जल्यो !
बचाउन सकेनौ जेन जी पुस्ताको सपना,
कस्तो बन्दुक किनेका रहेछौ हामिले ?
ढल्यो !,
तातो सडकमा सपनासङ्गै रक्तमुछेल शरीर ।
🔸जल्यो !,
जोगाउन सकेनौ सितल निवास,
कस्तो राष्ट्रपति चुनेका रहेछौ हामिले ?,
चुनौ !,
सितल निवास जोगाउन सक्ने राष्ट्रपति ।
🔸जल्यो !,
बचाउन सकेनौ बालुवाटार,
कस्तो प्रधानमन्त्री बनाएका रहेछौ हामिले ?
छानौ !,
बालुवाटार बचाउन सक्ने प्रधानमन्त्री ।
🔸जल्यो !,
बचाउन सकेनौ सिंहदरबार,
कस्तो सरकार बनाएका रहेछौ हामिले ?
चुनौ !,
सिंहदरबार जोगाउन सक्ने सरकार ।
🔸जल्यो !,
जोगाउन सकेनौ ससद भवन,
कस्तो ससद छानेका रहेछौ हामीले ?
चुनौ !,
ससदभवन जोगाउन सक्ने सासद ।
🔸जल्यो !,
जोगाउन सकेनौ न्यायलय,
कस्तो न्यायाधीश छानेका रहेछौ हामिले ?
छानौ !,
न्यालय जोगाउन सक्ने न्यायाधीश ।
🔸जल्यो !,
बचाउन सकेनौ मन्त्री क्वाटर,
कस्तो मन्त्रीमण्डल बनाएका रहेछौ हामिले ?,
चुनौ !,
मन्त्री क्वाटर बचाउन सक्ने मन्त्रीमण्डल ।
🔸जल्यो !,
जोगाउन सकेनौ पार्टी कार्यालय,
कस्तो पार्टी बनाएका रहेछौ हामिले ?
बनाऔ !,
पार्टी कार्यालय जोगाउन सक्ने पार्टी ।
🔸जल्यो !,
जोगाउन सकेनौ सरकारी कार्यालय,
कस्तो सरकार बनाएका रहेछौ हामिले ?,
चुनौ !,
सरकारी कार्यालय जोगाउन सक्ने सरकार ।
🔸जल्यो !,
दिन सकेनौ सुरक्षा,
कस्तो सुरक्षाकर्मी पालेका रहेछौ हामिले ?,
छानौ !,
सुरक्षाको प्रत्याभूत दिन सक्ने सुरक्षाकर्मी ।
🔸जल्यो !,
बचाउन सकेनौ जेन जी को मन,
कस्तो कार्य गरेका रहेछौ हामिले ?,
गरौ !,
जेन जी पुस्ताको मन पगाल्न सक्ने ब्यवहार ।
🔸जल्यो !,
जोगाउन सकेनौ गैर सरकारी सस्था,
कस्तो NGO/ INGO पालेका रहेछौ हामिले ?
बुझौ !,
NGO / INGO पालेर राख्नेहरुको अवस्था ।
🔸जल्यो !,
जोगाउन सकेनौ शिक्षालय,
कस्तो शिक्षा पढाएका रहेछौ हामिले ?,
बुझौ !,
बिद्यार्थी र शिक्षालयको सम्बन्ध ।
🔸जल्यो !,
जोगाउन सकेनौ अस्तित्व,
कस्तो व्यवहार गरेका रहेछौ हामिले ?,
चिनौ !,
अस्तित्व सकाउन गरिएका ब्यवहारहरु ।
🔸जल्यो !,
जोगाउन सकेनौ कानुनी राज्य,
कस्तो कानुन बनाएका रहेछौ हामिले ?,
बुझौ !,
जता ब्याख्या गर्यो मिल्ने कानुनको हैसियत ।
🔸जल्यो !,
जोगाउन सकेनौ राष्ट्रियता,
कस्तो देशप्रेम सिकाएका रहेछौ हामिले ?,
जानौ !,
राष्ट्रियताको दुवाई दिएर राष्ट्रघातीको चर्तीकला ।
🔸जल्यो !,
जोगाउन सकेनौ आशाहरु,
कस्तो बिस्वास जगाएका रहेछौ हामीले ?
जानौ !,
आशा हराएको बिस्वासहरुको कथा ।
🔸जल्यो !,
जोगाउन सकेनौ कुर्सीको कथा,
कस्तो शासक छानेछौ हामिले ?
ढल्यो !,
जेन जीको ताकत खरानी सङ्गै सत्ताको ब्याथा ।
🔸जल्यो !,
जोगाउन सकेनौ सबिधानको धारा,
कस्तो संविधान बनाएका रहेछौ हामिले ?,
जानौ !,
जलिरहेको खरानी जस्तै अनिश्चिय संविधान ।
🔸जल्यो !,
बचाउन सकेनौ ब्यवस्था,
कस्तो ब्यवस्था रोजेका रहेछौ हामिले ?
जानौ !,
ब्यवस्था होइन अवस्था बदलौ भन्नेको अवस्था ।
🔸जल्यो !,
जोगाउन सकेनौ नागरिकको मन,
कस्तो नागरिक बनेका रहेछौ हामी ?,
बुझौ !,
सङ्कटहरुले उज्यालो भविस्य ल्याउछ भनेर ।