उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

-चिरन सी
परार पनि आएको थियो,
पोहोर पनि आएकै थियो,
अहिले पनि आएकै छ,
आगुम पनि आउने छ,
उल्लासमय शुभकामना,
एकातिर,
सङ्कटपुर्ण जिन्दगीहरुको लस्कर छ,
अर्कोतिर,
उल्लासमय शुभकामनाका लस्कर छ्न,
लौ भन ?,
कस्लाई ग्रहण गरौ म !,
सङ्कटपुर्ण जिन्दगी कि ?,
नयाँ बर्ष २०८२ का उल्लासमय शुभकामना ।

सहिदहरुका फोटा भित्तामा,
झुण्डाएर,
पुर्लुक्क फोटातिर हेर्दै,
शुभकामना लेख्दै !,
घरका भित्ताहरुमा जुण्डिएका छ्न,
सहिदहरु,
लखन थापा,
शुक्रराज, धर्मभक्त,
गङालाल, दशरथ,
शुखानि जङ्गलमा झुण्डाईएका,
जिन्दगी छ्न,
जनयुद्धमा बलिदानी दिनेहरु,
एकीकृत जनक्रान्तिमा आहुती हुनेहरु,
बेपत्ता योद्धा र घाईतेहरुको चित्कार,
अनगिन्ती पिडा र सम्वेदना युक्त्त
जिन्दगी छ्न,
त्यसैले,
एकातिर,
भित्तामा झुण्डाईएका,
अपुरा गन्तब्यका जिन्दगीहरु छन् ,
अर्कोतिर,
तिनै भित्ता तिर पुर्लुक्क हेर्दै,
लेखिएका उल्लासमय नयाँ बर्षका शुभकामना छन्,
लौ भन ?,
कस्लाई मनन गरौ म !,
भित्तामा झुन्डाईएका शहिदका अधुरा सपनायुक्त जिन्दगीलाई कि !,
तिनै भित्ता तिर पुर्लुक्क हेर्दै,
लेखिएका उल्लासमय नयाँ बर्ष २०८२ का शुभकामनाहरुलाई ।

बलात्कारमा मृत्युवरण गरेका,
निर्मला पन्तहरु,
लखेटी लखेटी मारिएका,
नवराज बिकहरु,
१० औ दिन आन्दोलनमा,
होमिएका शिक्षकहरु,
खान नपाएर,
सारङ्गी जस्तै बनेका भोका पेटहरु,
रोजगार नपाएर खाडी मुलुक,
चाहार्ने जिन्दगीहरु,
रिपोर्टिङ गर्दागर्दै डढेर खरानी बनेका,
पत्रकारहरु,
उपचार नपाएर छटपटाउदै,
मृत्युवरण गर्ने जिन्दगीहरु,
लौ भन ?,
कुन रोजौ !,
त्यस्तै, त्यस्तै जिन्दगीहरुका मर्म कि,
पुर्लुक्क समाचार हेर्दै,
लेखिएका,
उल्लासमय नयाँ बर्ष २०८२ का शुभकामनाहरु ।

प्रतिगामीहरुको चहलपहल,
बुर्जुवा गणतन्त्रवादीहरुको त्रासदी,
समाजवादीहरुको मौनता,
भ्रस्टाचारी र तस्करीहरुको चुरिफुरी,
कालोबजारी र कमिसनखोरीहरुको
चमक धमक,
खरबै रिणले थिचिरहेका टाउकोको मुल्य,
चौतर्फी अतिक्रमणले पिरलिरहेको मनोबिज्ञान,
जन आन्दोलन,
जनयुद्ध,
मधेस आन्दोलन,
एकीकृत जनक्रान्ति,
लगायतका एजेन्डाहरु थिचिएर उकुसमुकुसको परिवेश,
लौ भन,
कुन रोजौ मैले !,
उकुसमुकुसको परिवेशबाट मुक्त हुने जुक्ति कि !,
उल्लासमय नयाँ बर्ष २०८२ को शुभकामना ।

लाग्दो हो फेरी,
यो २०८१ फर्केर आउदैन,
जिन्दगी पनि त आउदैन !,
पुरानो समय पनि त आउदैन,
फर्केर आउने त जितको इतिहासमात्र हो,
जो आफैले होइन,
अरुले पढ्छ्न युगौ युगसम्म,
बिचरा !,
हारको त के इतिहास पढिन्छ र ?,
सत्ता गुम्दै छ,
बाशुरी बज्दैछ,
डर, त्रास र सन्नाटाको भारीले,
निचोरिएको जिन्दगीलाई,
केवल पेटको चिन्ताछ,
उन्मुक्तिले आफै कहाँ बोलाउछ र ?
अप्ठ्यारो र गाह्रो पहल गर्नु पर्छ आफैले,
उल्लासमय शुभकामनाले,
पनि त निकास खोज्छ होला नि है ? ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

ब्याच टाँसेको बालुवाटार

२०८१ चैत्र २९ गते, शुक्रबार

आन्दोलन

२०८१ चैत्र २७ गते, बुधबार

रहर

२०८१ चैत्र २६ गते, मंगलवार