सघन स्मृतिमा कमरेड वीरजङ्ग

पदम केसी ‘जुझारु’ २०८० असार ११ गते, सोमबार

नेपाली जनतामाथि सदियौँदेखि हँुदै आएको विभिन्न किसिमका शोषण, दमन, अन्याय, अत्याचार साथै, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रमा गरिएको थिचोमिचोको विरुद्ध तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा महान् जनयुद्धको थालनी भयो । वर्गको मुक्तिसँगै नेपाली समाजलाई सबैखाले शोषणबाट मुक्त बनाउने महान् जनयुद्धको एउटा महाअभियानमा चिरपरिचित नाम हो, चन्द्रबहादुर चन्द ‘क. वीरजङ्ग ।’ कसैमाथि भएको उत्पीडनविरुद्धको मोर्चामा सधैँ अग्रसर हुने नाम हो, क. वीरजङ्ग । सरल, इमानदार, त्याग, वीरता, साहस एवम् बलिदानको पाठ पढाउँदै र धेरैभन्दा धेरै मान्छेहरूलाई राजनीतिमा गोलबद्ध गर्दै अगाडि बढ्न र बढाउन सक्ने नाम हो, क. वीरजङ्ग । नेपाली जनयुद्ध र जनयुद्धपूर्वका वर्गसङ्घर्षताका स्थापित जुझारु एवम् जनप्रिय योद्धाको नाम हो, क. वीरजङ्ग । उहाँँले देखाउनुभएको बाटोमा हिँड्नु र उहाँँको अधुरो सपना पूरा गर्नु नै क. वीरजङ्गप्रतिको सही र सच्चा सम्मान एवम् कर्तव्य हुनेछ ।

कुरा २०५७ साल मङ्सिर महिनाको हो । मङ्सिरको कठ्याङ्ग्रिँदो चिसोलाई पनि सहज र सरल ढङ्गले पचाउँदै पार्टीको योजनामा जनमुक्ति सेनाको एउटा टुकडी बाग्लुङ जिल्लामा रहेको झिवाखोला इलाका प्रहरी कार्यालय कब्जाको योजनामुताविक तत्कालीन रोल्पा जिल्लामा कार्यरत ११ नं. प्लाटुनलगायत अन्य ठाउँबाट जनमुक्ति सेना रोल्पा जिल्लाको भित्री–गाममा केन्द्रित भइरहेको थियो । त्यही सिलसिलामा तत्कालीन बाग्लुङ जिल्ला पार्टीको सेक्रेटरी र सोही जिल्लामा कार्यरत ६ नं. प्लाटुनको राजनीतिक कमिसारियटको भूमिकामा रहनुभएका चन्द्रबहादुर चन्द ‘क. वीरजङ्ग’सँग मेरो पहिलो भेट त्यही बेला भित्री–गाममा नै भएको थियो । उहाँँसँगको पहिलो भेटघाट र छलफलबाट जोशिलो, क्रान्तिकारी, सरल, इमानदार, वर्गप्रतिको निष्ठा र दृढता नै उहाँँको महत्त्वपूर्ण गुण रहेको मैले पाएँ । हामीहरू आफ्नो मिसनमा अगाडि बढ्यौँ । सफलता पनि प्राप्त ग¥यौँ । सफलताका बाबजुद मोर्चामा त्यही जिल्लामा कार्यरत जनमुक्ति सेना ६ नं. प्लाटुनका सेक्सन कमान्डर ‘क. मनोज’ लाई गुमाउनुप¥यो । आफ्नै प्लाटुनको एउटा कुशल कमान्डर गुमाउनुको पीडा कारबाहीपछि भेटको क्रममा उहाँँको अनुहारले प्रस्ट रूपमा देखाइरहेको थियो । कब्जामा लिइएका प्रहरीहरूलाई पार्टीको योजना, नीति र उद्देश्यहरूका बारेमा सम्झाई–बुझाई छोडिसकेपछि हामीहरू आ–आफ्नो कार्यक्षेत्र फर्कनु र पार्टीको थप योजनामा अगाडि बढ्नुको विकल्प थिएन र अगाडि बढ्यौँ । करिब ४ वर्षपछि २०६१ सालमा सैन्य संरचनाको विकाससँगै विशेष क्षेत्रबाट हाम्रो एउटा टिम गण्डक क्षेत्रलाई आफ्नो कर्मथलो बनाई गण्डकमा प्रवेश गर्दछ । तत्कालीन मध्य–डिभिजनअन्तर्गत नवौँ ब्रिगेडको ११ औँ नं. बटालियन कमिसारियटको रूपमा क. वीरजङ्गसँग मेरो दोस्रो भेट गण्डकको स्याङ्जा जिल्लामा हुन्छ । संयोग वा अवसर भनौँ, क. वीरजङ्ग जनमुक्ति सेना नेपाल ढ त्जब द्यचम ११ औँ नं. बटालियन कमिसारियटको रूपमा रहँदा म त्यहीँ बटालियनको एउटा कम्पनि कमान्डरको भूमिकामा थिएँ । त्यसपछि करिब १७ वर्षको अवधिमा धेरै समय उहाँँकै प्रत्यक्ष नेतृत्व र थोरै समय मात्र अप्रत्यक्ष कमान्डमा रही काम गर्ने अवसर मिल्यो । केही लडाइँँका मोर्चाहरूमासँगसँगै सहभागी भइयो । कुनै ठाउँमा सफलता र कुनैमा असफलता पनि भोग्नुप¥यो । सफलतामा पनि धेरैविघ्न उत्साहित नहुने र असफलतामा पनि निराशा नहुने, सधैँ क्रान्तिको लागि नयाँ खोज, अनुसन्धान र सबैलाई आशावादी बनाइराख्न सक्ने प्रतिभा क. वीरजङ्ग दाइमा थियो । आवश्यकताअनुसार उहाँँलाई सैन्य क्षेत्रबाट साङ्गठनिक फिल्डको जिम्मा दिएर २०६२ सालमा पार्टीले रूपन्देही जिल्लामा पठायो ।

२०६३ को कथित शान्ति सम्झौतापछि पार्टीको आवश्यकताअनुसार म आपूm पनि नयाँ जिम्मेवारीमा जानुपर्ने भयो । वीरजङ्ग दाइसँग तत्कालीन लुम्बिनी ब्युरो र अवध मधेस राज्यसमितिमा रहेर लामो समय काम गर्ने अवसर मिल्यो । २०६९ सालमा क. प्रचण्ड नेतृत्वको माओवादीको मुख्य नेतृत्वमा आएको विचलन, विरोधीसँगको आत्मसमर्पण र तीब्र गतिमा नवसंशोधनवादमा पतन हुँदै गएको एनेकपा (माओवादी)सँग सम्बन्ध–विच्छेद गरी क. किरणको नेतृत्वमा नेकपा–माओवादी निर्माण गर्दा होस् या २०७१ मङ्सिरमा क. किरणले नेतृत्व गर्नुभएको यथास्थिति र गतिहीन नेकपा–माओवादीबाट अलग भई क. विप्लवको नेतृत्वमा नेकपा (माओवादी) को पुनर्गठनसम्म आउँदा वीरजङ्ग दाइले तत्कालीन लुम्बिनी ब्युरो, अवध मधेस राज्य र अवध राज्यमा रहेका क्रान्तिकारी नेता र आम–जनताको नेतृत्व र असल अभिभावकीय भूमिका निर्वाह गर्नुभयो । हाम्रो पार्टीको पुनर्गठनपछि निरन्तर क्रान्तिको बाटोमा अगाडि बढ्ने बेला वीरजङ्ग दाइसँगसँगै थुप्रै ठाउँमा सुखदुःखका दिनहरू बितायौँ । नेतृत्वको हिसाबले जहिले पनि भन्ने गर्नुहुन्थ्यो– वर्गको मुक्ति सङ्घर्ष नगरीकन सम्भव छैन । अथक, इमानदार, विचारमा प्रतिबद्व, काममा लगनशीलता, जिम्मेवारीबोध गर्ने, साधारण र पारदर्शिता भएको अभिभावकको रूपमा मैले बुझ्ने गर्दछु । राजनीति, वैचारिक, साङ्गठनिक र सङ्घर्षको हिसाबले जब हाम्रो पार्टी एकपछि अर्को सफलताका साथ अगाडि बढिराखेको हुन्छ, त्यही बेला यो देशका शासकहरूले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउन पुग्छन् । प्रतिबन्धकै बिचबाट पनि हामी निरन्तर अगाडि बढ्यौँ । वीरजङ्ग दाइ पार्टीको संरचनाअनुसार चारवटा ब्युरो (लुम्बिनी, राप्ती, गण्डक र धौलागिरी) को कमान्ड इन्चार्जको हैसियतले सबै ठाउँका कार्यक्रमहरूमा पुग्नुपर्ने, पछिल्लो प्रतिबन्धकै बिचमा राप्ती ब्युरोको बैठकमा सहभागी हुँदै गर्दा ३० असोज २०७६ मा दाङबाट प्रहरीको गिरफ्तारीमा पर्नुभयो । हिरासत, जेलमा रहँदा कठोर मानसिक यातनाका बिचबाट पनि उहाँँ सतिसालझैँ उभिरहनुभयो ।

झन्डै १९ महिना हिरासत तथा जेलमा रहँदा पनि मसँग अलि बढी फोन सम्पर्क हुने गर्दथ्यो । सम्पर्क हुँदा आफ्नो बारेमा भन्दा पनि पार्टी, क्रान्ति, नेतृत्व, नेतृत्वको सुरक्षा र श्रमिक वर्गप्रतिको चासो र चिन्ता व्यक्त गर्नुहुन्थ्यो । सोहीबमोजिम सुझाव सल्लाह दिनुहुन्थ्यो । हाम्रो पार्टीको जेल, हिरासत पनि क्रान्तिको एउटा मोर्चाको रूपमा लिने र बुझ्ने नीतिअनुरूप भित्र परेपछि आत्मसमर्पण होइन, डटेर त्यसको सामना गर्नुपर्छ भन्ने थियो । तर, एउटा रोचक प्रसङ्ग वीरजङ्ग दाइको अलि नयाँ र फरक थियो । त्यो के भने भित्रबाट जसले आत्मसमर्पण र कागज गरेर निस्कन्छ, त्यसको दाँत झार्नुपर्छ भन्नुहुन्थ्यो । केहीका दाँत पनि झरे । अफ्सोच उहाँँ आफैँँ राप्ती ब्युरोको बैठकस्थलबाट ब्युरोको टिमसहित गिरफ्तारीमा पर्नुभयो । गिरफ्तारीमा पर्नुभएका केही कमरेडहरूले नेतृत्वको हिसाबले जेलभित्र उहाँँलाई ‘पार्टी छोडेको कागज बनाएर बाहिर निस्किम्, यहाँबाट निस्किसकेपछि काम त गरिहालिन्छ नि ! जसरी भए पनि निस्किनुपर्छ । पूरै राप्ती ब्युरो खाली भयो । माथि खबर पठाउनुप¥यो’ भनेर प्रत्येक दिन भनेपछि उहाँँले फोन गरेर त्यही कुरा मलाई भन्नुभयो । मैले भनेँ, “दाइ, यो कुरा मैले नै खारेज गरिदिन्छु । माथिको त कुरै नगर्नुस् ।” मैले अगाडि थपेँ, “तपाईंंले दाँत झार्ने भन्नुहुन्थ्यो । खबर त मैले पठाइदिऊँला तर तपाईंंहरूको पनि त दाँत झार्नुपर्छ होला’ भनेपछि उहाँँ हाँस्नुभयो । तैपनि सम्बन्धित ठाउँमा खबर पठाइदिएँ, त्यो हुने कुरै थिएन र भएन पनि । तत्कालीन केपी ओलीको सरकार र हाम्रो पार्टीको बिचमा भएको ३ बुँदे सहमतिपश्चात् दुई वर्ष पार्टीमाथि लगाइएको प्रतिबन्ध २० फागुन २०७७ मा सरकारले हटाए पनि अन्य सहमति लागू नगरेका कारण उनीहरूकै संविधान र कानुनमा टेकेर जिल्ला अदालत परासीले मागेको धरौटी रकम बुझाई छुटेपछि २०७८ वैशाख १७ गते परासीबाट कपिलवस्तुको पार्टी केन्द्रीय कार्यालयमा म आफैँँ लिएर पुगेँ । जेलमा रहँदा मानसिक यातना कोभिड १९ को सङ्क्रमण, पुरानै रोग मधुमेह र रक्तचापका कारण मैले सोचेजस्तो स्वस्थ हुनुहुने थिएन । आएको केही दिनभित्र नै स्वास्थ्यमा समस्या देखिन थाले ।

कपिलवस्तु र बुटवलका केही अस्पतालमा देखाउन पुगे पनि स्वास्थ्य समस्या झन््–झन्् बढ्दै गएकाले पार्टीको योजनामा काठमाडौँ जानुभयो । केही महिना काठमाडौँको उपचारले पनि नभएपछि थप उपचारको लागि भारतको दिल्ली लाने काम भयो । काठमाडौँमा हुँदासम्म वीरजङ्ग दाइसँग फोनमा कुराकानी भइरहन्थ्यो । दिल्ली गएपछि दाइसँग कुरा नभए पनिसँगै दाइसँग रहनु भएका नवीन भाइसँग वीरजङ्ग दाइको स्वास्थ्य स्थितिका बारेमा मैले बुझिरहन्थेँ । २८ असोज २०७८ को बेलुकी ८ बजेतिर नवीन भाइसँग कुरा गरेको थिएँ । अप्रेसनपछि केही सुधार भएको जानकारी गराउनुभयो । त्यसै दिन रात ११ बजे उहाँँको निधन भएछ । असोज २९ गते बिहानै जब मैले निधनको खबर सुनेँ, मेरोअगाडि करिब १७ वर्षसम्म वीरजङ्ग दाइसँगको सहकार्य सुखदुःखका साथ बितेका दिनहरू रिलजस्तै घुम्न थाले । आँखाबाट आँसु बग्न पुगे । तैपनि आपूmलाई सम्हाल्नुबाहेक मसँग अर्को विकल्प थिएन । केही घन्टापछि म वीरजङ्ग दाइको घरमा पुगेँ । वीरजङ्ग दाइको सहोदर कान्छो भाइ एवम् हाम्रो पार्टीका आदरणीय महासचिवलगायत पार्टीका अन्य नेतृत्व कमरेडहरू, सम्पूर्ण परिवार, आफन्तजन, र केही छिमेकीहरू जम्मा हुनुभएको थियो । त्यहाँको स्थिति हेर्दा आपूmले आफैँँलाई सम्हाल्नुपर्ने नै देखिन्थ्यो । भोलि अर्थात् असोज ३० गते बिहान कृष्णनगर भन्सारमा वीरजङ्ग दाइको शव आउने र सोही दिन केही घन्टा घरमै श्रद्धाञ्जलीको लागि शव राख्ने र अन्त्येष्टि गर्ने कार्यक्रम तय भयो । ३० असोजका दिन बिहानै उज्यालो नहुँदै कृष्णनगर भन्सारमा पुगी वीरजङ्ग दाइको शव घरमा ल्याइयो । मध्यान्ह १२ बजेसम्म श्रद्धाञ्जलीको लागि घरमै शव राखियो । पार्टीका आदरणीय महासचिव अथवा वीरजङ्ग दाइको भाइ क. विप्लव सम्पूर्ण परिवारजनहरू, पार्टीका आदरणीय प्रवक्ता क. प्रकाण्डलगायत नेता–कार्यकर्ता अन्य पार्टीका नेता–कार्यकर्ता र वीरजङ्ग दाइका आफन्तजनहरू, शुभचिन्तक र आम–जनताको उपस्थितिमा श्रद्धाञ्जली दिइयो । त्यसक्रममा सबैका आँसु बगिरहेका थिए । श्रद्धाञ्जलीपश्चात् दाहसंस्कारको लागि नजिकै खोलामा लग्यौँ । आदरणीय महासचिव र प्रवक्ताले वीरजङ्ग दाइको पार्थिव शरीरमाथि कम्युनिस्ट पार्टीको हँसिया हथौडाअङ्कित झन्डा ओढाई मुट्ठी उठाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।

१० कात्तिक २०७८ का दिन जिल्ला पार्टी कपिलवस्तुले श्रद्धाञ्जली सभाको आयोजना ग¥यो । सभामा हाम्रो पार्टीका आदरणीय महासचिव विप्लवलगायत नेता–कार्यकर्ता, नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराका साथै, नेता–कार्यकर्ता र अन्य पार्टीहरूका नेता–कार्यकर्ता एवम् आम–जनताको सहभागितामा सभा सम्पन्न भयो । सभामा बोल्ने सबैले वीरजङ्ग दाइको विगतदेखि वर्तमानसम्म देश र जनताको लागि खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । निरन्तर क्रान्तिकारी आन्दोलनमा क्रियाशील रहँदै गर्दा २०७८ असोज २८ गते राती उहाँँको भौतिक शरीरको अन्त्य भयो । भौतिक शरीर हामीसँग नभए पनि हामी उहाँँले देखाउनुभएको बाटोमा अविराम अगाडि बढिरहनेछौँ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु