ब्याच टाँसेको बालुवाटार

-चिरन सी
सडक थाकेको छ,
सङ्गैका बोट, बिरुवा,
निहुरिएका छ्न,
घरका भित्ताहरुले,
नारा बाहेक अरु,
सुन्न छाडिसके,
सडक छेउछाउका,
रिलिङ्ग नि : शब्द :
निकासको पर्खाईमा छ,
सधै,
कालो –
मुकुण्डो भिरेको,
सङ्गठित जमात,
आउँछ,
काडे तारको पर्खाल सामु,
सधै झै ठिङ्ग उभिन्छ,
माथिको आदेश कुर्छ,
भोक पचाउछ अनि जान्छ ।
१० औं दिन भयो,
यो प्रक्रिया,
अनिस्चय छ जिन्दगी जुलुसको,
किनकी
षड्यन्त्रकारीहरु,
कुनामा बसेर षड्यन्त्र गर्दैछन् ,
अनपढ भएको भए,
तनावानाले काम गर्थ्यो,
फेरि शिक्षित जुलुस,
फेरि,
यो चोटि झुक्दै नझुक्ने रे ?,
हेरौ !,
अनिश्चित जुलुसको
निस्चित परिणाम ।
ब्याच टासेको,
बालुवाटार चिर निन्द्रामा,
परेको छ,
कहिले यसो ब्युझन्छ,
उठ्छ,
गजब्ब बस्छ,
अनि रातको हुचिल झै,
यताउता हेर्छ,
गजधम्म बस्छ,
सोझो परेको औंलाले,
यस्सो इसारा गर्छ,
२/४ वाणी भन्छ,
उखान टुक्का हाल्छ,
अनि स्वाट्ट भित्र छिर्छ,
आँखा चिम्म पार्छ
र गजल सुन्छ,
गजल सङ्गै मुख चलाउछ,
घाँटी हल्लाउछ
र भन्छ,
हम जि रहे है,
और, तुम मर रहे है ।
छ न त छन् त्यहाँ ?
अरु पनि,
उनिहरु,
तर,
बुख्याचा मात्र हुन,
धड्कन, बाच्नका लागि
मात्र चल्छ !,
हात खुट्टामा सिक्री,
बाधिए झै,
फासीमा चडाउन लगिएकालाई ,
जस्तो !,
कालो मुकुण्डो हालिएको छ,
हेर्न मिल्दैन !,
मुखमा भोटे ताल्चा झुण्डाएइको छ,
बोल्न सक्दैन,
बुझ्न पनि त झन सक्दैन उसले,
बिहान बेलुका निस्पट्ट मुर्दाजस्तै,
झण्डा हल्लाउँदै,
लाग्छ त्यो जण्डा हो कि,
चरा लखेट्ने बुख्याचा,
स्वाई स्वाई सिठी बजाउदै,
कहिले बालुवाटार,
कहिले भैसेपाटी,
कहिले बानेश्वर
त कहिले सिङ्गदरवार लगिन्छ ।
केवल उ त,
सुत्ने र निदाउने काम मात्र हो,
सुतिरहन्छ, निदाईरहन्छ,
र खाईरहन्छ देशको रसद पानी ।
निश्चित सड्ढल्प बाधेका,
बुज्रुक मान्छेहरु,
पक्कै फस्ने छैनन,
महाजालमा,
किनकी,
बेला बेला यहाँ महाजाल फ्याकिन्छ,
किढा, मकिढाको आसमा,
भनभने ठुला माखाहरु,
भनभनाउदै,
मन्डला र बबरमहलका सडक
चियाउदैछ छ,
निउरेमुन्टो न बनेर रिपोर्ट हाल्दैछ,
आफ्ना गुरुबाहरुलाई,
साझ कार्यालय हानिन्छ,
हुने नहुने गफ चुट्छ
रिपोर्ट हाल्छ,
र,
जोखाना हेर्दै भट्टी छिर्छ,
१० दिन त बित्यो,
एक महिना बित्न के बेर लाग्छ र ?
कुरा महिनाको होइन,
पेटको हो,
अधिकारको हो,
स्वाभिमानको हो,
र,
नयाँ पुस्ताको भविस्यको हो,
त्यसैले त उभिएका छ्न,
स्वाभिमानका खुट्टाहरु
र, आशाका बुज्रुक जिवनहरु ।