जनपत्रिका मासिकको फागुन अङ्क प्रकाशित

२०८० चैत्र १५ गते, बिहीबार


काठमाडौँ । हरेक महिना १५ गते प्रकाशित हुँदै आएको जनपत्रिका मासिकको फागुन अङ्क प्रकाशित भएको छ । यस अङ्कमा आवरण कथा युरेनियम धातु र नेपालमा युरेनियमकाे अनुसन्धानमूलक समाचार विश्लेषण रहेको छ । हरेक राजनीतिज्ञ, देशभक्त र सरकारका जिम्मेवार निकायको लागि याे अङ्क पठनिय हुनेछ । फागुन अङ्ककाे विशेष लेख आठौं महाधिवेशनको ७ औं पूर्ण बैठकमा नेकपाका महासचिव विप्लव सीद्वारा लिखित अर्थ-नीति विषयक लेख रहेकाे छ । फागुन महिना ८ मार्च (श्रमिक महिला दिवस) पर्ने भएकोले साे अवसरमा अनिल सीद्वारा लिखित विश्व साहित्यमा महिला स्वतन्त्रताको प्रतिविम्वन लेख र साेही विषयमा समाचार विश्लेषण रहेकाे छ । लैङ्गिक विभेद विरुद्धका अभियन्ताहरुका लागि याे आलेख सन्दर्भ सामग्री हुनेछ । त्यसैगरी याे अङ्ककाे अर्को आकर्षक पाेखरा, फूलबारी सैन्य ब्यारेक र लमजुङ ब्यारेककाे हिरासत ब्रेक (जेल ब्रेक) का याेद्वाहरुकाे संस्मरण पनि रहेका छन् । अन्य महत्त्वपूर्ण सामाग्रीसहितकाे फागुन अङ्क पठनिय र सङ्ग्रहनिय रहेकाे छ । पाठकहरुलाई आ-आफ्नोप्रति सुरक्षित गर्न प्रकाशकले सूचित गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार