लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन फागुनमा

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औं महाधिवेशन फागुन १, २ र ३ गते आयोजना हुने भएको छ । केन्द्रीय समितिको बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते गर्ने र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश र महाधिवेशनका प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुंगो लगाउने निर्णय समेत गरेको बताइएको छ । त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल्ली वितरण र व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ । महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान भने तोक्न बाँकी छ ।
प्रतिष्ठानमा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन् । जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति गरेर प्रतिष्ठानको १ सय भन्दा बढी शाखा समिति छन् ।