संस्मरण: जनवादी गणतन्त्र चीनको भ्रमण

२०८२ जेष्ठ २६ गते, आईतवार


२०८२ बैशाख २४ गते देखि जेठ ३ गते सम्म जनवादी गणराज्य चीनको भ्रमण गर्ने अवसर मिल्यो । भ्रमणमा साथ र सहयोग तथा सुझाव र सद्भाव राख्ने नेकपाका श्रद्धय महासचिव क.विप्लव, पार्टी प्रवक्ता तथा प्रदेश ईन्चार्ज प्रकाण्ड र सहकर्मी केन्द्रिय सदस्य कमरेडहरु, विदाईमा सकृय सहभागिता जनाउने जिल्ला सेक्रेटरी लगाएत सिआरसीका कमरेडहरु एवं जिल्ला सदस्य मित्रहरुमा हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।
देशमा राजनीतिक अस्थिरता, वित्तिय शिथिलता र युवाहरु गुम्दो आत्माविश्वास वा विदेश पलायनको मोह भंग गर्न भाईचरा सम्बन्धको विकास र व्यापार व्यवसाय प्रवद्धनका केहि उपाय पाउने आशामा मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको यात्रामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, पेशा र व्यवसायीहरु सहित १८ जनाको समूह चीनमा गएका थियौं । समूहको नेतृत्व व्यापार प्रर्वद्धन केन्द्र नेपालका सचिव सुरेन्द्र श्रेष्ठले गर्नु भएको थियो । चीनमा प्रदर्शनी, मेला, गोष्ठी तथा व्यवसायिक अध्ययन अवलोकन भ्रमण लागि २०८२ बैशाख २४ देखि जेष्ठ ३ गते तदनुसार 2025/May 7 to 17­ सम्म व्यापार प्रर्वध्दन केन्द्र नेपाल (TPCN) लाई ११ दिने China Council for the Promotion of International Trade (CCPIT)   र Amy Fair बाट निमन्त्रणा अनुसार अध्ययन अवलोकन भ्रमण कार्यक्रम तय गरिएको थियो । जुन भ्रमणमा नेकपाबाट म सहभागी हुने अवसर पाएको थिए ।
बैशाख २३ गते नेकपा (माओवादी केन्द्र) देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता र निर्वमान चीनका राजदुत डा.महेश कुमार मास्के लगायत महानुभावहरुले यात्राको विवरण र विदाई कार्यक्रम गरेको थियो । भ्रमणमा विषयमा डा.मास्केले हामीले आयात गर्ने सोच्ने भन्दा पनि निर्यात योजना बनाउन आग्रह गर्नु थियो भने त्याहा पानी र कृषि उत्पादन निर्यातको सम्भावना रहेको अवगत गराएका थिए । साथै चीनबाट हामीले आर्थिक कुटनीति सिक्नु पर्ने कुरामा विशेष जोड दिनु भएको थियो । सोही मार्ग निर्देशन अनुसार हामी २४ गते करिव ५ बजे त्रिभुवन विमान स्थलबाट China Eastern जहाजबाट Kunming तिर लाग्यो । यात्राको विवरण यस प्रकार प्रस्तुत गर्न चाहान्छु ।
यात्राको पहिलो दिन
बैशाख २४ गते, पहिलो दिन करिव ५ बजे हामी १८ जनाको टोली त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट युनान प्रदेशको प्रमुख शहर कुम्मिङ्ग अन्तराष्ट्रिय विमान ट्रान्जिट लागि पुगियो । ३ः३० मिनेटको अनुमानित समय भन्दा करिव १ घण्टा अगाडी कुम्मिङ्ग अन्तराष्ट्रिय विमान स्थलमा पुगेका थियौं । त्यहाबाट हामी सिधै होटेल लाग्यौ । होटेल निकै सुविधा सम्पन्न थियो । दाँत माझ्न मज्जन र ब्रुस, कपाल कोर्न काईयो, सावर लिदा कपाल नभिजियोस भनेर प्रयोग गर्ने हेयर कभर, मुख पुच्छे, हात पुच्छे, नुहाउदा प्रयोग गर्ने र ट्वाईट उपयोग गर्ने सबैका छुटाछुटै टावेलको व्यवस्था थियो । ट्वाईट त अझ अत्याधुनिक थियो । सबै रिर्मोटले अपरेटिङ गर्नु पर्ने थियो । हातले केही गर्ने नपर्ने । सबै रिर्मोट चलाएर सफा गर्न सकिने थियो । हाम्रो लागि यो नौलो अनुभुति थियो भने चाईनिचहरुले ट्वाईटमा पानी भन्दा पेपरको बढी प्रयोग गर्दो रहेछ भन्ने कुरा थाहा भयो ।
पहिलो दिनमा हामी एक आपसका राम्रोसंग परिचय खुलिसकेको थिएन । आत्मियता बढी सकेको थिएन । हामीहरु काठमाडौबाट Kunming, Ningbo, Shanghai, Beijing, Shandong, Guangrao, Jinan, Kunming हँुदै Kathmandu आउने योजना थियो । त्यसैले यात्रामा आत्मियता कायम गर्न, अनुशासित र भ्रमणलाई फलदायी बनाउन टोली नेता सुरेन्द्र श्रेष्ठले २३ गते नै सम्झिनु पर्ने केही कुराहरु वा आचार संहिताका रुपमा केही बुदाहरु  Whatsapp मा राख्नु भएको थियो जुन यस प्रकार छ ।
१. सबैले WeChat Accoutnखोल्ने र समुहमा संलग्न हुने । परिवार र साथीभाईसंग नियमित
सम्पर्क गर्न ख्एल् बाट सामाजिक संजाल चल्ने सम्भावना भएकोले डाउनलोड गरि राख्ने ।
२. पूरुषको लागि एक जोर सुट पाईट वा दौरा सुरुवा र महिलाको लागि सारी राख्ने ।
३. Geatwall चढ्नको लागि हलुका पहिरनको व्यवस्था गरी Sport Shose जुत्ता राख्ने ।
४. माथीका ७ वटा शहरको बारेमा मौसमको प्रयाप्त जानकारी राखी सोही अनुसारको
कपडाको व्यवस्था गर्ने ।
५. आफुलाई चाहिने औषाधी लगाएत सामान्य प्राथमिक उपचारको औषाधीको व्यवस्था गर्ने
६. विदेशीले आफुलाई सम्पर्क गर्न सकिने गरी Visiting Card को व्यवस्था गर्ने ।
७. किनमेल, खानपनि र घुमघामामा समूहमा हिड्ने र कहि कतै जानु परे नजिकको साथीलाई
जानकारी दिएर मात्र जाने ।
८. टोली नेताको निर्देशन र आग्रहलाई अनुशासनको रुपमा पालना गर्ने । कुनै कारण वस
छुटिएमा जहाँ गएको गएको हो सोही स्थानमा बसिरहने ।
९. किनमेल गर्दा पैसा यकिन गरेर मात्र कारोवार गर्ने ।
१०. आफ्नो सामान, पासपोर्ट र पैसा सुरक्षाको विषेश ध्यान दिने ।
११. भाषाको समस्या हुने भएकोले टोली नेताको नम्बर र आफु बसेको होटेलको Visiting Card साथमा राख्ने ।
१२. शिष्ट, अनुशासित र सहयोगी भावनाका साथ भ्रमणलाई स्मरणिय बनाउन सबैले
हातेमालो गर्ने ।

यात्राको दोश्रो र तेश्रो दिन
बैशाख २५ गते, दोश्रो दिन हामी Kunming बाट बिहानको करिव ८ बजे ल्ष्लनदय तिर लागियो । त्याहाको ८ बजे भनेको हाम्रो ५ः४५ को समय हुने रहेछ । चीन र नेपालको समय २ः१५ जतिको फरक हुँदो रहेछ । हामीहरु स्थानिय समय अनुसार करिव ५ बजे बस होटलबाट निस्केका थियौं । हामी होटेलबाट Kunming अन्तराष्ट्रिय विमान स्थलमा पुगियो । विमान स्थलको आन्तरिक प्रकृया पुरा गरी Kunming बाट बिहानको करिव ८ बजे हवाइ जहाजबाट Ningbo मा करिव ११ बजे पुगियो । Ningbo मा China Council for the Promotion of International Trade (CCPIT) र Amy Fair बाट व्यानर सहित भव्य स्वागत, न्यानो अतिथि सस्कार र आफ्नोपनले हामी निकै उत्साहित भएका थियौं ।
बैशाख २५ र २६ गते अर्थात दोश्रो र तेश्रो दिन हामीले Ningbo मा Light Exhibition मा समय बिताए । Ningbo, Zhejiang प्रदेशको व्यवस्थित र ठुलो सहर थियो । जुन चीनको पुर्वी समुद्रसंग जोडिएको थियो । प्रर्दशनी, मेला, गोष्ठी तथा व्यवसायिक अध्ययन अवलोकन भ्रमणमा खाने, बस्ने देखि लिएर सबै व्यवस्था आयोजनले नै गरेको थियो । प्रर्दशनी तथा मेलामा अधिकांश युवाहरु परिचालित गरिएको थियो । करिव २० देखि ३० बर्षका युवाहरुले सामानको परिचय, महत्व र उपयोगिताका विषयमा अभिमुकरण र अनुशिक्षण संचालन गरेका थिए । विदेशी पाहुनाहरुसंग परिचय, सम्पर्कका माध्यमहरु साटासाट र आत्मियता गाँसिरहेका थिए । राज्यको योजनामा युवापिडीलाई व्यापार व्यवसायमा अग्रसर गरेको प्रष्ट देखिन्छ । चीनले त्यतिकै व्यापारको माध्यमबाट संसार कब्जा गरेको रहेनछ भन्ने सन्देश चीनियाँ युवाहरुको सकृताले प्रष्ट देखाइरहेको थियो । Light Exhibition बाट फर्किदा हामीहरुसंग करिव १० केजी वा १-१ झोला ब्रसर, क्याटलक र भिजिटिङ कार्ड जम्मा भएको थियो । व्यापार विस्तार, विकास र प्रवद्र्धनलागी उनिहरु यसरी ज्यान फालेर लागेको प्रष्ट देखिन्थ्यो ।
यात्राको चौथो
दुई दिन दुई रात Ningbo मा बसेर हामी चौथो दिन (२७ गते) संसारको सबभन्दा लामो (३६ कि.मी) समुद्री माथिको पुल Hangzhou Bay Bridge तरेर Shanghaiमा पुग्यौं । यति लामो पुल जुन ८, २००३ मा शुरु गरेर जुन १४, २००७ अर्थात ४ बर्षमा निर्माण सम्पन्न गरेको रहेछ । यो पुल Shanghai, Ningbo र Hangzhou को बीचमा पर्छ भने यो पुलले गर्दा Shanghai बाट Ningbo को समय २ घण्टाबाट १ घन्टा छोट्याउँदो रहेछ । भौतिक पुर्वाधार विकासको यो एउटा नमुना मात्र थियो ।
Shanghai मा हामीले Nanjing Steet र Huangpu River cruise मा निकै रमाईलो र अभिस्मणिय पल बितायौ । चीनको Jiangsu प्रान्तको राजधानी पूर्वी याङत्से नदीको किनारमा रहेको Nanjing Street चीनको ऐतिहासिक र साँस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण सहर हो । नेपालको ईन्द्रचोक जस्तै । मिङ वंशको सुरवातमा (१३६८) र चीन गणराज्य स्थापना (१९१२) मा यो शहर चीनको राजधानीको रुपमा परिचित थियो । यहाँ पुरातात्विक स्थल, संग्रहालय र स्मारकहरु, कलाकृती र आधुनिक कियाकलापको संगम थलो रैछ । जुन ५.५ कि.मी लामो थियो । चीनको सबैभन्दा पुरानो र प्रसिद्ध खरिदारी सडकहरु मध्य एक हो । यहाँ विश्वविख्यात ब्रान्ड स्टोर, होटल र रेस्टुरेन्टहरु रहेका छन । बेल्का बत्तिको झिलमिले यो ठाउँ रमाइलो र मनमोहक रैछ । फोटोग्राफी, खाना र शपिङको लागि यहाँ दैनिक लाखौं पर्यटकहरुको आवागमन भैरहेको हुन्थ्यो । भुईमा पाईला टेक्ने ठाँउ थिएन तर त्याहा ती लाखौं पर्यतकहरुको बाटो काट्ने व्यवस्था Over head brich बाट नगरिकन एउटा ट्राफिकले गरि रहेको थियो । त्यो पर्यतकहरुको अनुशासन र भद्रता सिक्न लाएको पाठ थियो ।
साँझमा संगै रहेको Huangpu River मा विशाल पानी जहाजबाट  cruise भ मा सहभागी हुने अवसर पायौं । चीनको Shanghai शहरमा हुने एक रमाइलो र अत्यन्त प्रसिद्ध नदी क्रुज अनुभव अभिश्रमनिय भयो । Huangpu नदीले Shanghaलाई  Pudong (वित्तीय क्षेत्र) र Puxi (पुरानो भाग)दुई भागमा विभाजन गर्छ । पुराना युरोपियन शैलीका भवनहरु, चीनकै (Jin Mao Tower & Shanghai World Financial Center) अग्लो भवनहरु, खाना, लाइभ संगीत आधुनिक वत्तिहरुको दृष्यले एक किसिमको स्वर्गको अनुभुति गराई रहेको थियो । गगन चुम्बी भवनहरु त्यसमा जडिट बत्तिहरुका साथ विशाल जहाज Huangpu नदीमा यात्रा गर्दा ऐतिहासिक र आधुनिक पक्ष एउटै फ्रेममा देखाएको अनुभुव भैरहेको थियो ।
यात्राको पाँचौं दिन
पाँचौ दिन (२८ गते) हामीहरु High speed train मार्फत  Shanghai बाट Beijing तिर लागियो । करिव सवा १२ सय कि.मी.को यात्रा ६ घन्टामा पुरा गरियो । Beijing मा हामीले Tiananmen square, Chairman Maozedong Memorial Hall र Ferbidden City हेरियो ।
Tiananmen square चीनको राजधानी बेइजिङमा अवस्थित विश्वकै सबैभन्दा ठूलो सार्वजनिक चौकहरु (लम्बाई ८८० मिटर चौडाइ ५०० मिटर) मध्य एक हो । Ferbidden City पुरातन शाही दरबारको ठीक अगाडी रहेको ऐतिहासिक, राजनीतिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थान हो । १५ औं शताब्दीमा मिङ राजवंशले निर्माण गरेको टियानआनमेन स्क्वायरबाट १९४९ मा माओले चीन जनगणतन्त्रको स्थापना घोषण पनि यहिबाट गरेको थियो । टियानआनमेन अर्थ स्वर्गीय शान्तिको गेट भन्ने हुन्छ । यहाँ चीनका क्रान्तिकारी शहीदहरुको सम्झनामा ३८ मिटर अग्लो ग्रानाइट स्तम्भ राखेको छ । जनताको दर्शनको लागि त्यसको ठिक पछाडी पति एउटा विशाल भवनमा माओको पार्थिव शरीर राखिएको छ । भबन भित्र बगैचाको बिचमा सिंह मरमरको माओको विशाल सेतो सालिक र त्यसैको पछाडी पार्थिव शरीर राखेको छ । क. माओलाई श्रञ्द्धाजली स्वरुप चढाउने फुलहरु पनि सेता गुलाफका थिए । क. माओको पार्थिव शरीर एउटा अक्वडिमय भित्र राखेको थियो । दैनिक लाखौं जनता (बच्चा देखि बुढा) सम्मले घुडा टेकेर श्रद्धासुमन व्यक्त गरेको दुश्य अझै पनि मेरो आँखामा गुमिरहेको छ । नेता होस त यस्तो होस भन्ने भावहरु व्यक्त भइरह्रो । नेता प्रतिको श्रद्धाभाव हामी नेपालीले अनुकरण गर्न लाएक थियो ।
यात्राको छैठौं दिन
छैठौंं दिन (२९ गते) हामीहरुलेFerbidden City अर्थात निषेधित शहर अध्ययन भ्रमण गरियो । चीनको राजधानी बेइजिङमा अवस्थित एक ऐतिहासिक दरवार हो । जुन १४०६ मा मिङ राजवंशशका सम्राट योंगलले स्थापना शुरु गरी १४२० निर्माण सम्पन्न गरेका थिए । यस दरवारको क्षेत्रफल ७ लाख २० हजार वर्ग मिटर रहेको छ भने यसमा कोठाहरुमा मात्र ८ हजार ८ सय ८६ वटा रहेको जनाउन्छ । त्यसै कारण यो दरवार १९८७ देखि विश्व सम्पदा सूचीमा सूचीकृत हुदै आएको छ । परम्परागत चिनियाँ वास्तुकला अनुसार बनाइएको दरवार क्षेत्रलाई हामीले बाहिरबाटै अवलोकन गर्ने अवसर मिलेको थियो । विश्वको सबैभन्दा ठूलो पुरानो शाही दरवार भएको यहाँ हरेक वर्ष लाखौं पर्यटकहरुले भ्रमण गर्ने गर्दछ ।
सोही दिन नै विश्वकै सबैभन्दा लामो मानव निर्मित चीनको महान पर्खालको संरचना हेरियो । जस्को लम्बाइ २१ हजार १ सय ९६ कि.मी रहेको जनाईन्छ । चीनको उत्तरी सिमानामा फैलिएको यो पर्खाल चीनका १५ भन्दा बढी प्रान्तहरुमा फैलिएको छ । तत्कालिन घुमन्तै मंगोल जातिहरुबाट रक्षा गर्न, सीमा सुरक्षा गर्न र आक्रमण रोक्न Qin, Han र Ming राजवंशले निमांण गरेका कुरा ईतिहासमा उल्लेख गरेका छन । यसको औसट उचााइ ६ देखि ७ मिटर सम्म रहेको छ भने कतै कतै ४ देखि ५ मिटर सम्म पनि रहेको छ । निश्चित दूरीमा बनाएका टावरहरु १५ मिटर सम्मको उचाइ रहेको छ । उत्तर पूर्वको Dandong शहर देखि उत्तर पश्चिमको Jiayugun Pass सम्म फैलिएको यो महान पर्खाल आज Beijing, Tianjin, Gansu, Inner, Mongolia, Hebei & Shaanxi प्रान्तहरुमा फैलिएको छ ।
यात्राको सातौं दिन
सातौंं दिन (३० गते) हामीहरुले चीनको एक प्रसिद्ध शपिङ केन्द्रमा ज्यलनत्रष्बय ःबचपभत मा किनमेल गर्यौ । यो बजार नक्कली ब्रान्ड, मोती, गहना, घडी, जुत्ता, इलेक्टेनिक्स र सौगातका सामानहरुको लागि पर्यटकहरु माझ चर्चित रहेछ । करिव ५ तल्लाको शपिङ मल भएता पनि यहा मूख्यत मोलतौल गर्न रुचाउने पर्यटकहरु ल्याउने र आउने आउने रहेछ । जुनTemple of Heaven को केही मिनेट दूरी अर्थात No. 9 Tiantan Rd, Dongcheng District, Beijing, China मा रहेको छ ।
यहा हामीले जुत्ता, मोजा, लट्टाकपडा, क्याप, इलेक्टेनिक्स सामान, सौगातका सामाग्री देखि लिएर साना ठूला लगेजहरु समेत मज्जाले किलमेल गयौं । सुरु सुरुमा किन्ने साथीले त्यति धेरै मोलतौल गर्न पाएनछ । पछि त्यहाको टे्न थाहा पाए पछि सबै ५० प्रतिशत भन्दा बढी घटाएर सामानहरु किनमेल गरियो । कतिपइ सामानमा त ९० प्रतिशत सम्म पनि घटाएको थियो । एउटा साथीले १ सय च्ःद्यमा किनेको बेल्ट मैले सोही पैसामा ३ वटा बेल्ट सम्म लिए । एउटा क्यापको १ सय RMB भनेको १० RMB मा पनि ल्याए । चिनियाँ १RMB को नेपाली १७/१८ रुपैयाँ सम्म हुने रहेछ । सातौं दिन यसरी नयाँ अनुभव संगालेर सकाए ।
यात्राको आठौं र नवौं
आठौंं दिन (३१ गते) हामीहरु Beijingबाट Shandong प्रान्तको एउटा जिल्ला Guangrao (by bus 455 Km) मा बसबाट आई पुगियो । करिव दिर भर नै हामीले बसको यात्रा गर्यौ । नवौंं दिन (जेष्ठ १ गते) हामीहरु Guangrao Tire Fair मा सकृय सहभागी भयौं । Yellow River को नजिक रहेको समृद्ध कृषि (गहुँ, मकै र तरकारी) उत्पादन हुन्छ भने औद्योगिक क्षेत्रमा ठूला टायर उत्पादन गर्ने Wanda Boto Guizhou Tyre प्रसिद्ध कम्पनीहरु रहेका छन । Guangrao मा हामीले बैशाख ३१ गते टायर प्रर्दशनी र गोष्ठी गरी पुरै दिन जेष्ठ १ आधा दिन बिताए । यहाँ पनि Ningbo मा जस्तै प्रर्दशनी, मेला, गोष्ठी तथा व्यवसायिक अध्ययन अवलोकन भ्रमणमा खाने, बस्ने देखि लिएर सबै व्यवस्था आयोजनले नै गरेको थियो । प्रर्दशनी तथा मेलामा अधिकांश युवाहरु परिचालित गरिएको थियो । युवाहरुले नै सामानको परिचय, महत्व र उपयोगिताका विषयमा अभिमुकरण र अनुशिक्षण संचालन गरेका थिए । विदेशी पाहुनाहरुसंग परिचय, सम्पर्कका माध्यमहरु साटासाट र आत्मियता गाँसिरहेका थियौं ।

. यात्राको १०औंं दिन
१०औंं दिन (जेष्ठ २ गते) हामीहरु Guangrao Tire Fair बाट Shandong प्रान्तको राजधानी Jinan मा बसबाटै आयौं । यो क्षेत्र अनुसन्धान, औषधि विज्ञान र प्रविधिमा निकै धनी शहर रहेछ । यहाँ चिनियाँ दर्शन, साहित्य र चित्रकलाको राम्रो विकास भएको जानकारी पायौं । ११औंं दिन (जेष्ठ ३ गते) हामीहरु China Easten Flight बाट Jinan बाट Kunming मा आयौं । करिव २ घन्टा ५० मिनेटको हवाई यात्रा निकै आरामदाई रहेको थियो । सेता बादललाई तल छाडेर निका आकाश मुनीको यात्रा निकै मनमोहक थियो । चिनियाँ समय अनुसार हामी ११ बजे Kunming मा पुग्यौं । नेपाली समय अनुसार ९ बजे Kunming बाट करिव २ः२० मिनेटमा China Easten Flight नेपालमा समय थियो । त्यो २ घन्टा शुन्य समयलाई हामी सबै फेरी Kunming airportचाहार्ने Duty Free मा किलमेलमा समय बितायौं । करिव २ः३० अर्थात नेपाली समय अनुसार १२ः१५ बजे China Easten Flight, Kunming airportबाट काठमाडौंको लागि उडान भर्यो । हामी करिव ३ः३० बजे तिर काठमाडौंमा सकुसल अवतरण गयौं । यसरी १० रात ११ दिनको जनवादी गणराज्य चीनको भ्रमण सफल पारियो ।

निष्कर्ष र सिकाई
११ दिन र १० रातको यात्राको क्रममा हामीले काठमाडौबाट चीनको Kunming, Ningbo, Shanghai, Beijing, Shandong, Guangrao, Jinan, Kunming हँुदै Kathmandu सम्म आउन थरै समय जल यात्रा, आधी दिन जति फास्ट टे«न यात्रा, करिव एक दिन जस्तो चारवटा प्लेनमा हवाई यात्रा र अलि धेरै समय बसमा यात्रा गरियो । यात्राको क्रममा सिकाईलाई निश्कर्षको रुपमा तपसिल बुदाहरुमा राख्न चाहान्छु ।

  • जल, स्थल र आकाशको यात्राको क्रममा हामीले चिनीयाँहरु निकै शान्त र शिष्ट पायौं । हर कुरा समय तालिका अनुसार चल्ने आवश्यक कुराकानी मात्र गर्ने, आफ्नो व्यापार र व्यवसाय प्रचारप्रसार र प्रवद्र्धन लागेको देखियो जुन कुरा हामीले अनुसरण गर्न लाएक छ ।
  • व्यापार र व्यवसायमा चर्तुयता, गम्भिरता र प्रतिवद्धता निकै राम्रो प्रस्तुती देखियो । अधिक जनसंख्या, सस्तो श्रम र श्रम प्रतिको उत्साह सिक्न लाएक थियो ।
  • चिनियाँहरुमा समयको सदुपयोग, श्रमको महत्व र नेता प्रतिको सम्मानभान निकै उच्च रहेको देखियो ।
  • चीनमा सर्वहारा अधिनायकबाद राम्रोसंग हावी भएको र राजनीतिक स्थाईत्व र भू वनावतले निकै साथ दिएको थियो । अधिकांश भाग नेपालको तराई फाँट जस्तो थियो । यसले विकास निर्माणमा निकै सहज बनाएको देखिन्थ्यो ।
  • व्यापार, व्यवसाय र नवप्रवद्र्धनमा युवाको क्रान्तिकारी सहभागिता र राज्यबाट साथ सहयोग र अनुदानको राम्रो व्यवस्था भएको देखियो ।

अन्तमा, हामीले हाम्रो देशको यो निसासिदो अवस्थाबाट निकाश पाउन चीनबाट धेरै कुराहरुको अनुसरण गर्न सक्नु पर्छ । देशको सार्वभौमिकता, सनतुलित परराष्ट्र नीति र दीर्घकालीन राष्ट्रिय हितको रक्षा गर्दै रसुवागढी, केरुङ, तातोपानी र झाङ्मु नाकाहरुलाई नियमित खोल्ने व्यवस्था गर्नुपर्छ । माथीका सिकाई तथा निष्कर्षहरु अनुसरण गरी देशको राजनीतिक अस्थिरता, वित्तिय शिथिलता र युवाहरु गुम्दो आत्माविश्वास वा विदेश पलायनको मोह भंग गर्नसक्नु पर्छ ।

यात्रामा सहभागी साथीहरु :

१. सुरेन्द्र श्रेष्ठ काभ्रे, नाला
२. ईन्दु प्रधान काभ्रे, नाला, प्रदेश सदस्य बागमती
३. रुकु चौलागाई काभ्रे, पाँचखाल, प्रदेश सदस्य बागमती
४. रेणुका चौलागाई काभ्रे, चौरी देउराली, प्रमुख
५. तारा राणा काभ्रे, बेथानचोक, उप प्रमुख
६. कृष्णहरि सैंजु खौमा, भक्तपुर, नेकपा, केन्द्रिय सदस्य
७. सुशिल श्रेष्ठ गोकर्ण, काठमाण्डौ,पार्टस व्यवसायी
८. नारायण दत्त भण्डारी डि.जी. सहक विभाग
९. अन्जु श्रेष्ठ भैरहवा, व्यवसायी
१०. कुल बहादुर श्रेष्ठ भैरहवा, व्यवसायी
११. डा. दिपक प्रधान स्वास्थ्य बिमा वोर्ड
१२. चिन्तामणी आर्चाय बर्दिया, राजापुर
१३. यदुमणी गौतम बर्दिया, राजापुर, हार्डवेयर व्यवसायी
१४. हिक्मत प्रसाद आर्चाय सुर्खेत
१५. प्रेम बहादुर राउत व्यवसायी, सुर्खेत, व्यवसायी
१६. धर्मराज शाही (पोषण) कालिकोट, रास्कोट नगर प्रमुख
१७. खेम बहादुर सिंह (भिजन) कालिकोत, गाउँ पालिका अध्यक्ष
१८. युवराज पौडेल नेपाल टेलिकम

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार