वीरजङ्ग क्रान्तिको सतिसाल

प्रकृतिसँगको सङ्घर्ष र सहकार्यद्वारा मानवजातिले आपूmलाई ब्रह्माण्डका सबै प्राणीहरूभन्दा उन्नत र सचेत बनाउँदै आएको छ । यद्यपि संसारका सबै मानिसहरू एकै प्रकारका भने छैनन् । पहिलो थरीमा त्यस्ता मानिस पर्दछन्, जसले वर्गविभाजित मानव समाजमा सामाजिकरूपमा गरिएका विभेदहरूलाई समेत अज्ञानताका कारण प्राकृतिक विविधता र विभेदहरूसँग जोडेर अन्यायलाई चुपचाप सहेर बस्न बाध्य भएका हुन्छन् । दोस्रो प्रकारमा त्यस्ता मानिस पर्दछन्, जसले विगतमा रहस्यात्मकजस्ता देखिएका र अझै कैयौँ अनुसन्धानकै क्रममा रहेका प्रकृतिका घटनाक्रम र त्यसका नियमहरूलाई बुझिनसकेका आम–श्रमजीवि जनतालाई अज्ञानताको फाइदा उठाएर कुनै काल्पनिक अलौकिक शक्तिको शरणमा पु¥याउने गर्दछन् । त्यही अलौकिक शक्तिको कारण देखाएर मानव समाजमा शासक वर्गद्वारा लादिएका शोषण, दमन, उत्पीडन र विभेदलाई समेत अलौकिक शक्तिकै देन भएको भ्रमजाल खडा गरेर भाग्य र धर्मको आवरणमा मानवद्वारा मानवमाथि गरिने सबै प्रकारका शोषण, दमन, उत्पीडन र विभेदलाई उचित ठह¥याउन र तिनलाई टिकाइराख्न आफ्नो सम्पूर्ण शक्ति लगाउने गर्दछन् ।
तेस्रो थरीमा त्यस्ता मानिस पर्दछन्, जसले जीवन र जगत्लाई वैज्ञानिक ढङ्गबाट अध्ययन गर्दछन्, व्याख्या गर्दछन् र सामाजिक विभेदको अन्त्य गर्नैपर्ने ठान्दछन् । क्रान्तिका ठूला–ठूला गफ पनि गर्दछन् तर विभेदकारी समाज बदल्ने चुनौतीहरूको सामना गर्ने आँट र साहस गर्दैनन् । चौथो थरीका त्यस्ता मानिस पर्दछन्, जसले बाँच्नका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगद्वारा ज्ञानआर्जन गर्दै जीवन र जगत्लाई गतिशील, परिवर्तनशील र बोधगम्य छ भन्ने तथ्यलाई आत्मसात् गर्दछन् । प्रकृतिको विभेद भनौँ वा विविधतालाई सामाजिक विभेदसँग जोडेर सामाजिक विभेदलाई पनि प्रकृतिका जस्तै शाश्वत् र अपरिवर्तनीय नियम बनाउनेहरूका विरुद्ध जस्तोसुकै चुनौतीलाई पनि स्वीकार गर्दै सामाजिक विभेद अन्त्य गर्नुपर्दछ, अन्त्य गर्न सकिन्छ भन्ने आँट र साहसका साथ क्रान्तिको बलिबेदीमा आपूmलाई समर्पित गर्दछन् । यही क्रान्तिकारी धारको अग्रपङ्क्तिमा आपूmलाई खडा गरी जीवनपर्यन्त सतिसाल बनेर समाज रूपान्तरणका लागि वर्गसङ्घर्षमा होमिने कम्युनिस्ट क्रान्तिकारी योद्धाको नाम हो, चन्द्रबहादुर चन्द ‘क. वीरजङ्ग ।’
उपर्युक्त चारैथरीका मानिसमा पनि दुईवटा कुरामा भने समानता हुन्छ । पहिलो समानता हो– ती सबैको जन्म समान प्रक्रियाबाट भएको हुन्छ । दोस्रो समानता हो– एउटा अवस्थामा पुगेपछि ती सबैको मृत्यु हुन्छ । यो शाश्वत् नियम हो । यसबाट कुनै पनि मानिस अलग रहन सक्दैनन् । यद्यपि मृत्युका कारण र त्यसको सामाजिक प्रभाव भने निकै फरक–फरक हुने गर्दछ । कसैको मृत्युको कारण स्वाभाविक हुन्छ र कम पीडादायी हुन्छ । कसैको मृत्यु अपत्यारिलो अस्वाभाविक हुन्छ र बढी पीडादायी हुन्छ । कसैको मृत्यु हावाभन्दा हलुङ्गो हुन्छ भने कसैको मृत्यु पहाडभन्दा गह्रुङ्गो हुन्छ । क. वीरजङ्ग भौतिकरूपमा हामी सबैबाट सदाका लागि यत्ति छिट्टै बिदा हुनुहुन्छ भन्ने कुरा हामी कसैले पनि कल्पना गरेका थिएनौँ । त्यसैले उहाँँको मृत्यु अकल्पनीय र अत्यन्त पीडादायी बन्यो । हुन त नब्बे–सय वर्षको उमेर पार गरेर शारीरिकरूपबाट अत्यन्त जीर्ण अवस्थामा पुगेर हुने मानिसको मृत्यु पनि अप्रिय नै हुन्छ र असामयिक तथा दुःखद् भएको अनुभूतिसहित अभिव्यक्त गरिन्छ । यो सभ्य समाजको मानवीय समवेदना, संस्कार र पहिचान हो । वास्तविकरूपमा भने यस प्रकारको मृत्युलाई स्वभाविकरूपमा नै लिने गरिन्छ । त्यति धेरै पीडाबोध गरेको पनि पाइँदैन । बाह्य रूपबाट हेर्दा हाम्रा आदरणीय नेता क. वीरजङ्गको मृत्यु पनि लामो उपचारको क्रममा उहाँँको परिवार, सिङ्गो पार्टी र उपचारमा संलग्न डाक्टरहरूद्वारा अथक प्रयास गर्दा पनि बचाउन नसकिएकाले स्वभाविकरूपमा लिनुपर्छ भन्ने पनि लाग्न सक्छ तर उहाँँको समग्र अवस्थालाई हेर्दा सहजरूपमा स्वीकार गर्न नसकिने अत्यन्त पीडादायी मृत्यु बन्न पुगेको छ । सवारी दुर्घटनामा परी त्रिशूली नदीमा खसेर कैयौँ नेपालीहरूको दुःखद मृत्यु भएको छ । जति पीडादायी र दुःखद् भए पनि त्यसलाई विशुद्ध दुर्घटना मानेर आफन्तहरूले चित्त बुझाउनुपरेको छ । तर नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको मृत्युलाई विशुद्ध दुर्घटनाबाट भएको मृत्यु भनी अहिलेसम्म आम–नेपाली जनताले स्वीकार गर्न सक्ने अवस्था छैन र त्यो षड्यन्त्रपूर्ण थियो भन्नेमा आम–नेपाली जनता अहिले पनि एकमत छन् ।
क. वीरजङ्गको मृत्यु पनि विशुद्ध रोगको कारणले भएको हो भन्ने कुरा स्वीकार गर्न सकिने अवस्था रहेन । संसदीय दलाल पुँजीवादी शासकहरूको षड्यन्त्र, दमन र अमानवीय व्यवहार नै क. वीरजङ्गको अकल्पनीय तथा दुःखद् मृत्युको कारण हो भन्नेमा कुनै शङ्का छैन । जिम्मेवार राजनीतिक पार्टीको नेतासमेतलाई शान्तिपूर्णरूपमा बैठक गरिरहेको स्थानबाट गैरकानुनीरूपमा गिरफ्तार गर्नु; प्रहरी हिरासतमा राखी शारीरिक र मानसिक यातना दिनु; कानुनी राज्य र विधिको शासनको वकालत गर्ने सत्ताधारीहरूले आफ्नै न्यायालयहरूले बारम्बार रिहाइको आदेश गर्दा पनि बारम्बार गिरफ्तार गरी दर्जनौँ जिल्लामा घुमाउनुले षड्यन्त्रकै परिस्थिति झल्काउँछ । हिरासतभित्रै कोभिड १९ बाट सङ्क्रमित भई सिकिस्त बिरामी हुँदा, न्यायालयले उपचार गर्न आदेश दिँदा पनि समयमा नै उपचारबाट बञ्चित गर्नु; सिकिस्त बिरामीलाई बिरामीमैत्री खानाको त कुरै भएन, सामान्य प्रकारको खानासमेत नदिइ हत्कडी लगाई रातारात विभिन्न स्थानमा घुमाउनुजस्ता फासिवादी दलाल राज्यले गरेका उपर्युक्त दानवीय व्यवहार र षड्यन्त्रपूर्ण हतकण्डा अपनाएको देख्दा दलाल पुँजीवादी सत्ताका मतियारहरूले अघोषितरूपमा क. वीरजङ्गको हत्या गर्नै खोजेका थिए भन्ने कुरा नै पुष्टि हुन्छ । त्यसैले उहाँँको मृत्युमा रोग निमित्त कारण मात्र हो, प्रमुख कारण राज्यसत्ताको षड्यन्त्र नै हो र सामान्य मृत्यु नभई हत्या हो । ती षड्यन्त्रकारी हत्याराहरूलाई जनताले कुनै न कुनै दिन उचित सजाय दिने नै छन् ।

क. वीरजङ्गलाई २०४५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पार्टी सदस्यता आवेदन फारम भराउने संयोगले मैले अवसर पाएको थिएँ । हुन त उहाँँ २०३५–२०३६ सालको विद्यार्थी आन्दोलनमा रोल्पा जिल्लाबाटै सक्रिय राजनीतिमा लाग्नुभएको रहेछ । २०४५ सालदेखि उहाँँको सपरिवार कपिलवस्तु जिल्लाको शिवगढीमा बसाइँ सराइ गरेदेखि नै हाम्रो राजनीतिक सहयात्रा सुरु भएको हो । कहिले एउटै मोर्चा त, कहिले हामी फरक–फरक मोर्चामा निरन्तर अगाडि बढ्यौँ । २०४५ सालदेखि २०७८ सालसम्मको लामो राजनीतिक सहयात्रामा क. वीरजङ्गसँगका अनेकौँ अविस्मरणीय घटना छन् । यो सानो लेखमा ती सबै लेख्न सम्भव छैन, भावी दिनमा लेख्ने प्रयास गरिनेछ । क. वीरजङ्ग वर्गसङ्घर्षका सबै मोर्चाहरूमा अब्बल दर्जाको क्रान्तिकारी योद्धा सावित हुनुभयो । जनआन्दोलन, जनयुद्ध र वैधानिक मोर्चामा उहाँँले आफ्नो क्षमता मात्र प्रदर्शन गर्नुभएन कि उच्च सफलता पनि प्राप्त गर्नुभयो । २०३५÷०३६ सालको विद्यार्थी आन्दोलन २०४५÷०४६ को जनआन्दोलनमा उहाँँको सक्रिय सहभागिता र महत्त्वपूर्ण भूमिका रह्यो । स्थानीय निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने तत्कालीन नेकपा (एकताकेन्द्र) को वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालको तर्फबाट शिवगढी गाविसको अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पुरानो सत्ताको निर्वाचनलाई क्रान्तिकारीहरूले कसरी उपयोग गर्नुपर्छ भन्ने उदाहरण क. वीरजङ्गले अत्यन्त कुशलतापूर्वक प्रस्तुत गर्नुभयो । डर, त्रास, लोभलालच र भोगविलासमाथि विजय प्राप्त गर्दै आम–श्रमजीवि जनताको पक्षमा दिन–रात खट्नुभयो । शिवगढी गाविसमा मात्र होइन, कपिलवस्तु जिल्लामा नै आम–श्रमजीवि जनताको प्रिय नेताको रूपमा स्थापित हुनुभयो ।
वर्गविभाजित समाजमा कुनै पनि मानिस सबै वर्गको प्रिय बन्न सक्दैन । त्यसैले क. वीरजङ्ग आम–श्रमजीवि जनताको आँखाको नानीजस्तै प्रिय बन्नुभयो भने शोषक, सामन्त, दलाल र फटाहाहरूको निम्ति अजङ्गको चुनौती बनेर खडा हुनुभयो । उहाँँको जनप्रियताबाट अत्तालिएका जनविरोधी शासकहरूले उहाँँमाथि सुनियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट कैयौँ झुट्टा मुद्दा लगाइए । भौतिकरूपमै आक्रमण योजना बनाइए । क. वीरजङ्गले ती सबैको उच्च मनोबलका साथ डटेर सामना गर्नुभयो । बहुदलीय संसदीय व्यवस्थाको भण्डाफोर गर्न केन्द्र, जिल्ला र स्थानीय तहमा निर्वाचन उपयोग गर्न पार्टीद्वारा पठाइएका अधिकांश व्यक्तिहरू महान् जनयुद्धको तयारी र थालनीसँगै क्रान्तिकारी विचारबाटै पलायन भएको तितो अनुभव हामीसँग छ तर क. वीरजङ्गले महान् जनयुद्धको थालनीलाई श्रमजीवि जनताको मुक्ति–उत्सवको रूपमा लिँदै आफ्नै जग्गा बेचेर हतियार किन्नुभयो र वर्गयुद्धमा होमिनुभयो । पार्टीको योजना र नेतृत्वको निर्देशनमा वर्गसङ्घर्षको मोर्चामा जसरी लाग्नुभयो, त्यसैगरी उत्पादनमूलक कठीन शारीरिक श्रममा पनि त्यसरी नै सहभागी बन्नुभयो । जनसेवाका कार्यलगायत पार्टीका निम्ति उहाँँले ढुङ्गा फोर्ने, दाउरा चिर्ने, खेत खन्नेलगायतका शारीरिक श्रममा उत्साहका साथ लाग्नुभयो । पार्टी नेतृत्वको निर्देशनलाई इमानदारिताका साथ पालना गर्ने उहाँँको स्वभावलाई दुरुपयोग गरेर त्यस समयका केही नेता भनाउँदाहरूले निजी श्रममा पनि प्रयोग गरेको तितो अनुभव उहाँँले सुनाउनुहुन्थ्यो । क. वीरजङ्गले महान् जनयुद्धका कैयौँ फौजी मोर्चाहरूमा अग्रपङ्क्तिमा रहेर लडेका वीरतापूर्ण लडाइँँहरूको ठूलै फेहरिस्त लेख्न सकिन्छ । त्यसबारे पनि विभिन्न क्षेत्रबाट लेखिने नै छ । क्रान्तिमा सहभागी हरेक मानिसलाई जनआन्दोलन, जनयुद्ध र वैधानिक मोर्चा तीनवटै क्षेत्रमा काम गर्ने संयोग जुट्न सक्दैन । संयोग जुटे पनि सबै मानिसहरू तीनवटै मोर्चामा अब्बल बन्न सक्दैनन् । कुनै एउटा मोर्चामा अब्बल देखिएकाहरू अर्को मोर्चामा असफल हुने गर्दछन् । क. वीरजङ्गको विशिष्ट क्षमता र प्रतिभाका कारण तीनवटै चुनौतीपूर्ण मोर्चामा सफलता हासिल गर्नुभयो ।
उहाँँमा साङ्गठनिक क्षमता पनि अब्बल दर्जाकै थियो । जनवादी केन्द्रीयतालाई दह्रोसँग आत्मसात् गर्नु सर्वहारावर्गीय आचरणलाई दृढतापूर्वक पालना गर्नु, कुनै छलछाम नगरी आपूmलाई लागेका विचार खुल्ला र स्पष्टरूपमा सम्बन्धित स्थानमा मात्र राख्नु, आपूm मातहतको सिङ्गो पार्टीको नेतृत्व गर्नु र उचित ढङ्गबाट सङ्गठन परिचालन गर्नु, गुटगत मानसिकताको डटेर प्रतिवाद गर्नुजस्ता विशेषताकै कारण उहाँँले वर्गसङ्घर्षका तीनवटै मोर्चामा आपूmलाई सफल बनाउन सक्नुभएको थियो । द्वन्द्ववादी नियमअनुसार क. वीरजङ्ग पनि विपरीत तत्त्वको एकत्वको नियमभन्दा बाहिर हुने कुरै भएन । उहाँँमा पनि सीमा र समस्या थिए होलान् । उहाँँले ती समस्यालाई सर्वहारावर्गीय विश्वदृष्टिकोणप्रतिको स्पष्टता, मार्गदर्शक सिद्धान्त र क्रान्तिकारी वैचारिक राजनीतिप्रतिको दृढता क्रान्तिकारी सङ्कल्प, निजी जीवनभन्दा सामूहिक जीवनप्रतिको उच्च प्राथमिकता, देश र जनताप्रतिको जिम्मेवारीबोधसहितको सेवाभावले आफ्ना सीमा–समस्याप्रति निर्मम सङ्घर्ष गर्दै आपूmलाई क्रान्तिकारी रूपान्तरण गरिरहनुभयो र जीवनपर्यन्त क्रान्तिकारी बनिरहन सफल हुनुभयो । हाम्रो आदरणीय नेता क. वीरजङ्ग भौतिकरूपमा हाम्रोबीचमा रहनुभएन । गह्रुङ्गो मनले यो सत्यलाई स्वीकार गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन । उहाँँको अकल्पनीय मृत्युले उहाँँको परिवारले मात्र होइन, सिङ्गो पार्टीको एउटा अभिभावक गुमाउनुपरेको छ । सिङ्गो नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले एउटा इमानदार वैचारिक तथा जुझारु नेता गुमाएको छ र अपूरणीय क्षति व्यहोरेको छ ।
क. वीरजङ्गको अकल्पनीय मृत्युको खबरले उहाँँको परिवार, देश–विदेशमा रहेको सिङ्गो पार्टीपङ्क्ति नै भावविह्वल र स्तब्ध बन्यो । मित्र पार्टीका नेता तथा कार्यकर्ताहरू, समाजसेवी समाजका सम्पूर्ण प्रबुद्ध व्यक्तित्वहरूका साथै, उहाँँलाई चिन्ने आम–श्रमजीवि जनता स्तब्ध र दुःखित भए । उहाँँको शवयात्रा, श्रद्धाञ्जली सभाहरू, समाचार पत्रहरू, सामाजिक सञ्जालहरूमा देखिएको उपस्थिति र व्यक्त अभिव्यक्तिहरूले यो कुराको पुष्टि गरिरहेका थिए र क. वीरजङ्गको राजनीतिक उचाइ कति थियो भन्ने कुरालाई प्रतिबिम्बित गरिरहेका थिए । क. वीरजङ्ग भौतिकरूपमा हाम्रोबीचमा नरहे पनि उहाँँले स्थापित गर्नुभएका क्रान्तिकारी कम्युनिस्ट आदर्श, वैचारिक दृढता, कडा अनुशासन, साङ्गठनिक कुशलता, वर्गबैरीप्रतिको तीव्र घृणा, वर्गसङ्घर्षका हरेक मोर्चामा निडरताका साथ नेतृत्व गर्ने क्षमता, निष्कलङ््कित तथा पारदर्शी जीवनशैलीजस्ता उहाँँका विशेषताहरूले राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्ति आन्दोलनमा हामीलाई सदैव मार्गनिर्देश गरिरहन्छ ।
अब हामीले शोकलाई शक्तिमा र पीडालाई वर्गबैरीप्रतिको आक्रोशमा बदलेर उहाँँका अधुरा सपनालाई पूरा गर्न उहाँँले स्थापित गर्नुभएका क्रान्तिकारी आदर्श र मूल्य–मान्यतालाई जीवन–व्यवहारमा लागू गर्दै मालेमावादी सैद्धान्तिक आलोकमा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत्् वैज्ञानिक समाजवाद स्थापनाको मुक्तियात्रामा अविचलरूपमा अगाडि बढ्नु नै उहाँँप्रतिको सच्चा सम्मान हुनेछ । आजीवन सच्चा क्रान्तिकारी बन्न कमरेड वीरजङ्गबाट सिकौँ ।