मदन पुरस्कारको लागि पुस्तकको सूची सार्वजनिक

२०८० श्रावण २४ गते, बुधबार

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७९’ का लागि पाँच कृतिहरू छनौट गरेको जनाएको छ । गुठीका अध्यक्ष कुन्दन दीक्षितले कूल ३१३ पुस्तकहरू प्राप्त भएकोमा गुठीले ‘मदन पुरस्कार २०७९’ का लागि पाँच कृतिहरू छनौट गरेको जानकारी दिए । उनका अनुसार छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार अर्पण गरिनेछ ।
छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार