ललितपुर महानगरपालिका प्राङ्गणमा सत्यमोहन जोशीको अर्धकदको शालिक

२०८२ बैशाख ३० गते, मंगलवार


काठमाडौँ । ललितपुर महानगरपालिका प्राङ्गणमा स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गर्नुभयो । ०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो । ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताए । झनाख्य पार्कमा अब कुनैपनि शालिक नबनाउने बताए । झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँच वटा नबनाउने भन्दै जोशी मुलुककै गहना भएको बताए ।
प्रमुख महर्जनले स्व. महर्जनले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार