कल्पना आङबुहाङको ‘महि माग्ने ढुंग्राे’ सार्वजनिक (भिडियोसहित)

२०८२ पुष १९ गते, शनिबार


काठमाडौँ । प्रवासमा बसेर नेपाली मौलिक सस्कृतिलाई अगाध माया गर्दै आइ रहेकी समाजसेवी तथा गीतकार कल्पना आङबुहाङको ‘महि माग्ने ढुंग्राे’ गीतको भिडियो अग्रेजी नयाँ बर्षको सुअवसर पारेर यहि जनवरी १, २०२६ मा सार्वजनिक भएको छ। गीतकार कल्पना आङबुहाङको शब्दमा गायक मिन्ग्सो लिम्बु र गायिका जुना प्रसाईको स्वर रहेको उक्त गीतमा साहिल लिम्बुको सङ्गित, देबेश राईको एरेन्ज र राजु कार्कीको मास्टरिङ रहेको छ।
गीतकार कल्पना आङबुहाङले आफू प्रदेशमा भए पनि नेपाली मौलिक गित संगित र साहित्यमा ब्यस्त रहने गरेको बताएकी छन् । उनले समय मिलेसम्म समाजको काम गर्ने मेरो चाहाना रहेको समेत बताएकी छन्। उनि भन्छिन – ‘ प्रदेशमा आफ्नो दैनिकी पनि हुन्छ । बिदेशमा दुख: हुन्छ । हुन त दुख कहाँ हुदैन र तर पनि आफुले आफैंलाई खुशी राख्दै कहिलेकाहीँ गितकाे शब्दहरु काेर्ने गर्छु । मैले केही बर्ष अगाडि बाह्र मासे फूल अडियो २०२३ देखि २०२४ मा बजारमा ल्याएको थिए । अब याे बर्ष २०२६ देखी २०२७ भित्रमा १२ गितकाे म्युजिक भिडियो मेरो यु ट्युब च्यानल Meri Aama Kalpana Angbuhang मा पस्कने जमर्काे गरेको छु । भर्खरै जनवरी १, २०२६ मा ‘महि माग्ने ढुंग्राे’ मेरो यु ट्युब च्यानलमार्फत भिडियो बजारमा ल्याएको छु। आशा छ, तपाईं दर्शक स्राेता सबैले माया गरि दिनु हुनेछ। दर्शक स्राेता र तपाईंहरुकाे हौसला सधैं पाई रहुँ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु