उस्तै छ अवस्था 

२०८१ फाल्गुन ८ गते, बिहीबार

             –   झपेन्द्रराज बैद्य                 

             

हाँस्दैनन् ओठहरु बालकहरुका गाउँघरमा

धनिका कुकुरहरुले दूधभात फाल्दछन्

तर गरिबका छोराहरु कुपोषणका बनेका छन्।

हाँस्छन् धनिका बालकहरु सयपत्री हुन कि मञ्जरी?

 गुलाबको फूल मुस्कुराए सरी।

बनका लाली गुराँश हो कि

मनभित्र फूलेका फूल हो कि

फङ्गिन्छ ढकमक्क छाती भरि।

 नदीहरुको धुन चल्छ,

गड्याङ्ग्गुडुङ्ग गड्याङ्ग गुडुङ्ग बादल खेल्दछ।

छाती भन्दा ठूलो आकास छ मेरो,

 मेरो क्रान्ति छ बलियो आधार। 

 गाउँ छ पहाडमा शान्त वातावरणमा

 कल कल स्वच्छ पानी झिमरुक नदीमा।

बन जंगलले घेरिएको मेरो सुन्दर गाऊँ,

जीवन रथ चल्यो उकाली ओरालीमा

म भएँ बिजयको खातिर अबिरल संघर्षमा।

धेरै साथी पछि हट्दै गए मन्त्रि भएर,

उल्टो बजाउन थाले प्रहार दलालको उपहार।

कम्युनिष्टको रक्षा र प्रबर्धनको अपेक्षा

 बैज्ञानिक समाजबाद हुँदै  साम्यबादको कांक्षा

 नयाँ जनबादको सुनौलो भबिश्यमा।

अनि अन्तिम लक्ष्य साम्यबादमा

समाजबादमा योग्यतानुसार काम

साम्यबादमा आबश्यक अनुसार माम।

जान्दैन पछि हट्न नेपाली

पूर्खाको इतिहास छ

पहिले दलाल सत्ता देशमा हटाउनु छ,

पुँजिबादी दलाल बिरुद्ध आँधीबेरी ल्याउनुछ।

 बिष्फोटन हुन्छ दलालका टाउकाहरु

अनि बेबारिसे बन्छन् उनका माउहरु

रुसले युक्रेनको सातो खाएजस्तै,

नेपाली दलालहरुको सातो उडिसकेको छ।

 पस्दैछन् नेपालमा अमेरिकी प्रमुखहरु

एमसीसी र एसपीपीको लोभ देखाएर,

बल्छीमा एमसीसी गुलियो बीष देखाएर।

 आउदैछन्अमेरिकी सेना नेताको बरदान्,

एस्पीपीबाट नेपाल खोस्न र रम्न

हिमालको चीसोपानी खाएका

 दलाल बिरोधी नौजवान देश भक्तहरु

घरका चम्किला खुकुरी तरबार टल्काउँदै,

बीर शहीदका सन्तानहरु बिजय धुन गाउँदै

अगाडि बढ्नेछन् स्वाभिमानी महिलाहरु

देशका कर्णधार इमानदार युवा युबतीहरु

चिनबिरुद्ध युद्ध स्थल बनाएर नेपाललाई

नेपालका जडी बुटी युरेनियम लूट गर्नलाई

लगाउदैछ अमेरिका नेपाल खान गिद्देनजर,

नेपालमा अमर सिंह भक्ति थापा छन् होनहार

नेपालको बहुमूल्य संपदामा छ उसको दबाब

जाल झेल गर्दैछ अमेरिकी साम्राज्यबाद

युवाहरु! नाला पानी जस्तै लड

ल्याउन जनबाद

सत्यको असत्यमाथि बिजय छ

जनताको बिजय निश्चत छ

ब्यबस्था फेरिए पनि अवस्था उस्तै छ

झन पछि झन् ब्याप्त भ्रष्टाचार छ।

अन्तराष्ट्रिय  ट्रन्सपरेन्सीले साबित गरेको छ

नेपालमा भ्रष्टाचार सयमा चौंतीस छ

दलाल नेताहरुले भ्रष्टाचार बढाएका छन्

काले काले मिलेर खान निष्ठा त्याग्दछन्

साम्राज्यबाद बिरुद्ध मोर्चा बनाएर लड

युवाहरु हो संसार तिम्रै हो

समाजबादी मोर्चा बनाएर लड।

गाउँले शहर घेरेर लड।

गाँजा पट्टीमा हमासले देखाएको साहस भर।

सम्राज्यबादी अमेरिकाले गाजा खाली गर्दैछ,

हमासलाई जोर्डनमा राख्दैछ

आफ्नो मातृभूमि छोड्न कति गाह्रो हुन्छ

यो कुरा भोग्नेलाई थाह हुन्छ

नेपालमा पनि त्यस्तो अप्रिय घटना नहोस्

उत्पीडित जनता तथा राष्ट्रको मुक्तिको कामना गर

अवसरबादी सारसंक्षेपबादी

यस्तै मिली देश खाएका हुन्छन्

 मकै खाने भालु चोट खाने कालु

 धान खाने मूसा चोट पाउने भ्यागुता

पञ्चायत बरोधी पर्चा छरियो यसको परिणाम सल्यान जेल

एक बर्ष थमाईयो रमाइयो

जेलैमा चम्पा महाकाब्यको ड्राफ्ट भयो

मानबताको लागि जेल प्यारो बन्यो

देशको लागि चिन्ता थियो

मन संतोष भए पातीको छाप्रो राम्रो हो

एक दिन त सबै मानिस्नाङ्गै जाने हो

 कीर्ति भए संझनाको कोशेली छोड्ने हो

बीर गतिको इतिहास समाजमा छोड्ने हो

मरेर लानु के छ र आफू बसेको ठाँउ स्वर्ग हो

 स्वर्ग अन्त छैन समाज सेवा नै धर्म हो

 छुवाछुत, धनि गरिब, लिङ्ग बिभेद पाप हो

 भ्रष्टाचार, जनताको खुन चुस्नु महापाप हो

त्यसबेला जमाना सस्तो वर्गेनिक थियो

 बैंक शाखा धेरै थिएन सरसापट हुन्थ्यो।

अहिले एक लाखमा पाइने भैंसी उसबेला छ बीस,

मैले थाहपाएसम्म एक रुपैंयाँको एक पाथी धान

छ रुपैयाँमा आउँथ्यो अढाई किलो मासु

संझदा अहिले आउँछ आँखा भरि आँसु

त्यसैले चल्थ्यो गाउँ घरमा वर्म पर्म  जाना जान,

 पैसाको अभाबमा एक धार्नी मासुलाई छ पाथी धान

बुहारीमा कडा अनुशासन 

घाँस थोरै ल्याए ससुराले आगनभरि घाँस छर्कने

एउटा घटना थियो हाम्रो गाउँको सँमरण गर्ने

 जहाँ सपना त्यहाँ सफलता राहत हुन्छ

  सपना ल्याऊ अनि कामको आत्म बिश्वास

 तब मिल्छ सीप अनि गास बास कपास।

माओबादीको सल्लाहकार बनियो,

माओबादी ड्यासको सल्लाहकार।

प्रचण्ड अध्यक्ष हुदा पनि सल्लाहकार, 

एक ठाउँ थन्काउने ठाँउ रहेछ सल्लाहकार

 मोहन बैद्य किरणको पनि सल्लाहकार,

भए नेककपाको पनि सल्लाहकार

सीसी एमका धरै मन्त्रि बने,

मैले मन्त्रि भन्दा माथि क्रान्ति चुने

क्रान्ति त एउटा सुन्दर फूल हो,

सारमा संघर्ष सार्थक जीवन हो 

क्रान्ति, फेरि पनि क्रान्ति निरन्तर क्रान्ति

दलाल बिरुद्ध क्रान्ति सम्राज्यबाद बिरुद्ध क्रान्ति

 संसदमा गएर क्रान्ति भन्ने कुरा भ्रान्ति हो

 सुँगुरको खोरमा गए पछि सफा हुने भ्रम हो

माओबादी केन्द्र यस्तै भएको छ

संसदमा जादा अप्राकृतिक मोर्चा बन्छ

ने का र एमालेको गठबन्धन, 

दुई दलीय सरकार अबलम्बन

भाग नलिने भन्दा भन्दै संसदबादीको

 हुन्छ मनोपली प्रतिकृयाबादीको

शक्ति भए सशक्त बहिस्कार गर

नभए संशोधनबादमा डुबुल्किमार

पहिले नयाँ जनबाद अनि समाजबाद

यही हो बैज्ञानिक समाजबाद

अहिले हावी छ संशोधनबाद

चाहिएको छ सच्चा कम्युनिष्टबाद

बचाउनपर्छ कम्युनिष्टले राष्ट्रियता

तर नेताहरु कोही अमेरिकन दलाल,

कोही त छन्बिस्तारबाद परस्त दालल

 यथार्थ तीतो 

कैयौपटक चुनाबमा बुढी औंला रंगाए जनताले

 तर जनतालाई मनमा सुख मिलेन मन रङ्गीएन

 मनमा उज्ज्यालो पुग्दैन

प्रत्येक मिलनमा गुड्मर्निङ्ग गुड वाई रहेछ

वरिपरि सदाबहार हरियाली रुख बिरुवा छन्

बीच बीचमा बार्बिक पिकनिक स्पोटहरु छन्

ब्यायाम स्थल केटाकेटी लोभ्याउने पार्क छन्

एक अर्काको परिचय गर्ने रमाइलो ठाउँ छन्

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार