अतिक्रमित स्टलबाट साढे ४६ लाख असुली
काठमाडौँ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले स्टल अतिक्रमण गरेर व्यवसाय गर्दै आएका ४३ व्यापारीसँग ४६ लाख ४४ हजार रुपैयाँ एकमुष्ट असुल गरको छ । ०६३ सालमा निर्मित कालीमाटी बजारका ३८ वटा स्टल हालसम्म अनाधिकृत रुपमा प्रयोग हुँदै आएका छन् । समितिबाट अनुमति नलिएका उनीहरुलाई समितिले हालसम्म हटाउन पनि सकेको छैन भने अनुमति पत्र पनि दिएको छैन । स्टल भाडामा लगाएर आम्दार्नी गर्न र बजार व्यवस्थित गर्न अधिकार समितिलाई छ । तर, समितिले ती अतिक्रमित स्टलबारे निर्ण्र्ाागर्ननसकेपछि अख्तियारले सो विषयमा छानबिन गरेको थियो । अख्तियारले समितिलाई स्टलमा बसिरहेका व्यापारीबाट रकम असुल्न निर्देश गरेपछि समितिले गत चैतसम्मको भाडा उनीहरुबाट उठाएको हो । ‘४३ जनाबाट जनही १ लाख ८ हजारको दरले उठाएका छौं,’ समितिका निर्देशक अर्जुनप्रसाद अर्यालले भने ।
समितिले बजार व्यवस्थित गर्न गएको भदौमा अनुगमन कार्यविधिसमेत जारी गरेको थियो । एउटा स्टलमा पाँच जनासम्म व्यापारी बसेको र उनीहरुबाट मनपरी स्टलमार्फ्को भाडा उठाएका कारण मूल्यवृद्धि तीव्र भएको गुनासो आएपछि समितिले बजार अनुगमनमा कडाइ गर्दै कार्यविधि लागू गरेको थियो । कार्यविधिमा कालीमाटीमा स्टल राख्ने व्यापारीको इजाजत अत्यावधिक र नयाँ इजाजत गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, अतिक्रमित स्टल र खाली रहेका अन्य स्टललाई समितिले व्यवस्थित गर्नसकेको छैन । महालेखा परीक्षकको पचासौं लेखापरीक्षण प्रतिवेदनले प्रयोगमा आएका स्टलबाट गत वर्षात्र १८ लाख २४ हजार रकम असुल नगरेको जनाइएको छ । अतिक्रमित स्टलहरुको निर्माण कार्य भएदेखिको भाडादर निर्धारण गरी असुली गर्न बर्सेनि प्रतिवेदनमा औल्ंयाइए पनि हालसम्म सुधार हुन नसकेको महालेखा परीक्षणले जनाएको छ । समितिको खुद स्थिर सम्पत्ति २७ करोड ८१ लाख २९ हजार छ । समितिले सम्पत्तिको शर्ीष्ागत खाता खडा गर्न सुझाव दिए पनि त्यसो नगरेको महालेखा परीक्षकले औंल्याएको छ । ‘सबै स्टललाई इजाजत जारी गरी बजार व्यवस्थित गर्न हामी लागिपरेका छौं,’ निर्देशक अर्यालले भने, ‘नियमानुसार बजारको भौतिक सुधार र स्टल व्यवस्थापन हुन्छ ।’ हाल खाली रहेका १ सय ८५ स्टललाई पनि नियमअनुसार सहकारी, कृषक, व्यवसायी र स्थानीयलाई वितरण गरिने उनले बताए । मुलुककै पहिलो र मुख्य तरकारी बजारको रुपमा विकास समिति ऐन २०१३ अर्न्तर्गत् कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति -गठन) आदेश, २०५८ अनुसार सञ्चालनमा छ । बजारमा थोक, खुद्रा, सहकारी आदि गरी कुल ४ सय ४६ छन् । कालीमाटी बजार क्षेत्रभित्रका अन्य स्टल मासिक औसत ४ हजार रुपैयाँमा भाडामा लगाइएको छ ।