‘महिला चलचित्र महोत्सव’ सुरु

२०८१ फाल्गुन २० गते, मंगलवार

काठमाडौँ । ‘महिला चलचित्र महोत्सव’ सुरु भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’को आयोजनामा ‘चलचित्रमा नारी’ नाराका साथ सो महोत्सव सुरु भएको हो । महोत्सव बिहीबार सम्पन्न हुने बताइएको छ ।
महिला चलचित्र महोत्सवको पहिलो दिन मंगलबार चलचित्र ‘सिन्दुर’ प्रदर्शन गरिएको छ । सन् १९७९ ९वि।सं। २०३६० मा रिलिज भएको ‘सिन्दुर’ नेपाली सिनेमाको दोस्रो रङ्गिन चलचित्र हो ।
काठमाडौंका विभिन्न हलमा संयुक्त रूपमा ५२ हप्ता चल्दै पहिलो सिल्भर जुब्ली चलचित्रको कीर्तिमान कायम गरेको यस चलचित्रमा विश्व बस्नेत, गोपालराज मैनाली, वसुन्धरा भुसाल, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ । साथै कार्यक्रममा सिन्दुर चलचित्रका कलाकारहरुसँग समेत अन्तरक्रिया गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार