‘ नाङ्गेली त्रैमासिक´ विमोचन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको बैचारिक प्रकाशन नाङ्गेली त्रैमासिक विमोचन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा एक कार्यक्रमका बीच नेकपा महासचिव विप्लव सी, स्थायी समिति सदस्यहरु अनिल सी, शिलु सी, र कर्णजित सी ले सोमबार पत्रीका औपचारिक रूपमा विमोचन गरेका थिए। अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय प्रकाशन विभागद्धारा आफ्नो समसामयिक वैचारिक पत्रिका ‘नाङ्गेलि’ पहिलो अङ्क प्रकाशन गरिएको छ। कथित जातप्रथाको पाखण्डी, लज्जाजनक र कुसंस्कारका विरुद्ध वलिदानीपूर्ण विद्रोह गर्ने एउटा भारतीय श्रमिक समुदाय (दलित) महिला
नाङ्गेली´ को नामबाट पत्रीकाको नामाकरण गरिएको हो ।
