चार वित्तीय संस्था गाभिएर एपेक्स बैंक बन्ने चार वित्तीय संस्था गाभिएर एपेक्स बैंक बन्ने

२०६९ फाल्गुन १७ गते, बिहीबार

काठमाडौं, – मनकामना डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, यती फाइनान्स र भ्याली फाइनान्स मर्जर भई ‘क’ वर्गको ‘एपेक्स बैंक’ बन्न लागेको हो ।मर्जर प्रक्रिया अगाडि बढाउन चारै संस्थाबीच आपसी समझदारीपत्र (एमओयू)मा बुधबार हस्ताक्षर भएको छ । चार संस्था मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब १८ करोड रुपैयाँ हुनेछ । असार मसान्तसम्ममा मर्जर प्रक्रिया पूरा गर्ने इन्फ्रास्ट्रक्चरका सीईओ कमल गौतमले बताए । “चालू आर्थिक वर्षभित्रै एकीकृत कारोबार गर्ने गरी काम गर्दैछौं,” उनले भने । चारै संस्थाले हाल एउटै सफ्टवेयर प्रयोग गर्दै आएकाले मर्जरमा समस्या नहुने र कर्मचारी व्यवस्थापनमा सहज हुने गौतमले बताए ।
नयाँ बैंकको निक्षेप ८ अर्ब र कर्जा लगानी ७ अर्ब रुपैयाँ रहनेछ । मर्जरसँगै ३८ शाखा तथा २० एटीएमबाट बैंकिङ सेवा प्रदान गर्ने योजना छ ।हाल मनकामनाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ भने सञ्चित कोष १ करोड ७० लाख रुपैयाँ ऋणात्मक छ । उसले चालू आवको दोस्रो त्रैमाससम्ममा ३ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । केही समयअघि स्वस्तिक मर्चेन्ट फाइनान्ससँग मर्ज भएको इन्फ्रास्ट्रक्चरको चुक्ता पुँजी ८२ करोड ७५ लाख र सञ्चित कोषमा १० करोड २५ लाख रुपैयाँ छ । चालू आवको दोस्रो त्रैमाससम्म उसले ५ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
हाल १४ करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको भ्याली फाइनान्सको सञ्चित कोषमा १ करोड ३० लाख रुपैयाँ छ । चालू आवको पुस मसान्तसम्ममा उसले ३ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेको छ । त्यस्तै, २० करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यती फाइनान्सको सञ्चित कोषमा ४ करोड ८ लाख रुपैयाँ छ । चालू आवको दोस्रो त्रैमाससम्ममा उसले ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]