रहर

२०८१ चैत्र २६ गते, मंगलवार

-चिरन सी

    रहर बाटोमा,
    आउदै रहेछ !,
    सोधे कता ?,
    भन्यो रहर मेट्न !,
    कहाँ मेटिन्छ रहर ?,
    फेरि भन्यो शहर तिर,
    लाग्यो !,
    रहर मेटिने शहर,
    कहाँ भेटिन्छ ह !,

    रहर बाटो लाग्यो,
    सोचे !,
    सहि कुरा,
    रहर शहर मै भेटिन्छ,
    शहरमै फुल्छ, फक्रीन्छ र झर्छ,
    रहरको पनि बाध्यता छ यहाँ,
    के गरोस बिचरा !,
    अरुलाई होइन , आफैलाई,
    गाउँ होइन , शहर,
    देश होइन, बिदेश,
    कुदेको छ, दौडिएको छ,
    भाग्ने सुख छैन,
    थाक्ने सुख छैन,
    विश्राम लिने सुख छैन,
    रहरले शहर पछ्याएको छ कि ?,
    शहरले रहर यो भने सोचनिय छ ।

    स्यावास,
    रहर स्यावास,
    रहर त चक्र पो रहेछ !,
    रहरले शहर खोज्छ,
    शहरले पद रोज्छ,
    पदले सुबिधा खोज्छ,
    सुबिधाले पैसा रोज्छ,
    पैसाले भ्रष्टाचार खोज्छ,
    भ्रष्टाचारले देश रोज्छ,
    देशले नेता खोज्छ,
    नेताले पार्टी रोज्छ,
    पार्टीले शहर खोज्छ,
    शहरले रहर रोज्छ ।
    वा ,
    रहर त !,
    शहरमा, पैसामा, पावरमा, नियुक्तिमा, पार्टीमा, नेतामा, कुर्सीमा, कमिसनमा, भ्रष्टाचारमा, कालोबजारीमा, तस्करीमा, लुट्मा, फुटमा, गुटमा पो हुने रहेछ हँ !,
    बिचरा रहर !,
    घुमेको, घुमै !,
    चौमुखे तलवार जस्तो,
    बहुमुखे चक्र जस्तो ।

    यो रहर पनि,
    कति रोज्न सकेको ?,
    आफ्नैलाई हँ !,
    पहिलो, आफु रोज्छ,
    दोश्रो, श्रीमतिको खोज्छ,
    तेश्रो, छोरा, छोरी रोज्छ,
    चौथो, नाता, गोता खोज्छ,
    पाचौ, इस्ट मित्र रोज्छ,
    छैठौ, आउरे, बाउरे, धुपौरे खोज्छ,
    समाजसेवा, देश सेवा, घर सेवा, परिवार सेवा,
    आदि आदि सबै सेवा !,
    त्यो पनि बाध्यताले !,
    कहाँ रहरले ?,
    बिचरा रहर त,
    निम्छरो छ ।

    के गरून् त बरै !,
    बाध्यताले,
    सके पनि नसके पनि,
    उमेर गयो,
    रहर गएन !,
    एक झुन्ड शहर आउछन् ,
    कराउछन् , जान्छन् !,
    फेरि अर्को झुन्ड फेरि शहर आउँछन् ,
    फेरि कराउछन् जान्छन् !,
    के गर्नु !,
    यो पनि त चक्र जस्तै हो,
    यो प्रक्रिया चलिरहन्छ,
    निरन्तर, निरन्तर,
    रहरलाई शहर पुगेको छैन,
    शहरलाई रहर,
    हेर्नुस न !,
    प्युठाने जि,
    ९० बर्ष, महामन्त्री – (मसाल),
    भक्तपुरे जि,
    ८५ बर्ष, अध्यक्ष – (नेमकिपा),
    बाग्लुङ्गे जि,
    ८० बर्ष, अध्यक्ष – (राष्ट्रिय जनमोर्चा),
    अर्का प्युठाने जि,
    ७९ बर्ष, महासचिव – (क्राकपा),
    डढेल्धुरा जि,
    ७८ बर्ष, सभापति – (काङ्ग्रेस),
    झापाली जि,
    ७४ बर्ष, अध्यक्ष – (एमाले),
    अर्का झापाली जि,
    ७४ बर्ष, महासचिव – (माले),
    चितवने जि,
    ७१ बर्ष, अध्यक्ष – (माओवादी केन्द्र),
    रौतहटे जि,
    ७३ बर्ष, महासचिव – (एकीकृत समाजवादी),
    यस्ता जिहरु,
    अरु, अरु, धेरै, धेरै छ्न !,
    रहरको पनि त उमेर हुन्छ नि यार !,
    ७० कट्नु पर्छ,
    हिड्न नसके पनि राजनीति गर्नुपर्छ,
    ठिङ्ग उभिनु पर्छ,
    देशको सेवामा लाग्नु पर्छ,
    किनकी,
    यो त प्राकृतिक कुरा हो ।
    जम्मा ५० बर्ष त भयो,
    नेतृत्व गरेको,
    मान्छे बूढो हुन्छ मर्छ,
    तर मान्छे बूढो हुने,
    मर्ने र रहरको सम्बन्ध के छ हँ ?,

    बिचरा !,
    बाध्यता छ,
    रहरको पनि !,
    पार्टी उचाल्ने, देश उचाल्ने, क्रान्ती उचाल्ने,
    यो रहरलाई उन्मुक्ति चाहिदैन हँ !,
    खोज्दा, खोज्दा, पचासौ बर्ष भयो,
    भेटिदैन उत्तराधिकारी ?,
    छोरा भए, छोरी भए, ज्वाइँ भए, परिवार भए, इस्टमित्र भए, नातागोता भए,
    घर भए, गाडी भए, धन – दौलत भए, श्री – सम्पत्ति भए, शुख – सुबिधा भए, मान – सम्मान भए, सबै भए तर !,
    उत्तराधिकारी भएनन ।

    कस्तो दुर्भाग्य बिचरा !
    राजनीति रहर होइन,
    सेवा हो, सेवा ।
    फेरि सोधे !,
    ए रहर, तिमिलाई
    रहर छ कि बाध्यता हँ ,
    रहर मेटाउने,
    रहर पुर्याउने,
    रहर बचाउने,
    आफू मरेर पनि !,
    रहर नमर्ने,
    रहर बिनाका जिन्दगी संसारमा,
    कति रहरै नभेटी मरे होलान हँ ?,
    रहर ।

    प्रतिक्रियाहरु

    [anycomment]

    सम्बन्धित समाचारहरु

    गीत : ए हावा

    २०८२ बैशाख ४ गते, बिहीबार

    सस्तो मूल्यमा बिक्रीमा छ

    २०८२ बैशाख २ गते, मंगलवार

    उल्लासमय शुभकामना !

    २०८२ बैशाख १ गते, सोमबार

    धरापको बिचैबीच जीवन

    २०८२ बैशाख १ गते, सोमबार