म गाउन खोज्छु

रचना / सङ्गीत : चिरन सी
म गाउन खोज्छु श्रमिकको गीत
म गाउन सक्दिन
म नाच्न खोज्छु मजदुरको नाच
म नाच्न सक्दिन
भाषण धेरै भो,
नारा धेरै भो,
श्रमिक मारा,
शासन धेरै भो,
म गाउन खोज्छु श्रमिकको गीत
म गाउन सक्दिन
म नाच्न खोज्छु मजदुरको नाच
म नाच्न सक्दिन
A I बनाउछ्न श्रमिकहरुले
स्वामित्व अर्कैले लिन्छ,
सन्सार सिगार्छ्न मजदुरले
शासन अर्कैले गर्छ,
म गाउन खोज्छु श्रमिकको गीत
म गाउन सक्दिन
म नाच्न खोज्छु मजदुरको नाच
म नाच्न सक्दिन,
बिज्ञान, प्रविधी श्रमिकहरुको
पसिना माथी चल्छ,
खुनको आँसु मजदुरको बग्छ,
ढुकुटी अर्कैले भर्छ
म गाउन खोज्छु श्रमिकको गीत
म गाउन सक्दिन
म नाच्न खोज्छु मजदुरको नाच
म नाच्न सक्दिन ।