भरतपुर हिरासतका ती दिन

अनिल शर्मा
सत्य त भिडन्तकारी पो हुन्छ । त्यसले भूmटहरू माथि मात्र प्रहार नगरी ती खास–खास मानिसहरू माथि पनि प्रहार गर्छ जसले झुटलाई फिंजाउने गर्छन् ।
– बर्तोल्ट ब्रेख्त
अङ्ग्रेज–नेपाल युद्धकालीन आजको सैनिक ब्यारेकको रूपमा रहेका गढीबाट बाहिर हेर्दा स–साना प्वालबाट चियाउनुपर्छ । बाहिरकाले देख्दैनन् । तर गढीभित्रबाट बाहिरको दृश्य स्पष्ट देखिन्छ । त्यसैगरी आँखीझ्यालबाट संसार हेर्नुपथ्र्यो । नर्स, चिकित्सक, सफाइ मजदुर, कोतगार्ड, पत्रकार र भेटघाटमा आउने आफन्तजन, इष्टमित्र सूचना र विमर्शका माध्यम हुन्थे । अस्पतालको कोठालाई नै प्रहरीले हिरासतको रूपमा प्रयोग गरेको थियो । रेडियो राख्न दिएका थिए । गिरफ्तार हुनु भनेको सङ्घर्षको मोर्चा बदलिनु पनि हो । जहाँ राज्यको विरुद्ध एक्लै लड्नुपर्छ । बाहिर होस्टे–हैँसे गर्नेहरू हुन्छन् । एउटा मोर्चामा कमजोर व्यक्ति अर्को मोर्चामा पनि कमजोर नै हुन्छ भन्ने छैन । जसरी बाहिर आगो ओकल्ने विद्रोही दुस्मनको अखडामा त्यसरी नै आगो ओकल्छ भन्ने पनि हुँदैन । जन्मजात फिनिक्स पक्षी कोही हुँदैन । बाहिर आदेश, निर्देशन, हैकम चलाउने आदत भएका नेताहरू जब पहिलोपटक गिरफ्तार हुन्छन्, पार्टी–सत्ता चकनाचुर हुन्छ । अरू थुनुवासरह हुन्छन् । त्यसपछि उनीहरूले टेकेको धरती हल्लिन थाल्छ । पार्टी सत्तामा रमाएका र बाहिरभन्दा भित्र लड्न रमाउनेहरू दुस्मनको हिरासतमा लड्न नसक्ने वा कमजोर हुने सम्भावना बढी हुन्छ । वर्गसंङ्घर्ष र अन्तरसङ्घर्ष दुवैमा विद्रोही चेत चाहिन्छ दुस्मनसँग एक्लै लड्न पनि । पार्टीमाथि प्रतिबन्ध लागेपछि केही नेताहरूले आत्मसमर्पण गरेका थिए, दलाल पूँजीवादको महिमागान गर्न थालेका थिए । त्यो दृश्य र भङ्गीमा घीनलाग्दो थियो । गिरफ्तार हुनासाथ मैले त्यस्तो दासत्व र वर्गप्रतिकै अपमानको ब्याज–स्याज असुलउपर गर्ने दृढता मनमनै बनाएको थिएँ ।
कोतगार्डहरू धेरैजसो तराईबासी हुन्थे । उनीहरूसँग लामो–लामो वैचारिक– राजनीतिक बहस हुन्थ्यो । उनीहरू सबैको गुनासो हुन्थ्यो– प्रहरी बलभित्र मधेसीमाथि भेदभाव छ । एकदिन कोतगार्ड कमाण्डर असइ राजेश मिश्रले सुनाए– तालिमको समय थियो । गुरुले आमा, दिदीबहिनीको नाम काढेर गाली गर्थे । खाना खाँदै गदार्स मेत त्यसै गरेपछि त्यसदिन एकजनाले गुरुलाई जुठो थालले टाउकोमा बजाएछ । त्यसपछि अरू ३५ जना तराईबासीले भकुरेछन् । घाइते गुरुलाई अस्पताल लगियो । आक्रमणकारी तालिमेहरूलाई रातभरी यातना दिइयो र अठारौँबाट १९औँ समुहमा झारियो । उनीहरूले ६ महिना अतिरिक्त तालिम गर्नुपर्ने भयो । घटनाको छानबिन भयो । चितवन तालिम केन्द्रको त्यो घटनापछि प्रहरीभित्र मधेसी भएकै आधारमा अपमान गर्न बन्द गरिएछ । ‘अधिकार कसरी प्राप्त हुँदोरहेछ ? विद्रोह नगरेको भए स्वाभिमान प्राप्त हुन्थ्यो त ? ती बहादुर ३५ जना तराईबासीले यातना सहेर नयाँ पुस्तालाई आत्मसम्मान दिए’ मैले भनेको थिएँ । विद्रोहले समाजलाई गुणात्मक परिवर्तन दिन सकेन भने पनि सुधार अनिवार्य गर्छ ।
विद्रोहमार्फत कहिले गुणात्मक र कहिले मात्रात्मक सुधार हुँदै समाज यहाँसम्म आइपुगेको छ । इतिहासका सबै वर्गसङ्घर्षको सन्दर्भमा यही कुरा सत्य हो । प्रहरीले अस्पतालकै ओछ्यानमा मेरो बयान लिएको थियो । बयान दिने क्रममा मैले आपूm कुनै पनि धर्म नमान्ने भौतिकवादी हुँ भनेको थिएँ । प्रहरीले ‘नास्तिक’ लेखेछ । ऋषि वृहस्पति र चार्वाकवादीहरूले वेदप्रति विश्वास गर्दैनथे । वेदका अन्धसमर्थक ऋषिहरूले वेद निन्दकलाई ‘नास्तिको वेद निन्दकः’ अर्थात् ‘नास्तिकहरू वेदका निन्दक हुन्’ भन्ने गर्थे । गौतम बुद्धकालमा आस्तिक र नास्तिक शब्दहरू प्रयोगमा आए–नआएको स्पस्ट व्याख्या पाइन्न । बुद्धकालभन्दा १५० वर्षपछि आचार्य पाणिनीले अष्टाध्यायी व्याकरणमा ‘अष्टिनास्तिदिष्ट ं मतिः’ अर्थात् ‘जसले परलोकको अस्तित्वलाई अस्विकार गर्छन् र जे दृष्यमान छ त्यसैलाई मात्र स्वीकार गर्छन् ती नास्तिक हुन्’ भनेका छन् । भौतिकवादीहरू नास्तिक हुन सक्छन् । तर नास्तिक हुनु नै भाैितकवादी हुनु होइन । भौतिक र नास्तिक पर्यायवाची शब्दहरु होइनन् । आत्मा र परमात्माको अस्तित्व स्वीकार गर्ने वेदवाद विरोधी धारा नै नास्तिकवाद हो । वेदको निन्दा गर्नेलाई नास्तिक भनिन्छ भन्ने उनीहरूलाई थाहा थिएन । म न नास्तिक हुँ न त आस्तिक ! म वेदलाई आलोचनात्मक दृष्टिले हेर्ने गर्छु । त्यो दिन गाईको मासु, कानुनजस्ता धेरै विषयहरु छलफलमा आए । त्यसबेला भनेको थिएँ, “कानुनले के खाने, के नखाने भन्ने होइन, त्यो त स्वास्थ्यकर्मीले भन्ने विषय हो । हजारौँ वर्षदेखि मुस्लिम, क्रिश्चियन र बौद्धमार्गी जनजातिहरूले गाईको मासु खाँदै आएका छन् । पूर्वी नेपालको किराँत समुदायभित्रको एक जातिले कुलदेवतालाई गाईको मासु चढाउने गर्छ । वेदकालीन हिन्दु समाजमा गाईको मासु र मदिरा सेवन गर्ने गरिन्थ्यो” । गाई पुज्ने, हिन्दु धर्मको पैरवी गर्ने जमातले पाँचतारे होटलमा गाईको मासुको सेकुवा लुछ्दैनन् ? उनीहरू जाँड धोक्दैनन् ? तिनीहरू नै धर्मको ठेकेदार छन् । संसारमा पाखण्डीहरूको बोलवाला छ । यो धर्म हो कि धर्म–राजनीति हो ? यो देश हिन्दु समुदायको पनि हो । उनीहरू गाईप्रति संवेदनशील छन् । जनयुद्धको समयमा सस्तो भएको कारण गाईको मासु खाने व्यापक चलन थियो । तर ब्राह्मण–क्षेत्री समुदाय भएको गाउँमा गाई काट्न निषेध गरिएको थियो । भतिज अजयको धारणा हुन्थ्यो, “नेपाली समाज ‘माइनर डिसकस’ मा फसिरहेको छ ।” आधारभूत विषयमा बहस नै छैन ।
एकदिन प्रहरी जवानहरूले आफ्नो तलब भत्ता, सुविधाको विषयमा गुनासो गरे । पोसाक, जुत्ता, बिदासमेत कानुन–नियमअनुसार पाउँदैनन् । तलबबाटै पोसाक खरिद गर्नुपर्छ । उनीहरूले निजामती कर्मचारीभन्दा कम तलब सुविधा पाउँछन् । तर श्रम ऐन विपरीत १८ घण्टासम्म काम गर्नुपर्छ । त्यसैले प्रहरी अन्यत्र विकल्प नहुँदाको जागिर भएको छ । माथिल्लो तहकाले हाकिम र नेता रिझाउन,े भ्रष्टाचार गर्ने र आदर्शको फलाको गर्ने गर्छन् । तलको जवानले जीवन तनावै तनावमा घिसार्छ । त्यसैले प्रहरी बलमा तल र माथी बीचमा अन्तरविरोध छ । समाजवादी व्यवस्थाले तल्लो तह र माथिल्लो तह, शारीरिक श्रम र मानसिक श्रमबीचको असमानता र विभेदको अन्त्य गर्दछ भनिन्छ । डा. बाबुराम भट्टराईको कार्यकालमा प्रहरीका सबैलाई दुई हजारका दरले भत्ता वृद्धि गरिदिएको स्मरण गर्दै ती जवानहरूले उनको सराहना गर्थे ।
कोतगार्ड प्रमुखसँग छोटो हतियार र सञ्चार सेट हुन्थ्यो । बेला–बेलामा सञ्चारमा ‘होटल, वान–टु साप’ भन्थे । मेरो अस्पतालरुपी हिरासतलाई ‘होटल वान–टु’ नामाकरण गरेका रहेछन् भन्ने बुझिन्थ्यो । जवानसँग एस–एल–आर हुन्थ्यो । उनीहरू जनयुद्धका प्रसङ्गहरू सुनाइरहन्थे । जनयुद्धकालमा तालिमे प्रहरीको मनोविज्ञान सुनाउँथे कोतगार्डहरू । चितवनको तालिम कन्े द्रमा दैनिक कपडामा बेरेका लासहरू आउँथे । लास देखेर तालिमेहरू भाग्थे । भाग्नेको सङ्ख्या ५० जनासम्म पुग्थ्यो । जसको कारण सधैँभरी तालिम खुलिरहन्थ्यो । नयाँ भर्ना चलिरहन्थ्यो । “म माओवादीलाई मार्न प्रहरीमा भर्ना भएको होइन । आमा–बाबु पाल्न आएको । दिल्लीमा दरबान बन्न नसकेर आएको । जाने ठाउँ थिएन । मरे पनि मरियोस् भनेर भागिनँ” असइ राजेश मिश्र भन्थे । “जनयुद्धकालमा मधेसमा त सेना, प्रहरीलाई छोरी दिन हुँदैन भन्थे । शान्ति प्रक्रिया सुरु नभएको भए त बिहे गर्नै नपाउने” असइ राजेशले हाँस्दै भन्थे ।

नर्सहरू पनि छलफलमा आउँथे । एकजना नर्सले एमसीसी परियोजनाका विषयमा जिज्ञासा राखिन् । मेरो जवाफपछि “यो ओली पनि के भएको होला ? हाम्रो देशमा अमेरिकी सेना किन ल्याउने ? चीनबाट रेल ल्याउने बाटो किन छेक्ने ? देउवाले सुरु गरेपनि अहिले त ओली छ नि !” आक्रोसित मुद्रामा उनले भनिन् । प्रहरी, सफाइ मजदुर, नर्स सबैले पञ्जा, मास्कजस्ता कोरोना महामारी रोकथामका सामग्री आफ्नै तलबबाट किनेर लगाउनुपर्ने रहेछ । कोकाकोलाजस्ता कम्पनीहरूले मिति गुज्रन लागेका उत्पादन ट्रकभरि जिल्ला प्रहरी कार्यालयलाई पठाउँदा रहेछन् । त्यसो गर्दा प्रहरीलाई खुसी बनाउन पाइने अर्कोतिर उपहार दिएपछि उक्त उत्पादनको राजश्व तिर्नु नपर्ने । दुवै हातमा लड्डु ! त्यही सामान हाकिमले बोरा–बोरा घरतिर लैजाँदा रहेछन् । “जवानलाई खान दिए पनि हुन्थ्यो नि, घरमा पठाउँछन्, सरमछाडाहरू” धादिङे असई आक्रोश पोख्थे । “४० हजारको जागिर खाएर युरोपमा छोराछोरी कसरी पढाउँछन् हाम्रा हाकिमहरू ?” उनी पेचिलो प्रश्न गर्थे । “पदको दुरुपयोग गरेर कमाउने त हो उनी भन्थे । ती विचारभित्र उनको यथार्थ चिन्तन थियो कि आपूmले त्यसै गर्न नपाएको आक्रोश ? थाहा भएन । म भने उनको कुरा सुनिरहन्थेँ ।
जेठ १८ गते जिल्ला न्यायाधीश हेमन्त रावलले ममाथि प्रहरीले लगाएको अभियोगउपर थुनछेक आदेश गरे । थुनछेक आदेश पर्चामा भनिएको छ, “आफ्नो आस्थाअनुसारको राजनीतिक विचारधारा हरेक नागरिकले अवलम्बन गर्न पाउनु, राजनीतिक गतिविधिमा भाग लिन पाउनु र सङ्गठन गर्न पाउनु प्रत्येक नागरिकको संविधानप्रदत्त मौलिक हक अधिकार भित्रकै विषय हुँदा यी प्रतिवादीलाई पनि त्यसकिसिमको संवैधानिक अधिकारबाट बञ्चित गर्न मिल्ने अवस्था देखिएन । नेपाल सरकारले नेकपा विप्लव माओवादीको ध्वंसात्मक, बिध्वंसात्मक गतिविधिमा प्रतिबन्ध लगाएको अवस्था भएपनि पार्टीमाथि पूर्ण प्रतिबन्ध लगाएको भन्ने अवस्था संविधानतः पनि भन्न मिल्ने अवस्था देखिएन” थुनछेक आदेशको अन्त्यमा भनिएको छ, “अतः कुनै पनि व्यक्तिले आपूmलाई मन परेको राजनीतिक विचारधारा धारण गर्नु, राजनीतिक गतिविधि गर्नु आफैँमा अपराध नभएको र त्यस्तो व्यक्ति त्यस्तो राजनीतिक विचारधाराको आडमा कुनै कानुन प्रतिकूलको अपराधिक क्रियाकलापमा प्रत्यक्षतः संलग्न भएको देखिने स्पष्ट आधार र कारण नभई कुनै पनि व्यक्तिलाई राजनैतिक विचारधाराको आधारमा मात्र राज्यविरुद्धको कसुर अपराधजस्तो गम्भीर प्रकृतिको कसुर अपराधमा संलग्न भएको मानी निजलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्नु या सजायको भागी गराउनु न्याय र कानुनको दृष्टिमा उचित हुने नदेखिँदा निजको हकमा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुद्दा पुर्पक्षका लागि …… साधारण तारेखमा छोड्नु” प्रहरीले छोडिजाने भएमा धनुषा पठाउन मागसमेत गरेको थियो । तर अदालतले म चितवनमा गिरफ्तार हुनु पूर्व वारदात भएको भए धनुषा नलगी किन चितवनमा मुद्दा दायर गरेको र चितवनमा पक्राउपछि वारदात भएको भए निजको संलग्नता कसरी पुष्टि हुन्छ ? भनेको थियो । अदालतमा पनि स्ट्रेचरमा ल्याएकोले नाजुक शारीरिक अवस्था रहेको भनिएको थियो । “अतः चिकित्सकको परामर्शबिना निजलाई हाल उपचाररत अस्पतालबाट अन्यत्र कहीँ कतै स्थानान्तरण नगर्न, निजको उपचारमा कुनै बाधा अवरोध नगर्न र उपचारमा कुनै असुविधा नपु¥याउनु”१ भनिएको थियो । मेरो पक्षबाट वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ताहरू कमलराज पाठक, गोपिलाल देवकोटा, गंगाबहादुर कोइराला, राजकुमार श्रेष्ठ, लक्ष्मण अधिकारी, कपिलचन्द्र पोखरेल, रामचन्द्र देवकोटा, सन्तोष कोइराला र नारायण गिरी १० जनाले बहस गरेका थिए ।
बयानको क्रममा प्रहरीले सेना निर्माणको विषयमा सोधेको थियो । जवाफ नम्बर १३ मा, “क्रान्ति गर्नलाई सेना चाहिन्छ भन्ने सैद्धान्तिक विषय हो । वर्तमान राज्यव्यवस्था भनेको आपराधिक गिरोहले सञ्चालन गरेको छ । राज्य व्यवस्था परिवर्तनको लागि वैकल्पिक सेनाको आवश्यकता र औचित्य स्पष्ट छ” भनेको थिएँ । प्रहरीले संविधान र कानुनप्रतिकूल कार्य गरेको आरोपको जवाफ (जवाफ नम्बर २१)मा भनेको थिएँ, “म समाज र देश परिवर्तनको खातिर विगत लामो समयदेखि राजनैतिकरूपमा पार्टी र सङ्गठनको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको, देश परिवर्तनको लागि हिँडेको एकजना देशभक्त राजनीतिक कर्मी हुँ । विगत लामो समयदेखि राज्य परिवतर्नको लागि सङ्घर्ष गरेता पनि देशमा जनताले आशा र भरोसा गरेजस्तो शासन पद्धति आउन सकेन र हाम्रो पार्टीले दलाल पूँजीवादी प्रणालीबाट देशमा परिवर्तन हुँदैन भनी यकिन गरी एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत राज्यसत्तालाई परिवर्तन गर्ने अठोटका साथ काम कारवाही गर्दै आएको छ । विद्यमान कानुन र संविधान नै परिवतर्न को प्रमुख बाधक हो भन्ने ठम्याइका साथ पार्टीका विभिन्न मोर्चामार्फत वर्तमान शासनप्रणाली परिवर्तन गरी आफ्नो पार्टीको योजना र नीतिबमोजिमको संविधान जारी गर्नुपर्छ भन्ने हो । राज्यविरुद्धको कसुर गरेको छैन ।”२ बयान लिनको लागि सरकारी वकिलको कार्यालयको प्राङ्गणमा पुग्ना साथ मुद्दा फाँटका प्रहरी निरीक्षक सुभास भट्टले “छिटो भित्र लग्नुस् कुनै पत्रकार आइपगुेर फ्याट्ट फोटो खिच्ला” यताउती हेर्दै भनेका थिए । बयान लिन स्टे«चरमा प्रहरीले नै बोकेर लगेका थिए । मलाई लास जसरी ‘प्यासेज’मा सुताए । दुस्मनले गम्भीर बिरामी हुँदा पनि उदारता देखाएन । यातना र अपमान जारी राख्यो । तर मलाई अपमानबोध भइरहेको थिएन । किनकि दुस्मनबाट सदासयताको अपेक्षा नै थिएन । मेरो डायरीमा कमरेड विप्लवको पछिल्लो अन्तरवार्ताको दुईवटा प्रसंङ्गको टिपोट थियो । एउटा राप्ती–११, ओनेवाङमा नेकपाले निर्माण गरेको प्रतिक्षालयमा सशस्त्र प्रहरीले आगो लगाएको र कपिलवस्तुमा ६५ क्विन्टल धान सशस्त्र प्रहरीले नै लुटेको प्रसङ्ग थियो । प्रहरीले घुमाउरो शैलीमा मेरै मुखबाट विप्लवको दाबी खण्डन गर्न चाहन्थ्यो । त्यही विषयमा विवाद बढ्दै गएर भनाभन भयो । भट्टले ‘सर रिसाउनुभयो है ?’ भनेका थिए । मैले “जाबो पुलिससँग किन रिसाउनु ! तिम्रो सरकार र गृहमन्त्रीसँगको लडाईं हो” भनेपछि भट्ट आगो भए । “अनुसन्धान कसरी गर्नुपर्छ, मलाई थाहा छ” भट्टले धम्क्याउन खोज्दै थिए । सवोग्राहीहरू र कार्यालयका मान्छेहरू दंग परेर हेर्दै थिए । भट्टले मानहानी अनुभूति गरेहोलान् । केहीबेर सन्नाटा छायो । अतिरिक्त सहायक निरीक्षक विश्व सुवेदीले “प्रश्न र उत्तर दुवै हटाएर अगाडि बढौँ है सर !” भन्न आए । मैले सहमति जनाएँ । तर सोच्दै जाँदा त्यो सहमति नगरेर बरू बयान नै नदिएको भए राम्रो हुन्थ्यो भन्ने लाग्यो । अदालत जाँदा असई सुवेदीको हातमा रातो डायरी थियो जुन चीन भ्रमणको क्रममा मलाई चिनियाँ साथीहरूले उपहार दिएका थिए । त्यसमा कविता लेख्न चाहेको थिएँ । त्यो डायरी या मेरै झोलामा या त बरामदी सामानमा राखेर अदालतमा पेस गर्नुपथ्र्यो । मैले मेरो डायरी किन तपाईंसँग ? भन्नासाथ सुभास भट्टले असई विश्वराज सुवेदीलाई सोधे, “सरको डायरी हो ?” । असईले लाजै नमानी भने “सरको डायरीमा सरकै विषय टिपेको छु” । डायरी चोर प्रहरीले नगद, सुन पाएको भए के गथ्र्यो ? उसले अरू कति चोरी गर्दै आएको छ होला ? प्रश्न गम्भीर थियो ।
अदालतले रिहा गरेपनि प्रहरीले पुनः गिरफ्तार गर्ने निश्चित थियो । तर प्रहरीको अभियोग झुटो रहेको कुरा अदालतले प्रमाणित गर्नुमा सञ्चारमार्फत् सबै शुभेच्छुकको दबाब र भूमिकाले पनि काम गरेको थियो । त्यही विषयलाई जेठ १८ गते अदालतद्वारा रिहाइ गरेको र मैले त्यही भाव दर्शाउने वक्तव्य जारी गरें । सञ्चारले त्यही समाचार प्रवाह गरे । तर अदालत परिसरभित्रैबाट प्रहरीले दोस्रोपटक गिरफ्तार गरेर अस्पताल नै लग्यो । सञ्चार र मानव अधिकारकर्मीलाई भने गिरफ्तार नगरेको भन्दै गयो ।
चितवनमा दोस्रोपटक गिरफ्तार भएको केही दिनपछि नयाँ मेडिकल कलेजका विद्यार्थीहरू ममता थापा, रामकृष्ण यादव, होमनाथ पौडेल र राजनबहादुर सिंह भेट्न आए । स्वास्थ्य माफिया र माफियाको मतियार सरकारप्रति आक्रोसित थिए उनीहरू । त्यसैदिन काँग्रेस नेता मिनेन्द्र रिजालले ‘सडकमा बारुद छ, बारुदमा आगो सल्क्यो भने के हुन्छ ?’ भनेका थिए । त्यही दिन राती ‘आगो र बारुद’ कविता लेखेको थिएँ ।
एकदिन धादिङ घर भएका असईसँग बेपत्ता नागरिकको विषयमा भलाकुसारी भएको थियो । धादिङ, जुम्लेडाँडास्थित टोड्के जङ्गलमा हिँड्दै गर्दा दुर्गन्ध आएपछि के रहेछ भनी हेर्दा दुईवटा लास राम्ररी नपुरिकन गाडिएको, एउटा लास घोप्टो, अर्को उत्तानो परेको नचिनिने अवस्थामा आपूmले देखेको बताएका थिए । शाही नेपाली सेनाका यस्ता थुप्रै नरसंहारहरूको विषयमा छलफल हुन्थ्यो । गिरफ्तार भएको दोस्रो हप्ता चल्दै थियो । ओछ्यानमा पल्टिरहेको थिएँ । एकजना स्वास्थ्यकर्मीले ‘डाक्टरसाप्को फोन’ भन्दै दिए । कुनै चिकित्सक होलान् भन्ने सोच्दै थिएँ । तर नेता तथा पूवर्प्रधानमन्त्री डा. बाबुराम भट्टराई रहेछन् । कुरा सुरु गर्दा गर्दै हवल्दार फोन खोस्न आयो । राम्ररी बोल्न पनि दिइएन । पूर्व प्रधानमन्त्रीलाई समेत मसँग बोल्न दिइएन । सत्ताले पद र पैसाबाहेक अरू चिन्दैनथ्यो । प्रहरीको भूमिका र प्रवृत्तिको विषयमा चर्चा हुँदा त्यही दिन एक जना जवानले “जुलुसमाथि लाठी हान्ने, पजेरोमा अपराधी आएपनि सलाम ठोक्ने, धुलोमैलो लगाएको मोटरसाइकलवालाको चाबी खोस्ने पनि हामी नै त हो” भन्थे । उनी मधेसी मूलका थिए । विप्लव नेतृत्वको ने.क.पा.माथि दमन नगरेको आरोपमा केही समयअगाडि उनको नेतृत्वसहितको टोलीलाई भण्डाराबाट जिप्रका तानिएको रहेछ । उनले जागिर खाएको १४ वर्ष भइसकेको रहेछ । अझसम्म हवल्दार पनि किन नभएको त ? भन्दा, “मधेसी, त्यसमा पनि माथि आफ्नो मान्छे छैन” उनले निराशा प्रकट गर्थे ।
जेठ १३ गतेको दिन थियो । महेन्द्र पुलिस क्लव नामको कसाइखानामा कवि तथा पत्रकार कृष्ण सेन इच्छुकको बर्बरतापर्वूक हत्या गरेको दिन । जनआस्था साप्ताहिकले पहिलोपटक ‘सेन खरानी, खड्का बिरामी’ शीर्षकमा समाचार प्रकाशित गरेपछि सेन मारिएको दुःखद् समाचार पैmलिएको थियो । कुनैबेला राजनीतिमा लागेका गृहमन्त्रीका सल्लाहकारले पनि श्रद्धाञ्जली दिएछन् । कुमार पौडेलका हत्याराहरूले सेनालाई श्रद्धाञ्जली दिनु कति नैतिक होला ! यिनीहरूले इच्छुकको व्यापार गर्न खोजिरहेका थिए । उनीहरूको अनुहारमा मैले त कुमार पौडेलको रगतको छिटो देखिरहेको थिएँ ।
प्रहरीहरू जनयुद्धकालको चर्चा गरिरहन्थे । “जनयुद्धको बेला भिडन्त भयो भने हाकिमतिरै ‘क्रसफायर’को खतरा हुन्थ्यो । जवानले बेला–बेला जानी–जानी त्यसो गर्थे । हाकिमहरू जवानलाई धाप मार्थे, केही खान मन छ ? भन्थे । समस्या सोध्थे । अहिले फेरि हेप्न–चेप्न थालेका छन्” प्रहरी जवान र कनिष्ठ हाकिमहरूले सुनाउँथे । “विप्लवले जनयद्धु सुरु गर्ने भन्ने हल्ला भएको बेला नरम व्यवहार गर्न थालेका थिए । अहिले फेरि दमन उस्तै भएको छ” असई मिश्र भन्थे । बोतलको पानी देखाउँदै उनले अगाडि भने, “जिप्रकामा यो पानीलाई ‘अफिसर पानी’ भन्छन् । अहिले बजारमा बिक्री घटेर होला, अनुदान धेरै आएकोले हामीलाई पनि दिएका छन् । अरू बेला कहाँ पाइन्छ र !” प्रहरी भन्थे । एकजना ब्राह्मण समुदायका धादिङ्गे असई थिए । ‘प्रहरी मेरो साथी’ नारा लगाउने मान्छेलाई अप्ठ्यारोमा पारेर, तर्साएर धुत्ने फटाहाहरू ! भन्थे । हाकिमका अनेक भ्रष्टाचारको पर्दाफास गरिरहन्थे । प्रहरीमा निरीक्षकदेखि माथिकाले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने, तलब सेवाको वास्तै नहुने, तल्लो तहकाले घर चलाउन नसकेर तड्पिनुपर्ने अवस्था देखिन्छ । उनीहरू निराश, चिडचिडाहट र आक्रोशित हुन्छन् । “हामी त बोल्न पनि पाउँदैनौँ । ठाडो कारवाही हुन्छ । पुनरावेदन लाग्दैन” एकजनाले भन्थे । १५ वर्षे सेवा अवधिमा दुई पटक जुत्ता र तीन पटकमात्र लुगा पाउने अभागी जवान पनि थिए । जवानको जुत्ता, लुगा, बिदासमेत कटौती गरेको कमिसन नक्साल पुग्छ कि पुग्दैन ? अख्तियारका आँखा के भए ? साना माछालाई तर्साउने, ठूला माछाको भोजन गर्ने त्यत्तिको लागि हो त अख्तियार ! सबैतिरका बडाहरू मिलेर निम्छरालाई निचोरेका छन् भन्थे उनीहरू ।