सिमेन्ट उद्योगको उत्पादनमा रोकसिमेन्ट उद्योगको उत्पादनमा रोक
काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले श्री सिमेन्टस र अम्बे सिमेन्टले तोकिएको मापदण्डविपरीत उत्पादन गरी उपभोर्तालाई ठगी गरेको आरोपमा ती कारखानाको उत्पादनमा रोक लगाएको छ । केही दिनअघि गरेको अनुगमनका क्रममा ती सिमेन्ट कारखानाबाट उत्पादित सिमेन्टले तोकिएको मापदण्ड पूरा नगरेको पाइएकाले विभागले थप अनुसन्धान र छानबिनका लागि ती कारखानामा शिलबन्दी गरी हालको लागि उत्पादनमा रोक लगाएको गुणस्तर तथा नाप तौल कार्यालय वीरगन्ज स्रोतले जनाएको छ । स्रोतका अनुसार, विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्न ती कारखानाको उत्पादनमा रोक लगाएर त्यसका सञ्चालकसँग स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण आएपछि मात्र थप कारबाहीको प्रक्रिया अघि बढाउने तयारी विभागको छ ।