गीत : सङ्गसङ्गै जाउला

२०८२ जेष्ठ ५ गते, आईतवार


रचना / सङ्गीत : चिरन सी

सङ्गसङ्गै जाउला
बाटो एउटै हो भने,
किनतिमी तर्किएर हिड्छौ परपर !
एकैसाथ जिउँला
लक्ष्य एउटै छ भने,
रिसराग हटाएर आउन वरवर !!

एउटै घरमा जन्मिएर आएका हौं हामी
जे जे पर्छ बराबर सङ्गै भोगौलानी,
पुर्ब, पश्चिम्, उत्तर, दक्षिण बरालिन छोड्नुपर्छ
सानातिना चुलो चौको बालिरहन छोड्नुपर्छ,
तितोमिठो खाउला
बिचार सुन्दर छ भने,
किनतिमी फर्किएर जान्छौ परपर !
सङ्गसङ्गै रमाउला
शिखर पुग्ने हो भने,
तेरोमेरो हटाएर आउन वरवर !!

रङ्ग एउटै, झण्डा एउटै नेपाली यो माटो
मिलि जुली तय गरौ उन्मुक्तिको बाटो,
टुक्राटुक्रा छरिएर बस्नु हुन्न हामी अब
समयले पर्खिदैन जुट्नु पर्छ हामी सब,
सङ्गसङ्गै जाउला
बाटो एउटै हो भने,
किनतिमी तर्किएर हिड्छौ परपर !
एकैसाथ जिउँला
लक्ष्य एउटै छ भने,
रिसराग हटाएर आउन वरवर ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत – झर्नु तलै छ

२०८२ जेष्ठ ३ गते, शुक्रबार

म गाउन खोज्छु

२०८२ बैशाख १८ गते, बिहीबार

ओ मास्टर साव !

२०८२ बैशाख १७ गते, बुधबार