नयाँ प्रविधि प्रयोग नगर्ने इँटाभट्टा बन्द गरिनेनयाँ प्रविधि प्रयोग नगर्ने इँटाभट्टा बन्द गरिने

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौँ ।  देशभरका सबै इँटा उद्योगलाई नयाँ प्रविधिमा आउन थपेको समयसीमा गतसोमबार सकिएको छ । परम्परागत प्रविधिबाट इँटाको उत्पादन गर्दा वातावरणीय जोखिम बढ्दै गएको भन्दै सरकारले नयाँ प्रविधिबाट सञ्चालन नभएका देशभरका इँटाभट्टा बन्द गर्ने भएको छ । उद्योग विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले औद्योगिक व्यवसाय ऐनले दिएको अधिकारका आधारमा सरकारको निर्ण्र्ाानमान्ने उद्योगलाई कारबाही गरिने स्पष्ट पारे । ऐनअनुसार सञ्चालन नहुने उद्योग बन्द गराउने र खारेज गर्ने अधिकार विभागलाई छ । ‘तीन पटक गरेर दिएको समयसीमा माघ मसान्तमा सकिएको छ, अब पनि परम्परागत प्रविधिमै इँटाभट्टा चलाएको पाइएमा त्यस्ता भट्टा बन्द गर्नुको विकल्प छैन,’ उनले भने । सरकारले २०६६ सालमा दिएको समय २०६८ मंसिरमा सकिएको थियो । महासंघले पुनः एक वर्षसमयसीमा बढाउन आग्रह गरेपछि सरकारले मंसिरसम्मलाई बढाएको थियो । उद्योगीले पुनः दर्ुइ महिना अवधि थप गर्न माग गरेका थिए । निर्देशनअनुसार उद्योगीले परम्परागत रूपमा सञ्चालित इँटाभट्टाले धुँवा कम हुने र कोइला थोरै खपत हुने फिक्स चिम्नी, टनेल चिम्नी र अन्तर्रर्ााट्रयस्तरमा लोकप्रिय मानिएको भीएसबीकेमध्ये कुनै एक प्रविधिको प्रयोग गर्नुपर्ने थियो । इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले सरकारको निर्देशन सबै उद्योगीले पालना गरेको स्पष्ट पारे । ‘मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने इँटाभट्टा हामी सबैको समस्या हो, सरकारी निर्ण्र्ाा्रति हामी सबै सकारात्मक छौँ ।’ व्यवसायीकै आग्रहमा सबै उद्योगमा नयाँ प्रविधि ल्याउन दर्ुइ महिना थप गरिएको जानकारी पनि उनले दिए । विद्युत् र कोइला कम खपत हुनुका साथै भट्टाका मजदुरको स्वास्थ्यमा असर नपर्ने भएकाले नयाँ प्रविधि अनिवार्य गरिएको महानिर्देशक राजवंशीले बताए ।नेपालमा करिब ७ सय इँटाभट्टा सञ्चालनमा छन्, जसमध्ये अधिकांश भट्टा राजधानी र तर्राई भेगमा रहेको महासंघले जनाएको छ । विकास निर्माणमा आएको मन्दीले इँटाको कारोबार पनि खस्किँदै गएपछि थप इँटाभट्टा सञ्चालनमा आउन नसकेको व्यवसायी बताउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]