हुँदैन भो हुँदैन

रचना / सङ्गीत : चीरन पुन
हुँदैन भो हुँदैन ,
रुदै बसेर हुँदैन,
हुदैन भो भो हुँदै हुँदैन,
अरुलाइ दोष दिएर हुँदैन ।
कहाँ भयो गल्ती
कस्ले गर्यो गल्ती – बोल्नुपर्ने भाछ,
तेरो मेरो नभनेर
मन मुटु सबले – खोल्ने बेला भाछ,
हुँदैन भो हुँदैन,
एउटै केन्द्र नभै हुँदैन,
हुदैन भो भो हुँदै हुँदैन,
जनतालाई साथ नलिइ हुँदैन ।
कहाँ धुलो मैलो छ,
सफा गर्नु पर्ने छ – उठ्नु पर्ने भाछ,
घरै छेउमा पहिरो छ,
कुरा कति गहिरो छ – बुझ्नु पर्ने भाछ,
हुँदैन भो हुँदैन,
रुदै बसेर हुँदैन,
हुँदैन भो भो हुँदै हुँदैन,
अरुलाई दोष दिएर हुँदैन ।