हिलाम्मे छ शरीर

चिरन सी
हिलाम्मे छ शरीर हातमा छ बीउ
पसिनाले भिजेको निथुर्कै छ जिउ
तर पनि बिप्लव सी कृषि गरिराछ्न
आत्मनिर्भर देश बनाउन कोसिस गरिराछ्न,
हुर्आ आ होइ, हुर्आ आ होइ,
देशैभरी धानको बाला, हुर्आ आ होइ ।
बिप्लपआफै दिनरात बाजो खेत खन्छ्न
प्रकाण्ड सी नेपालगन्जमा धान रोप्न लाछ्न
सिलु सीको गण्डकतिर फुल बेच्ने सुर छ
दिपेसहरु धरान तिर बुङ्गुर पाल्ने धुन छ ।।
हुर्आ आ होइ, हुर्आ आ होइ,
कतिराम्रो फलेको आलुहेर , हुर्आ आ होइ ।
पुर्बतिर दिपकहरु गाईफम नि चलाछ्न
पश्चिम् तिर डबलसिङ्गले तरभुजा फलाछ्न
चितवत तिर सन्देसहरु माछा बढाईराछ्न
काठमाडौमा चिरञ्जीवी काक्रा बेचिराछ्न ।।।
हुर्आ आ होइ, हुर्आ आ होइ,
कतिराम्रो भेडाको उन , हुर्आ आ होइ ।
आगुमबाट कर्णालीको स्याउ सुर्खेत झर्छ
भेडापनि सी जातिको बजार खोज्दै आउँछ
सी गार्मेन्टको पोसाकहरु ठाटिएर लाउने
उत्पादन बजार जान्छ पैसा बोकी ल्याउछ ।।।।
हुर्आ आ होइ, हुर्आ आ होइ,
रसिलो छ स्याउको दाना , हुर्आ आ होइ ।
लुटि खाने नितिलाई सबले त्याग्नु पर्छ
आत्मनिर्भर देश बनाउने नीति रोज्नु पर्छ
भ्रस्टाचारी नेतालाई सबले छोड्नु पर्छ
समृद्धिमा देशलाने नीति र नेता चिन्नु पर्छ ।।।।।
हुर्आ आ होइ, हुर्आ आ होइ,
आफ्नै देश सिगार्ने हो , हुर्आ आ होइ