मास्टर साव

२०८१ चैत्र २५ गते, सोमबार

मास्टर साव !
यो काठमाडौमा,
एकातिर,
बिषादीयुक्त तुवालोले,
अर्कोतिर,
मास्टर सावहरुको जुलुसले,
आँखा पिरो भएको छ,
तुवाँलोले जनताको, जुलुसले सरकारको ।

मास्टर साव !
यो काठमाडौमा,
देखेनौ तिमिले,
जुलुस देख्न त आँखा चाहिन्छ, आँखा !,
नारा सुन्न त कान चाहिन्छ, कान !,
माग सुन्न त मानवता चाहिन्छ, मानवता !,
न आँखा छ,
न कान छ,
न मानवता छ,
यहाँ त केवल मात्र छ, सरकार ।

मास्टर साव !
यो काठमाडौमा,
बुझेनौ तिमिले !,
धन भएर पनि मन नभएकाहरु भरिन्छन् ,
मन नभएर पनि धन जोडेकाहरु उभिन्छन् ,
न मन छ,
न धन छ,
यहाँ त केवल मात्र छ, सरकार ।

मास्टर साव !
यो काठमाडौमा,
बुझेनौ तिमिले !,
७५ बर्ष काटेकाहरुले पार्टी चलाएका छन् ,
योजना बिहिनहरुले देश चलाएका छ्न,
पार्टी चलाउनु र देश चलाउनु उस्तै हो, र ?!,
मास्टर साव !,
न उमेर छ,
न योजना छ,
यहाँ त केवल मात्र छ, सरकार ।

मास्टर साव !,
यो काठमाडौमा,
बुझ्यो होलानी तिमिले,
सुत्ने, खाने, हिड्ने, जुलुस गर्ने, नाराको मूल्य,
सासद, मन्त्री, प्रधानमन्त्री, देश, सरकार र साराको मूल्य,
न समय छ,
न फुर्सद छ,
न योजना छ,
यहाँ त केवल मात्र छ, सरकार ।

मास्टर साव !,
यो काठमाडौमा,
अनुभुत भयो होलानी तिमिलाई,
काम गर्नेले जिरो पाउँछ , जिरो !,
आन्दोलन गर्नेले पुलिसको गोली पाउँछ , गोली !,
नारा लाउनेले सरकारको उर्दी पाउँछ ,
त्यसैले,
न लोकतन्त्र छ,
न गणतन्त्र छ,
न अधिकार छ,
यहाँ त केवल मात्र छ, सरकार ।

मास्टर साव !,
यो काठमाडौ हो, काठमाडौ,
राजै, राजा बस्ने ठाँउ !,
देशका राजा, पार्टीका राजा, भ्रष्टाचारका राजा, कमिसनका राजा, षड्यन्त्रका राजा, पैसाको राजा, सुनका राजा, धुनका समेत राजा,
बुझ्नु भो मास्टर साव !
राजै राजा,
कानुनका राजा, अधिकारको राजा, राजै राजा,
हो !,
अब राजाहरुले सुन्छ्न त तिम्रो कुरा ?,
तिम्रो कुरा सुन्ने दिन गए !,
हाम्रो कुरा मान्ने दिन गए !,
हो त्यसैले त,
राजाहरुबाट अधिकार खोसेर लिनु पर्छ,
अधिकारका लागि काठमाडौ आएका छौ,
न न्याय छ,
न मूल्य छ,
न मान्यता छ,
न कानुन छ,
न अधिकार छ,
यहाँ त केवल मात्र छ, सरकार ।

मास्टर साव !
यो काठमाडौ, हो काठमाडौ !,
ऎक्यवद्धताको एक चिर्कटो बिज्ञप्ती आउला,
फुरुक्क परौला !,
क्या वात भनौला नि फेरि !,
सरकारको मन्त्रीले वार्ता भनेर बोलाउला,
मख्ख परौला,
जाउला !,
पहिला जस्तै यताउती, टालटुल, ढाट्ढुटको जालमा फसौला नि फेरि !,
न सम्बोधन छ,
न अधिकार छ,
यहाँ त केवल मात्र छ, सरकार ।

मास्टर साव !
यो काठमाडौमा,
ल्याउछौ अधिकार ?
जित्छौ आन्दोलन ?
हेरौला !,
तिमिपनि थाक्छौ,
आन्दोलन पनि थाक्छ,
नारा पनि थाक्छ,
तिम्रा परिवार पनि थाक्छ,
अनि बिगतमा जस्तै लुत्रुक्कै पर्ने,
अनि सरकारले ढाट्छ ,
फेरिपनि ,
अनि जान्छौ घर घर,
फेरि अर्कोसाल यसैगरी,
नारा लगाउदै ,
जादु देखाउदै,
यो काठमाडौमा आउने दिनको अन्त्य होस,
आन्दोलन सफल पारौ !,
नारा सफल पारौ !,
शिक्षक एकता सफल होस !
(शिक्षकको आन्दोलनप्रति समर्पण)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अनुसन्धानमूलक लेखको संरचना

२०८१ चैत्र २५ गते, सोमबार

तिम्रा पदचापहरु

२०८१ चैत्र २३ गते, शनिबार

मेरो नारा हरायो

२०८१ चैत्र १४ गते, बिहीबार