गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार


रचना / सङ्गीत : चिरन सी

ए हावा उडाईदेउ जनजनको सबै कुरीतिहरु
ए खोला बगाईदेउ मनमनको सबै फोहोरहरु ।

कुरीतिभित्र देश खोज्ने सोचहरु,
अस्लिलतामा जीवन रोज्ने मनहरु,
सुन्नै नसकिने मनै भाचिने बिचारहरु,
हुनै नहुने जीवन कुजिने ब्यवहारहरु,

ए हावा उडाईदेउ जनजनको सबै कुरीतिहरु
ए खोला बगाईदेउ मनमनको सबै फोहोरहरु ।

भन्ने एउटा गर्ने अर्को कर्महरु,
लक्ष्य पुर्ब पश्चिम् हिड्ने पाईलाहरु,
देश भडाउने लक्ष्य गलाउने षड्यन्त्रहरु,
चौ बाटोमै बरालिने चिन्तनहरु,

ए हावा उडाईदेउ जनजनको सबै कुरीतिहरु
ए खोला बगाईदेउ मनमनको सबै फोहोरहरु ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

म गाउन खोज्छु

२०८२ बैशाख १८ गते, बिहीबार

ओ मास्टर साव !

२०८२ बैशाख १७ गते, बुधबार

आगोका अजम्बरी झिल्का

२०८२ बैशाख १४ गते, आईतवार