गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

रचना / सङ्गीत : चीरन पुन
नेताहरु नेताजस्तो नभए पछि,
पार्टीहरु पार्टीजस्तो नभए पछि,
दुख पाउँछन् जनताले, दुख पाउछ देशले,
गल्तिहरु स्वीकार गर्दै निस्क फेरि झट्टै,
जेन जी पुस्ता समेटेर नेतृत्वमा छिट्टै,
भ्रष्टाचारको च्यातेर जालो
जनताले ल्याउनेछ्न भुइँचालो ।
आफ्नो कम्मर बलियो बाध्नु,
सङ्गलाई दोस नलाउनु भन्थे,
हाम्रा बाजेहरु
तर गर्यो नानाभाती,
सहिकुरा सुन्नु छैन परिस्थिति बुझ्नु छैन,
ताकी ताकी गोली हान्यौ,
छोरा छोरी माथी,
भ्रष्टाचारको च्यातेर जालो
जनताले ल्याउनेछ्न भुइँचालो..!
कामगर्ने कालू भन्थे मकैखाने भालु भयो,
बदल्नु छ सबैमिली यस्तो रितिथिती,
धुलोमैलो टकटकाउदै,
साध सीमा भत्काउदै,
तेरो मेरो पल्टाउदै ,
नयाँ केन्द्र शुरु गरौ
ढिलो नगरी फेरि ।
नेताहरु नेताजस्तो नभए पछि,
पार्टीहरु पार्टीजस्तो नभए पछि,
दुख पाउँछन् जनताले, दुख पाउछ देशले,
गल्तिहरु स्वीकार गर्दै निस्क फेरि झट्टै,
जेन जी पुस्ता समेटेर नेतृत्वमा छिट्टै,
भ्रष्टाचारको च्यातेर जालो
जनताले ल्याउनेछ्न भुइँचालो ।
गीतको भिडियो :