बैंकहरू गाभिदै
काठमाडौ । एनआइसी बैंक र बैंक अफ एसियाबीच असार दोस्रो सातासम्म मर्ज हुने भएको छ । गतसोमबार भएको मर्जसम्बन्धी विशेष साधरणसभाले दुवै बैंकलाई मर्ज स्वीकृति दिएको हरूो । अब बैंकले मर्जसम्बन्धी अन्तिम प्रस्ताव लगेर राष्ट्र बैंक जानेछ । मर्जका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आएपछि बैंकको मर्ज प्रक्रिया सुरु हुनेछ । असार दोस्रो सातासम्म मर्ज भएपछि बैंकको यो आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण एकीकृत रूपमा आउनेछ । एनआईसी बैंकको विराटनगरमा र बैंक अफ एसियाको काठमाडौामा भएको मर्जसम्बन्धी विशेष साधरणसभाले बैंकको चुक्ता पुाजी परिवर्तनसम्बन्धी प्रस्तावलाई पनि स्वीकृत गरेको छ । एनआईसी बैंकले सर्वसाधरणतर्फको सञ्चालकमा राजेन्द्र अर्याल र विरेन्द्र संघाईलाई चयन समेत गरेको छ । साधरणसभामा एनआईसी बैंकका सेयरधनीले २५ प्रतिशत नगद लाभांशलाई स्वीकृत समेत गरेका छन् । यसैगरी विशेष साधरणसभाले बैंक अफ एसियाको साढे सात प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ भने संस्थापक समूहरूमा प्रतिनिधि गर्न त्रिलोकचन्द अग्रवाल, अशोककुमार अग्रवाल, सतीशकुमार मोर, रामचन्द्र संघाई र अनुज अग्रवाललाई सञ्चालकमा चयन गरेको छ । दुवै बैंक मर्ज गरिन्छ चुक्ता पुाजी दुई अर्ब ३१ करोड रूपैया पुग्नेछ । यसैगरी, संकटको सामना गरिरहरूेका किष्ट बैंक र भिवोर विकास बैंक आपसमा गाभिने भएका छन् । किष्टको तर्फबाट प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली र भिबोरका तर्फबाट संचालक डा. रूप ज्योतिले बिहरूीवार सम्झौतामा हरूस्ताक्षर गरेका छन् । गाभिएपछि बन्ने नयाा बैंक पनि ‘किष्ट बैंक’ को नामबाट संचालन हरूुने छ । साथै किष्ट बैंकका अध्यक्ष, प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतले नया बैंकमा पनि निरन्तरता पाउने छन् । पछिल्लो समयमा भिबोर र किष्ट दुवै संस्था घरजग्गामा बढी लगानी गरेका कारण समस्यामा थिए । किष्ट बैंकमा २५ प्रतिशत सेयर रहका घरजग्गा व्यवसायी राजेन्द्र शाक्यको वित्तीय अवस्था बिग्रादै गएपछि उनको सेयर भिवोरको संचालक रहरूेको ज्योति समूहरूले किन्ने गरी सहरूमति भएको बताइएको छ । मर्ज प्रकृयालाई टुङ्गाउन दुवै पक्षका प्रतिनिधिहरूरू सम्मिलित एक मर्ज कमिटिको गठन गरिएको छ भने दुवै बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि लेखा परीक्षक नियुक्त गरिने छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त किष्ट वैंकका देशभर ५१ वटा शाखाहरूरू संचालनमा रहरूेका छन् । किष्टका ३ लाख ६० हरूजारभन्दा बढी ग्राहरूकहरूरू रहरूेको बताइएको छ । बैंकले साना तथा मझौला कब्जा र लघुवित्त कर्जामा राम्रो आधार खडा गर्दै अगाडि बढेको बताएको छ । भिबोर विकास बैंकका ६ वटा शाखाहरूरू संचालनमा रहका छन् । दुबै बैंकले प्रयोग गर्ने बैंकिङ सˆटवेयर एउटै भएकोले एक अर्कामा गाभिन सहरूज हरूुने कार्यक्रममा बताइएको छ । मर्जपछि दुवै बैंकको प्रतिस्पर्धात्मक क्षमतासमेत अभिवृद्धि हुने अपेक्षा दुवै बैंकले लिएका छन् । पौष मसान्तसम्मको वित्तीय विवरणअनुसार किष्ट बैंकको चुक्ता पुाजी २ अर्ब रूपैया रहेको छ भने निक्षेप २०.९८ अर्ब रूपैया रहेको छ । त्यस्तै, १७.५९ अर्ब रूपैया कर्जा रहेको किष्टको पुाजी कोष प्रर्याप्तता १०.८० प्रतिशत रहेको जनाएको छ । भिबोर विकास बैंकको चुक्ता पुाजी ९१.६२ करोड रूपैया रहेको छ भने निक्षेप २.८६ अर्ब रूपैयाा रहरूेको छ । त्यस्तै, कर्जा १.६८ अर्ब रूपैयाा रहेको छ भने पुाजीकोष प्रर्याप्तता १३.७५ प्रतिशत रहेको छ । दुवै बैंक एक आपसमा गभिएपछि ठूलो पूाजी भएको एक सबल बैंक बन्ने अपेक्षा गरिएको छ । मर्ज प्रकृया अगाडि बढाउन दुवै बैंकको विशेष साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिसकेको छ ।
यसैबीच, गोरखा फाइनान्स र प्रुडेन्सियल फाइनान्सले मर्ज भएपछि एकीकृत कारोवार सुरु गरेका छन् । यी दुवै फाइनान्स गाभिएर प्रुडेन्सियल फाइनान्सका रूपमा कारोवार सुरु गरेका हुन । मर्जपछि फाइनान्सको चुक्ता पुाजी ४८ करोड ३१ लाख रूपैयाा पुगेको छ भने निक्षेप ९६ करोड ८० लाख पुगेको छ । दुवै फाइनान्सले ९३ करोड ३ लाख रूपैया लगानी गरेका छन् । मर्जपछिको एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महरूाप्रसाद अधिकारीले गरे । यसअघि शाइन र रेसुङ्गा डेभलपमेन्ट बैंक मर्ज भएर गतआइतवारदेखि एकीकृत कारोवार गरेका थिए । एकीकृत प्रुडेन्सियल फाइनान्सले आगामी वाषिर्क साधरणसभासम्मका लागि संस्थापक सेयरधनीका तर्फबाट केशवराज पाण्डे, जान्हरूवीदेवी पाण्डेय, मनोरञ्जनरमण शर्मा, विमल अहुजा र सर्वसाधारण सेयरधनीका तर्फबाट विजयदेव पन्त, शशिनिधि तिवारी र सर्ग आनन्द वैद्यलाई सञ्चालक चयन गरेको छ । मर्ज पहिरूले गोरखा फाइनान्सको प्रतिकित्ता ८४ रूपैयामा र प्रुडेन्सियल फाइनान्सको प्रतिकित्ता ११८ रूपैयामा सेयर कारोवार भएको थियो ।