आगोका अजम्बरी झिल्का

अनिल शर्मा
तानाशाहको कैदखानामा छ टर्की । युरोपिय मनोविज्ञान, संस्कृति र मुस्लिम धर्मावलम्बी भएको पश्चिम एसियाली देश हो टर्की । टर्कीलाई युरोपको ढोका भनिन्छ । भदौ १३ गते विश्वभरिका सञ्चार माध्यम र सामाजिक सञ्जालमा टर्कीको दुःखद समाचार आयो– सत्ताको अत्याचार विरुद्ध २ सय ३८ दिनदेखि आमरण अनसनमा बसेकी टर्कीकी वकिलको मृत्यु । सत्ताको कापे भाजनमा परेका नागरिकको वकालत गर्दै आएकी ४२ वर्षीया इब्रु टिमटिकको राजधानी इस्तानबुलको एक अस्पतालमा भदौ १२ गते दुःखद निधन भएको थियो । टर्किससहित संसारभरिका कानुनवत्ते ा र मानव अधिकारवादीहरूले ‘सरकार र अदालत मिलेर इब्रुको हत्या गरेको’ गम्भीर आरोप लगाएका छन्् । इब्रुले सरकारको अलोचना गर्ने ग्राहकको मुद्दामा पैरवी गरेकै कारण प्रतिवन्धित ‘रिभुल्युसनरी पिपुल्स लिबरेसन पार्टी–फ्रण्ट’को सदस्य भएको आरोप उनलाई लगाएको थियो । तर अदालतले अभियोग प्रमाणित नभएको भन्दै रिहा ग¥यो । तर रिहा भएको २४ घण्टाभित्रै पुनः गिरफ्तार गरियो । अदालतलाई धम्काइयो र १७ वर्ष ६ महिना काराबास सुनाइयो । त्यसप्रकारको जङ्गली शासनको विरुद्ध इब्रुले आफ्ना १७ जना साथीहरू समते को रिहाइको माग गर्दै आमरण अनसन बसेकी थिइन् । आमरण अनसनको क्रममा इब्रुको मुत्यु भएको अर्काे दिन कोभिड–१९ महामारीको बेवास्ता गर्दै बार एसोसियसनको कार्यालय अगाडि मानव अधिकारकर्मी र वकिलहरूले विरोध जुलसु निकाले । फासिस्ट सरकारले श्रद्धाञ्जली जुलसु र सभामा पनि लाठिचार्ज, पानीको फोहोरा, अश्रुग्याँसले नपुगेर गोली नै चलायो । रेसेप तैयपएर्दोगान सरकार र अदालतको निरङ्कुशताको विरुद्ध नारा गुञ्जियो– “इबु्रको हत्या बिर्सने छैनौँ !” २ जनवरी २०२० मा अमरण अनसन सुरु गरेकी इब्रुसहित अन्य १६ जनाको जीवन पनि असुरक्षित छ । इब्रु भौतिक रूपमा रहिनन् । तर उनले छरेको आगोका अजम्बरी झिल्काहरू निभेका छैनन् । आज पनि संसारभरि भदौ १३ गते स्तानबुलमा गुञ्जेको आवाज प्रतिध्वनित भइरहेको छ– “इब्रुको हत्या बिर्सने छैनौँ !” जुन गोलीले तिम्रो निधारमा घाउ लगायो त्यो हो हाम्रा लागि कहिल्यै ननिभ्ने आगो बढ्दैछ ! बढ्दैछ !! बढ्दैछ हाम्रो कठिन सङ्घर्ष ! फैलिँदै, फैलिँदै, फैलिँदै जनताका मनहरूमा !
टर्कीको साङ्गीतिक समूह ‘योरुम’को गीत हो यो । योरुमकी सदस्य तथा बहुचर्चित गायिका हुन् हेलेन बोलेक । हेलेनको भोक हड्तालकै क्रममा मृत्यु भयो । संसारभरिका प्रगतिशील मनहरू तरङ्गित भए । अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू आक्रोशित भए । टर्कीमा बढ्दो फाँसीवादी लहरबाट चिन्तित भए ।
गायिका बोलेक २ सय ८८ दिनदेखि आमरण अनसनमा थिइन् । आफ्नो समूहको साङ्गीतिक कार्यक्रममाथि लगाइएको प्रतिबन्ध फुकाउनुपर्ने, साथीहरूको रिहाइ, धरपकड रोक्नुपर्ने र योरुम समूहको कार्यालयमा लगातार भइरहेको छापामारी तथा लुटपाट रोक्नुपर्ने मागहरू राखेर उनी आमरण अनसनमा बसेकी थिइन् । सन् २०१९ को सुरुमै गिरफ्तार भएकी बोलेकको साङ्गीतिक समूह योरुमको कार्यालयमा सरकारले एक वर्षभित्रै १० पटक भन्दा बढी छापा मा¥यो । वाद्यवादन, पुस्तकहरू लुट्यो, नष्ट ग¥यो । तोडफोड ग¥यो र कैयौँलाई गिरफ्तार ग¥यो । त्यसको विरुद्ध बोलेक आमरण अनसनमा बसेकी थिइन् । सरकारले उनको मागमा छलफलसम्म गरेन । बरू भोक हड्ताल तोड्न दबाब दिइरह्यो । स्वास्थ्य नाजुक हुँदै गएपछि बोलेकलाई जबरजस्ती अस्पताल लगियो । बोलेकले औषधि सेवन गर्नुपूर्व आफ्ना मागहरू पुरा गर्नुपर्ने अडान लिइन् । अन्ततः उनको दुःखद निधन भयो । योरुम समूहका अरू आधा दर्जन आस्थाका बन्दीहरू पनि अझै अनसनमा छन्् र उनीहरूको जीवन पनि धरापमा छ । फासिस्ट शासक एर्दोगानले ‘बन्दुकको ट्रिगर तान्नेहरू मात्रै होइनन्, जसले त्यस्ता सम्भावना निर्माण गर्छन्, उनीहरूलाई पनि आतङ्ककारीकै रूपमा परिभाषित गर्नुपर्छ, चाहे तिनीहरू जेसुकै उपाधिका होऊन्’ भनेका थिए । एर्दोगानको त्यसप्रकारको धम्कीको विरुद्ध योरुम समूहले ‘हामी रगतले इतिहास लेख्छौँ’ भनेको थियो । आगोका झिल्काहरूले आत्मसमर्पण गरेनन् ।
योरुम साङ्गीतिक समूहले दर्जनाँै साङ्गीतिक सामग्री र चलचित्र निर्माण गरेको छ । जसमा आस्थाका बन्दी र टर्कीका जेलको चरित्र चित्रण गरिएको छ । जुन अत्यन्त लोकप्रिय भएका छन्् । यो समूह टर्कीबाहिर पनि लोकप्रिय छ । एर्दोगान सत्तारुढ भएपछि आलोचनाको स्वर र अभिव्यक्ति स्वतन्त्रतामाथि कडा प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै सञ्चारकर्मीहरूका अन्तर्राष्ट्रिय संस्थाहरूले सञ्चारका लागि टर्की ‘संसारकै ठुलो कारागार’ भनेका छन्् । टर्की यस्तो असभ्य शासक भएको देश हो जहाँका राष्ट्रपति नै ‘टर्कीमा लोकतन्त्र र स्वतन्त्रताको अर्थ नभएको’ घोषणा गर्छन् । पत्रकार, मानव अधिकारकर्मी, बौद्धिक जगत् र सांँस्कृतिककर्मी सबैलाई आतङ्ककारीकै डालोमा हाल्नुपर्ने घोषणा गर्छन् फासिस्ट एर्दोगान । यसबेला विश्वभरि एर्दोगान सरकारको भत्र्सना भइरहेको छ । टर्कीको टर्की बार एसोसियसन, मेडिकल च्याम्बर, आर्टिस्ट इनिसियटिभ्स, आर्ट एसेम्बली, ग्रिसका पूर्व अर्थमन्त्री यानिस भारुफाविस, प्रसिद्ध लेखक तथा चलचित्र निर्माता जुल्पूm लिवानेली, पेन अमेरिका र नेपालसहित विश्वभरिका बौद्धिक समुदायले टर्कि सरकारको कडा निन्दा गरेका छन्् । “म फेरि आउनेछु तर एक्लै होइन लाखौँको बीचमा” हेलेन बोलेकले अन्तिम क्षणमा भनेकी थिइन् । बोलेकको भौतिक शरीर रहेन । तर उनको सपना र आदर्श टर्कीभन्दा बाहिर विश्वभरिबाट झन् ठूलो स्वरमा घन्किरहेको छ । लाखाँैको समवेत स्वर भएर आएकी छन्् बोलेक । कस्तै तानाशाहले पनि निभाउन नसक्दो रहेछ, आगोका अजम्बरी झिल्काहरू ।

टर्कीजस्तै नेपाल अर्को ठूलो कारागार भएको छ । आफ्नै कानुन लत्याउँदै अध्यादेशमार्फत जनअधिकार खोस्दै लगिएको शक्ति पृथकीकरणको धज्जी उडाइएको छ । राज्यका सबै शक्ति केन्द्रहरूमा भाटहरू, लठैतहरु उभ्याइएका छन्् । सांसद र पूर्वप्रहरी प्रमुखहरू नै अपहरणमा संलग्न छन््, त्यो पनि राज्यको संरक्षण र निर्देशनमा । सर्लाही र भोजपुरमा गृहमन्त्रीको निर्देशनमा निशस्त्र राजनीतिककर्मीको हत्या गरेको छ । सञ्चार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई तर्साएर नागरिकको मुखमा ताल्चा लगाउन खोजिएको छ । सरकारको भ्रष्टाचार, निरङ्कुशता र राष्ट्रघातको विरुद्ध अग्रपङ्तिमा रहेर लडिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथि केपी ओली नेतृत्वको फासिस्ट सरकारले प्रतिबन्ध लगाएको छ । तर पार्टीमाथि प्रतिबन्ध लगाएको भन्न पनि सकेको छैन र केवल गतिविधिमा मात्र प्रतिबन्ध लगाइएको भूmटो दाबी गरिरहेको छ । तर व्यवहारमा निरङ्कुशताको विरुद्ध उभिने सबैलाई सरकारले धम्क्याइरहेको छ । अपमानित गरिरहेको छ । सरकारको विरुद्ध सङ्घर्षरत नेताहरू सुदर्शन, माइला लामा, आदर्श, सङ्गीत, सुमनसिंह, त्रिलोचन, शशी राई, आदम कवारी, वीरजङ्ग, बाबुराम, रोहित ढकाल, भरत बमसहित एक हजारभन्दा धेरै नेता कार्यकर्ताहरू बन्दी बनाइएका छन्् । अदालतले निर्दोष सावित गर्दा पनि भूmटा मुद्दा लगाएर पक्राउ गरिएको छ । “मसँग बन्दुक छ । त्यसैले म जे पनि गर्न सक्छु । मलाई लगाम लगाउन सक्ने कोही छैन” सरकार भनिरहेको छ । जनयुद्धकी एकजना योद्दा, चर्चित गोरखा जेलब्रेककी नेतृत्व कर्ता उमा भुजेललाई गएको पुस १२ गते सुनसरी, चक्रघट्टीबाट पक्राउ ग¥यो । पक्राउ पूर्जी नदिई, अभियोग नलगाई गिरफ्तार ग¥यो । मुचुल्कामा खाली ठाउँ छोडेर हस्ताक्षर गर्न लगाइयो । अदालत पेस गर्दा निर्लज्जतापूर्वक ‘एकथान पेस्तोल बरामद’ लेखेर पेस गरियो । उनको गिरफ्तारी विरुद्ध पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘उमा भुजेलको गिरफ्तारी गणतन्त्रको बिडम्बना’ सामाजिक सञ्जालमा भनेका थिए । भुजेलको गिरफ्तारीको चौतर्फी निन्दा भएको छ । अनौठो त के भने गिरफ्तार भएको एक हप्ता अघिसम्म उहाँले सत्तारुढ र सत्ताइतर पार्टीका नेताहरू, प्रमुख जिल्ला अधिकारी, व्यापारी, बुद्धिजीवी र प्रहरी प्रमुखसँग राजनीतिक बहस गरिरहेकी थिईन् । पक्राउ गरेपछि सरकारले उमा भुजेललाई एउटा जिल्लामा पनि दोषी प्रमाणित गर्न सक्ने । संविधानसभाकी पूर्व सदस्यसमेत रहेकी उमा भुजेल ‘शिलु’ समेतले ल्याएको गणतन्त्रतात्मक व्यवस्था जङ्गबहादुरले झैँ विदेशीको चाकरी गरेर अनैतिक ढङ्गले कुर्सीमा विराजमान केपी ओली नेतृत्वको दलाल पूँजीवादले आफ्नो वर्ग चरित्र चरितार्थ ग¥यो । गणतन्त्रको लागि उमा भुजेल जनयुद्ध लडिरहँदा केपी ओलीहरू गणतन्त्रको लडाईँलाई ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्दैथिए । अदालतले तेह्रौँपटक निर्दोष सावित गरी रिहा गर्दा पनि प्रहरीले पटक–पटक गिरफ्तार ग¥यो । भदौ २ गते त सुनसरी जिल्ला अदालत नै कब्जा गरेर गिरफ्तार ग¥यो र बेपत्ता पा¥यो । त्यसको विरुद्ध सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि सप्तरी प्रहरीले ‘सरमछाडा समाचार’ प्रायोजन ग¥यो । ‘भारदहमा मास्क नलगाइ हिँडेको अवस्थामा भेटेपछि प्रहरीले मास्क लगाउन अनुरोध गर्दा प्रहरीलाई गालीगलौज गरी कर्तव्यपालन गर्ने–गराउने कार्यमा अवरोध गरेको’ गृहमन्त्रीको कुबुद्धी सप्तरी प्रहरीमार्फत सार्वजनिक खपतका लागि वितरण गरियो । त्यस्तो हाँस्यास्पद अभियोग लगाएर ‘अभद्र व्यवहार’ मुद्दामा थुनिएको छ । आज विश्व पूँजीवाद नै सङ्कटमा छ । हिजो अल्पमतको तानाशाही हुन्थ्यो । लोकतन्त्रका आधारभतू संरचना खारेज गरेर वंशगत शासन गरिन्थ्यो । आज चुनावमा बहुमत ल्याएर वा चुनाव नै नियन्त्रण गरेर कथित बहुमतको तानाशाही विश्व पूँजीवादको चरित्र बनेको छ । हिटलर निर्वाचनमा बहुमत प्राप्त गरेर आएको थियो । जब सत्तारुढ भयो, सारा लोकतान्त्रिक मूल्य र संरचनामाथि हमला ग¥यो । डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीको उदय र कर्म पनि त्यही छ । केपी ओली सरकार पनि निर्वाचन प्रक्रियाबाटै आएको हो । तर उसले चोटामा पुगेपछि आपूm चढेको भ¥याङ काट्न थालेको छ । दलाल पूँजीवाद एकाधिकार पूँजीवादको स्थानीय एकाई वा प्रतिनिधि मानिन्छ । निर्वाचन जनता झुक्याउने मुकुण्डो हो भने साम्राज्यवादको निर्देशन राज्यशक्तिको ‘रिमोट कन्ट्राले’ हो । केपी ओली नेतृत्वको सरकारले विश्वका शक्ति केन्द्रको इसारामा लोकतन्त्र, जनअधिकार र राष्ट्रिय स्वार्थमाथि प्रहार गरिरहेको छ । उमा भुजेलमाथिको ज्यादती त्यसैको पछिल्लो कडी हो ।
हामी भनिरहेका छौँ– सरकार एर्दोगान पथमा हिँड्दैछ । हामीले भन्दै आएका छौँ– नेपालमा लोकतन्त्रको नाममा सामन्तवाद र पुँजीवादको समागमबाट जन्मेको खच्चरतन्त्र आएको छ । यो दलालतन्त्रको गन्तव्य निरङ्कुशता हो । निरङ्कुशतन्त्रका सारथीहरूको पनि देशले पहिचान गरिरहेको छ ।
स्वास्थ्य माफियाको विरुद्ध लड्दै आएका चिकित्सक गोविन्द केसीलाई अनसन बस्नसमेत प्रतिबन्ध लगाइएको छ । उनलाई होटलमा नै नजरबन्द गरिएको छ । सरकारले भाडाका अपराधी लगाएर केसीको ज्यान नलेला भन्न सकिन्न । कुमार पौडेलको हत्या गर्ने गृहमन्त्रीले गोविन्द केसीको सुरक्षा गर्ला भनेर कसरी विश्वास गर्ने !
इब्रु र बोलेकलाई टर्किस सरकारले आमरण अनसन तोड्न दबाब दिएको थियो । आतङ्ककारी आरोप लगाइएको थियो । चिकित्सक गोविन्द केसीलाई लोकतन्त्रविरोधी, माफिया, राजावादी आरोपित गरिएको छ । यता उमा भुजेलहरू आजसम्म मारिएका छैनन् । देश अँध्यारो सुरुङतिर धकेलिएको छ । भुजेलहरूको जीवन जोखिममा छ । तर उमा भुजेलहरू आगोका अजम्बरी झिल्काहरू हुन् । निभ्दैनन्, कहिल्यै निभ्दैनन् आगोका अजम्बरी झिल्काहरू !