल्यक्रियापश्चात् घाउहरूमा इन्फेक्सन हुन थाल्यो । दोस्रोपटकको शल्यक्रियासहित चिकित्सकहरूले आफ्नो सम्पूर्ण ज्ञान, सीप र प्रविधिको प्रयोग गर्दा पनि उहाँँलार्ई बचाउन सकिएन र अन्ततः उहाँँले वैज्ञानिक समाजवाद–साम्यवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति सम्पन्न गर्दै निरन्तर क्रान्ति जारी राख्ने जिम्मेवारी हामीलार्ई सुम्पिँदै संयोग नै मान्नुपर्दछ कि दुई वर्ष पहिले गिरफ्तार भएकै दिन भौतिकरूपले सदाका लागि आँखा बन्द गर्नुभयो ।
बाल्यकाल, परिवार, शिक्षा र सरकारी सेवा
२०१६ फागुन ७ गतेका दिन हाल रोल्पा जिल्ला परिवर्तन गाउँँपालिका ३ साविक इरिबाङ गाविस ८ मा बुबा चित्रबहादुर चन्द र आमा आशिकादेवी चन्दको जेष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को बाल्यकालसँगै प्राथमिक तहको शिक्षा गाउँँकै श्री राष्ट्रिय प्राथमिक विद्यालयमा केवरीमा भएको थियो । तत्कालीन अवस्थामा जिल्लाको सदरमुकाममा रहेको एक मात्र माध्यमिक विद्यालय (हाल उच्च माध्यमिक विद्यालय) श्री बालकल्याण माध्यमिक विद्यालय लिबाङमा अध्ययन गर्नुभई हाल प्यूठान नगरपालिका ८, साविक धर्मावती गाविस १, बाग्दुला प्यूठानस्थित श्री जनता माध्यमिक विद्यालयबाट २०३६ मा बोर्ड परीक्षा दिई उत्तीर्ण हुनुभयो । तत्पश्चात् २०४६ सम्म झन्डै एक दशक सरकारी सेवामा रहनुभयो । श्री वागेश्वरी प्रावि भाबाङमा शिक्षण पेसामा संलग्न, रुघा गाउँँ पञ्चायत रुकुम, इरिबाङगाउँ पञ्चायत रोल्पाको सचिव हँुदै केन्द्रीय नापतौल विभाग काठमाडौँमा रहनुभयोे भने यता सोही समय अर्थात्् २०४५ सालमा बुबाको नेतृत्वमा उहाँँको सपरिवार रोल्पाबाट कपिलवस्तु बसाइँ सराइ गर्नुभएको थियो । २०४६ को पञ्चायती व्यवस्थाको विरुद्ध सञ्चालन गरिएको जनआन्दोलनमा कर्मचारी सङ्गठनको तर्फबाट सहभागी हुनुभयो । गृहजिल्ला कपिलवस्तु फर्कनुभयो र २०४७ मा साविकको जागिरबाट राजीनामा दिनुभयो । बुबाको २०५४ असोज १४ मा निधन भइसकेको छ भने हाल उहाँँको परिवारमा ९४ वर्षीय आमा आशिकादेवी चन्द, जीवनसाथी राजकुमारी चन्द, दुई दिदी, एक बहिनी माइलो भाइ जयन्द्र चन्द (गणतान्त्रिक खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष), कान्छा भाइ नेत्रविक्रम चन्द ‘कमरेड विप्लव’ नेकपाका महासचिव, भतिज डाक्टर प्रकाश चन्द (अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय महासचिव) छोरा–बुहारी, नाति–नातिना, भाञ्जा–भाञ्जीसहित जम्माजम्मी तीन दर्जनभन्दा बढीको परिवारका सदस्य सङ्ख्या रहेको छ ।
राजनीतिक यात्रा र विभिन्न जिम्मेवारी
पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उहाँँको जिम्मेवारी र संलग्नता के कति रहेको थियो ? भन्ने कुरा लिखित जानकारी नभए पनि २०३५÷०३६ को विद्यार्थी आन्दोलनदेखि उहाँँको राजनीतिक यात्रा सुरु भएको पाइन्छ । सँगसँगै जिम्मेवारीमा रहनुभएका कमरेडहरूको जानकारीअनुसार २०४५ मा तत्कालीन नेकपा (मशाल)को पार्टी सदस्य प्राप्त गर्नुभएका कमरेड वीरजङ्ग २०४७ को चार पार्टीको बीचको एकतापश्चात् बनेको नेकपा (एकताकेन्द्र) को कपिलवस्तु जिल्लाको वैकल्पिक जिल्ला सदस्यको जिम्मेवारीमा रहनुभयो । नेकपा (एकताकेन्द्र) ले आफ्नो वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालमार्फत्् २०४८ को संसदीय निर्वाचन उपयोग गरेको थियो भने २०४९ को स्थानीय निर्वाचनमा भाग लिएको थियो; जुन निर्वाचनमा उहाँँ शिवगढी गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०५२ फागुन १ गते जनयुद्धको ऐतिहासिक थालनीपश्चात् २०५३ भदौ महिनामा पार्टीले उहाँँलार्ई बाग्लुङ–म्याग्दी–पर्वत–मुस्ताङसहितको संयुक्त जिल्लाको जिल्ला समितिमा काम गर्ने गरी सरुवा ग¥यो ।
२०५६ मा बाग्लुङ–म्याग्दी–पर्वत–मुस्ताङ संयुक्त जिल्लाको सेक्रेटरी तथा लुम्बिनी–धौलागिरी उपक्षेत्रीय ब्युरो सदस्य, २०५९ मा विशेष क्षेत्रीय ब्युरो सदस्य हँुदै नेकपा (माओवादी) को विभाजनपश्चात् बनेको नेकपा–माओवादीको स्थापनासँगै २०६९ चैतमा वैकल्पिक केन्द्रीय सदस्य, २०७१ मङ्सिर ८ गते पार्टी पुनर्गठनपश्चात् दाङमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०७३ फागुनमा काठमाडौँ–रोल्पामा सम्पन्न आठौँ महाधिवेशनद्वारा पुनः केन्द्रीय सदस्यमा निर्वाचित, २०७३ चैत महिनामा नुवाकोट जिल्लामा सम्पन्न आठौँ केन्द्रीय सदस्यको पहिलो बैठकद्वारा पोलिटब्युरो सदस्यको जिम्मेवारीमा पुग्नुभयो । पार्टीद्वारा सञ्चालन गरिएको शुद्धीकरण अभियानपश्चात् वरिष्ठ केन्द्रीय सदस्य रही गिरफ्तारीको समयमा मध्यपश्चिम कमान्डको इन्चार्ज तथा युवा सङ्गठन नेपालको फ्र्याक्सन इन्चार्जका रूपमा रहनुभएको थियो । क्षेत्रीय ब्युरो तथा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदा उहाँँले बाग्लुङ, रूपन्देही, कपिलवस्तु जिल्लाको इन्चार्ज तथा अवध राज्यको सेक्रेटरी हँुदै लुम्बिनी ब्युरोको इन्चार्जको महत्त्वपूर्ण भूमिकामा रही कुशलतापूर्वक आफ्नो जिम्मेवारी सम्पादन गर्नुभएको थियो ।

सैन्य सङ्गठनतर्फ प्रारम्भमा लुम्बिनी–धौलागिरी उपक्षेत्रमा कार्यरत छापामार दलको सह–कमान्डर, अस्थायी प्लाटुनको सह–कमान्डर, ६ नम्बर प्लाटुनको कमान्डर, कमिसार पुनः २०५६ भदौदेखि २०६१ असारसम्म संयुक्त जिल्लाको सेक्रेटरी २०६१ पछि पुनः जनमुक्ति सेनाको नवौँ ब्रिगेडअन्तर्गत ११ औँ बटालियनको राजनीतिक कमिसारको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । सैन्य सङ्गठनमा रहँदा उहाँँको नेतृत्वमा केही महत्त्वपूर्ण फौजी कारबाही, तालिम, विभिन्न अध्ययन–अनुसन्धान भएका थिए भने विभिन्न मोर्चामा दुईपटक घाइते हुनुभएको थियो ।
झुट्टा मुद्दा र जेल–हिरासतमा सङ्घर्ष
२०४९ को स्थानीय निर्वाचनबाट शिवगढी गाविसको अध्यक्षमा निर्वाचित भएपछि तत्कालीन स्थानीय सामन्ती जाली–फटाहा तथा काँग्रेसी गुण्डाहरूले उहाँँमाथि धेरैपटक भौतिकरूपमा साङ्घातिक हमला गर्ने प्रयत्न गरे तर ती साङ्घातिक हमलाको विरुद्ध उहाँँको नेतृत्वमा रहेको पार्टी तथा लडाकु दस्ताले जमेर प्रतिरोध गरेका कारण उनीहरूको योजना असफल हुन पुग्यो । ‘जो चोर, उसकै ठूलो स्वर’ भन्ने नेपाली उखानको चरितार्थ गर्दै उनीहरूले उल्टै कमरेड वीरजङ्गका विरुद्ध जनयुद्धको थालनी अघि मात्र झन्डै आधादर्जन झुट्टा मुद्दा थोपर्न पुगे । जनयुद्धको ऐतिहासिक थालनी हुँदै शान्तिप्रक्रियासम्म पुग्दा राज्यसत्ताद्वारा उहाँँका नाममा दर्जनौँ झुट्टा मुद्दा लगाइएको थियो । जेल तथा हिरासत मोर्चाका दृष्टिले पहिलो पटक २०७४ को कथित संसदीय निर्वाचनको दौरानमा काठमाडौँबाट गिरफ्तार हुनुभयो । जतिखेर उहाँँको जेठा छोरा बीएस चन्द मुटुको प्रत्यारोपणका लागि भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा जीवन–मरणको सङ्घर्ष गर्दै थिए । त्यसै प्रयोजनको लागि उहाँँ आर्थिक ऋण–सापटीको कार्यमा हुनुहुन्थ्यो । त्यसबेला उहाँँ करिब एक महिना हिरासत मोर्चामा रहनुभयो । दोस्रोपटक कथित प्रतिबन्धपछि राप्ती ब्युरोको बैठकस्थल दाङबाट २०७६ असोज २९ गते गिरफ्तार भइ १९ महिनाको अवधिमा करिब एकदर्जन जिल्लाका जेल–हिरासत मोर्चाको सङ्घर्ष गर्दै २०७८ वैशाखमा चितवन कारागारबाट छुट्नुभएको थियो ।
अनुकरणीय गुण
चन्द्रबहादुर चन्द कमरेड ‘वीरजङ्ग’ साँचो अर्थमा एउटा क्रान्तिकारी योद्धा, इमानदार जनप्रिय नेता, चार कुशलकर्ता एवम् देश र जनता तथा पार्टी र क्रान्तिप्रति बफादार एक निर्भिक कम्युनिस्ट हुनुहुन्थ्यो । व्यक्तिगत तथा पारिवारिक मामिलालार्ई गौण बनाउने तथा संस्थागत र पार्टी तथा क्रान्तिलार्ई प्रधान बनाउने कम्युनिस्ट विचार नै उहाँँमा अन्तर्निहित गुण थियो । आजको विश्व र नेपाली समाजको चरित्रअनुसार एकाध महिना या एकाध वर्ष जो पनि कम्युनिस्ट बन्न सक्दछ तर जीवनभर कम्युनिस्ट बन्नु त्यति सजिलो विषय अवश्य छैन । त्यसमा पनि आज संसदीय कम्युनिस्टहरूको बिगबिगी चलिरहेको अवस्थामा वैज्ञानिक समाजवाद–साम्यवाद स्थापनाका लागि मालेमावादको विकास अपरिहार्य बनेको छ । त्यसका लागि खोज, अध्ययन र अनुसन्धान गर्दै नवीनतम् कार्यदिशा र कार्यक्रमसहित वर्गसङ्घर्षको सञ्चालन गर्नु अवश्य नै जटिल विषय हो । कमरेड वीरजङ्गले परिस्थितिको यो जटिलतालार्ई स्वीकार्दै सचेततापूर्वक आत्मसात् गर्नुभयो र आपूmलार्ई निरन्तर कम्युनिस्ट क्रान्तिकारी बनाइराख्न मृत्युपर्यन्त सफल हुनुभयो । कमरेड वीरजङ्गका अनुकरणीय क्रान्तिकारी गुणहरूलार्ई सङ्क्षेपमा निम्नानुसार अध्ययन गर्न सकिन्छ–
सिद्धान्त र व्यवहारबीचको तालमेल
एउटा कुशल क्रान्तिकारी राजनीतिज्ञ त्यो हो, जसले पार्टीका सिद्धान्त र व्यवहारलार्ई ठीक ढङ्गले समायोजन गर्न सक्दछ । त्यसको एक मात्र उद्देश्य पार्टीलार्ई जीवन्त राख्दै पार्टीलार्ई क्रान्ति गर्न सक्ने अग्रदस्तामा बदल्ने कुरामा अन्तर्निहित रहन्छ । नेपालको राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूमा सिद्धान्त र व्यवहारलार्ई अलग–थलग गर्ने, अझ यसो भनौँ कि जानीबुझी यी दुई विषयलार्ई विषयान्तर गर्ने समस्याहरू देखिन्छ । अझ कैयौँ अवस्थामा त पार्टीको सिद्धान्तअनुसार व्यवहार होइन, बरू व्यवहारको अनुकूलतामा सिद्धान्तलार्ई व्याख्या गर्ने प्रवृत्ति पनि देखापर्दछ । समाज रूपान्तरणको प्रक्रियामा क्रान्तिद्वारा सार्वभौमिकरूपमा स्थापित गरिएका सिद्धान्तहरूलार्ई व्यवहारको अधीनस्त राख्नु राजनीतिक विज्ञानको घोर अपमान मात्र होइन, बरू टाउकोले दुनियाँ टेक्नुजस्तै हो । अर्कोतिर ‘सिद्धान्त नै सबैथोक हो, व्यवहार केही पनि होइन’ भनेर सिद्धान्तलार्ई जनतासम्म पु¥याउने व्यवहारलार्ई बेवास्ता गर्ने समस्याहरू पनि यत्रतत्र देखा पर्दछन् । यी दुवैको सहीरूपमा मिलान गर्न सक्दा मात्र पार्टी सङ्गठनहरू जीवन्त र गतिशील हुन सक्दछन् र पार्टीको लक्ष्य उद्देश्यहरू प्राप्त हुन सक्दछन् । कमरेड वीरजङ्ग त्यस्तो व्यक्ति हो, जसले पार्टीको सिद्धान्त र व्यवहारलार्ई ठीक ढङ्गले समायोजन गर्न सक्नुहुन्थ्यो; जसका कारण उहाँँले नेतृत्व गरेको क्षेत्र तथा सङ्गठनहरू जहिले पनि हराभरा र नेता–कार्यकर्ता उत्साहित रहने गर्दथे ।
निरन्तर क्रान्तिको सच्चा अनुयायी
कमरेड वीरजङ्ग वर्गसङ्घर्ष र अन्तरसङ्घर्षमा निरन्तर क्रान्ति चाहनुहुन्थ्यो, जसबाट समाजको रूपान्तरणमा सम्भव हुन सकोस् । यसको एउटा सजीव उदाहरण भनेको जनयुद्धका तत्कालीन नेताहरू प्रचण्ड–बाबुरामको दक्षिणपन्थी आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध सञ्चालन गरिएको विचारधारात्मक सङ्घर्षमा उहाँँको भूमिका अतुलनीय रहेको थियो भने वर्गसङ्घर्षका दृष्टिले एकीकृत जनक्रान्तिको कार्यदिशालार्ई प्रयोगको तहमा उठाउन महत्त्वपूर्ण भूमिका रहेको थियो । कथित प्रतिबन्धको अगाडि र पछाडि उहाँँले जनयुद्धकालीन रफ्तारमा योजना बनाई आफ्नो कार्यक्षेत्रलार्ई उत्साहपूर्वक नेतृत्व गरिरहनुभएको थियो । अन्तरपार्टी सङ्घर्षद्वारा पार्टीको रूपान्तरण र वर्गसङ्घर्षद्वारा समाजको रूपान्तरण गर्ने मालेमावादी मान्यतामा उहाँँ दृढ हुनुहुन्थ्यो र प्रयोगको तहमा पु¥याउन प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँँमा क्रान्तिप्रतिको यति लगाव थियो कि निराशा र थकाइ कहिल्यै पनि व्यक्त भएन । देश र जनता तथा पार्टी र क्रान्तिप्रतिको अविचलित उहाँँको व्यवहारले स्पष्ट गर्दछ कि उहाँँ मालेमावादी विज्ञानको मार्गदर्शनमा निरन्तर क्रान्तिको एउटा सच्चा अनुयायी हुनुहुन्थ्यो ।
चार कुशलकर्ता र क्रान्तिकारी योद्धा
एउटा कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ता चारकर्ताको भूमिकामा रहनुपर्दछ । चारकर्ताको तात्पर्य सङ्गठनकर्ता, उत्पादनकर्ता, सङ्घर्षकर्ता र प्रचारकर्ता हो । यसको प्रयोगको अभावमा पार्टी सङ्गठन केवल औपचारिकतावादमा मात्र सीमित हुन पुग्दछ, जसले पार्टी र जनताको सम्वन्धमा सुदृढ एकता होइन, बरू फोस्रो र खोक्रो सम्बन्धमा सीमित रहन पुग्दछ । फलतः पार्टीका लक्ष्य–उद्देश्यहरू प्राप्त हुन सम्भव हुँदैन । कमरेड वीरजङ्गले आपूm जुन सङ्गठन र क्षेत्रमा रहे पनि चारकर्ताको रूपमा रहँदै पार्टीलार्ई ठूलो योगदान पु¥याउनुभएको थियो । पार्टीको पुनर्गठनपछि उहाँँले अलि बढी नेतृत्व गरेको लुम्बिनी ब्युरो सङ्गठन, सङ्घर्ष, आर्थिक–उत्पादनका दृष्टिले सधैँँ केन्द्रविन्दुमा रहन पुग्यो । फलतः आठौँ केन्द्रीय समितिको नवौँ पूर्ण बैठकले सिङ्गो पार्टीले लुम्बिनी ब्युरोबाट सिक्न सर्कुलर जारी गरेको थियो । हाम्रो पार्टीमाथि थोपरिएको कथित प्रतिबन्धको पूर्वसन्ध्यामा होस् या पछि लुम्बिनी ब्युरो सधैँँ केन्द्र भागमा रहँदै आयो । जसले पार्टी केन्द्रीय समितिलार्ई ठूलो योगदान पु¥याएको छ ।
पार्टीका सिद्धान्त र कार्यदिशाप्रतिको दृढता
कमरेड वीरजङ्ग पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद र सोही सिद्धान्तको जगमा निर्मित एकीकृत जनक्रान्तिको कार्यदिशाको निर्माण र प्रयोगमा दृढतापूर्वक लाग्नुभएको थियो । पार्टीको अगुवाइमा सञ्चालन भइरहेको क्रान्तिमा संलग्न केही मानिस क्रान्तिकारी सिद्धान्तको महत्त्वलार्ई अवमूल्यन गर्न पुग्दछन्, जो सारतत्त्वमा पार्टी कार्यदिशाप्रतिकै अवमूल्याङ्कन हो । त्यस प्रकारको प्रवृत्तिले न क्रान्तिको महत्त्वलार्ई बुझ्ने कोसिस गर्दछ, न त क्रान्तिप्रतिको लगन र निष्ठालार्ई नै आत्मसात् गर्न सक्दछ । हाम्रो पार्टीले प्रचण्ड–बाबुरामको आत्मसमर्पणवाद र विसर्जनवादका कारण विर्सजन हुन गइरहेको कम्युनिस्ट पार्टी र आन्दोलनलार्ई बचाउन उनीहरूसँग विद्रोह गर्दै कमरेड किरणको नेतृत्वमा नेकपा–माओवादी निर्माण ग¥यो । करिब दुई वर्षपछि उक्त पार्टीको नेतृत्वमा देखा परेको अकर्मण्यतावादका विरुद्ध दोस्रोपटक कमरेड विप्लवको नेतृत्वमा पार्टीको पुनर्गठन ग¥यो । यी दुवैपटकका विद्रोह र पार्टीको पुनर्गठन वास्तवमा त्यति सरल थिएनन् । एकातिर संसदवाद, विसर्जनवाद र अकर्मण्यतावादका विरुद्ध वैचारिक सङ्घर्ष गर्नुपरेको थियो भने अर्कोतिर मालेमावादी विज्ञानको विकासमा अध्ययन, अनुसन्धानसहित विकास र पार्टी कार्यदिशाको निर्माण गर्नुपरेको थियो । हामीले आजसम्म आइपुग्दा सावित ग¥यौँ कि पार्टीको पुनर्गठन सही थियो । अर्को मालेमावादको विकाससहित नयाँ पार्टी कार्यदिशाको निर्माणमा पनि पार्टीको आठौँ महाधिवेशनले केही महत्त्वपूर्ण संश्लेषणसहित एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण गरेको छ । यी दुवै काममा कमरेड वीरजङ्गले कुनै निराशा र थकाइ व्यक्त गर्नुभएन, बरू उत्साहपूर्वक अहोरात्र खटिनुभयो । यसले देखाउँछ कि कमरेड वीरजङ्ग पार्टीको सिद्धान्त र कार्यदिशा निर्माण, बुझाइमा स्पष्टता र त्यसको कार्यावन्यनमा दृढ हुनुहुन्थ्यो ।
जनवादी केन्द्रीयतामा इमानदार
जनवादी–केन्द्रीयता हाम्रो पार्टीको जीवन हो । यसको सही प्रयोगको अभावमा पार्टी सङ्गठनको सञ्चालन र परिचालन अस्तव्यस्त बन्न पुग्दछ । जनवादको अर्थ स्वतन्त्रता र केन्द्रीयताको अर्थ अनुशासन अर्थात्् छलफलमा स्वतन्त्रता र कामकार्यमा एकरूपता हो । स्वतन्त्रताको अर्थ अराजकता र अनुशासनको अर्थ नोकरशाही बन्नु कदापि होइन । अक्सर नेपाली कम्युनिस्ट आन्दोलनमा जनवादी–केन्द्रीयताको प्रयोगको मामिला सिर्जनशील, मैत्रीपूर्ण र रचनात्मक होइन; जडता, सत्रुतापूर्ण र ध्वंसात्मकरूपमा व्यक्त भएको पाइन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा यति धेरै टुटफुट र पार्टी विभाजनका हुनुका पछाडि पहिलो गलत विचारका विरूद्धको विद्रोह र दोस्रो जनवादी–केन्द्रीयताको प्रयोगमा देखा पर्ने अधिभूतवादको समस्या नै मुख्यरूपमा व्यक्त भएको पाइन्छ । जनवादी–केन्द्रीयताको प्रयोगमा प्रयोग हुने अधिभूतवादका विरूद्ध कमरेड वीरजङ्ग दृढतापूर्वक वैचारिक सङ्घर्ष सञ्चालन गर्दै त्यसलार्ई सजीवरूपमा प्रयोग गर्दै पार्टी सङ्गठनलार्ई जीवन्त बनाइराख्न सफल रहनुभयो । नेता–कार्यकर्ताहरू तथा पार्टीका हरेक समितिहरूमा देखा पर्ने समस्यालार्ई छलफलद्वारा निराकरण गर्ने र उनीहरूलार्ई रूपान्तरण गर्न जोड लगाउने उहाँँको तरिका साँच्चै नै कम्युनिस्ट कार्यतरिका थियो, जसको कारण उहाँँको मातहतमा रहेका नेता तथा कार्यकर्ताहरू उहाँँप्रति विकर्षण होइन, आकर्षित हुने गर्दथे । उहाँँसँग मेरो करिब चार वर्ष एउटै कार्यक्षेत्रमा सघन सहकार्य भयो । पहिलो चरणमा उहाँँ कपिलवस्तु जिल्लाको इन्चार्ज र म सेक्रेटरी तथा दोस्रो चरणमा उहाँँ इन्चार्ज र म सह–इन्चार्ज भएर काम गर्ने अवसर प्राप्त भयो । उहाँँले कहिले पनि मलार्ई आदेश गर्नुभएन । बरू कुनै पनि कार्य सम्पादन गर्नुअघि छलफल सञ्चालन गर्नुहुन्थ्यो । जब हामी छलफलबाट निर्णय पारित गर्दथ्यौँ, तब कार्यान्वयनमा लाग्ने गर्दथ्यौँ । त्यस प्रकारको कार्य तरिकाले हामी दुईका बीचमा मात्र होइन, सिङ्गो पार्टीपङ्क्तिलार्ई उत्साहित र जागृत गर्दथ्यो ।
कमरेड वीरजङ्गका यी अनुकरणीय क्रान्तिकारी गुणहरू हुन्, जो सम्पूर्ण क्रान्तिकारी नेता तथा कार्यकर्ताहरूका लागि महत्त्वपूर्ण शिक्षाकारूपमा रहेको छ । पाँच दशकभन्दा लामो राजनीतिक जीवनमा उहाँँले सम्पादन गर्नुभएका कार्यहरू महाभारतभन्दा बढी हुन सक्छन् । उहाँँको निधनले हाम्रो पार्टी र क्रान्तिलार्ई अपूरणीय क्षति हुन पुगेको छ । उहाँँको अन्तिम संस्कारका क्रममा उपस्थित हजारौँ मानिस भावविह्वलका साथ सहभागी बने । यसले उहाँँको लोकप्रियतालार्ई व्यक्त गर्दछ । मानिसको छोटो जीवनमा केही महिना वा केही वर्ष जो पनि क्रान्तिकारी बन्न सक्दछ तर जीवनभर क्रान्तिकारी बन्नु साँच्चै नै कठीन तर महान् कार्य हो । कमरेड वीरजङ्गले नेपाल राष्ट्र र नेपाली जनताको मुक्ति तथा परिवर्तनका लागि जीवनभर कठीन र महान् बाटो रोज्नुभयो । व्यक्तिगत सेवा–सुविधाका कैयौँ सम्भावनालार्ई लत्कार्दै जनता र राष्ट्रको साझा मुद्दामा आपूmलार्ई केन्द्रित गर्नुभयो । कम्युनिस्ट पार्टीमा रहेका कैयौँ अवसरवादी तथा सुविधाभोगी विचारका विरूद्ध वैचारिक सङ्घर्षका अतिरिक्त जीवन–व्यवहारद्वारा त्यसको पुष्टि गर्नुभयो । उहाँँको सादा जीवन उच्च क्रान्तिकारी विचार, व्यक्तिगत होइन; सामूहिक जीवनमा रमाउने बानी साँचो अर्थमा कम्युनिस्ट नैतिकता र चरित्र हो । हामी क्रान्तिकारीहरूले कमरेड वीरजङ्गका यी अनुकरणीय क्रान्तिकारी गुणहरूबाट सिक्नैपर्दछ, जसले वैज्ञानिक समाजवाद–साम्यवादको महान् लक्ष्य–उद्देश्य हासिल गर्न हामीलार्ई सदा मार्गनिर्देशन गरिरहनेछ ।