सुरुङ मार्गको शिलान्यास गर्ने तयारी
काठमाडौँ । काठमाडौँ कुलेखानी हेटौँडा सुरुङ मार्गको असार मसान्तसम्ममा शिलान्यास गर्ने तयारी भइरहेको नेपाल पर्ूवाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले बताएका छन् । उक्त सुरुङ मार्गको शिलान्यास गर्न अघि सम्बन्धित जग्गाधनीको जग्गा अध्रि्रहण गर्न एवं उनीहरूको जग्गाको मूल्याङ्कन गरेर मुआब्जा रकम आगामी असार मसान्तसम्ममा सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको नेपाल पर्ूवाधार विकास कम्पनी सर्म्पर्क कार्यालय हेटौँडाले जनाएको छ । सुरुङ मार्ग निर्माणको क्रममा मकवानपुर जिल्लामा छ गाविस तथा हेटौँडा नगरपालिका एवं काठमाडौँ जिल्लातर्फदक्षिण भेगका छ गाविस र ललितपुर जिल्लातर्फएक गाविससमेत पर्न कम्पनीले जनाएको छ । सुरुङ मार्गको निर्माणका लागि करिब रु. ३४ अर्ब ७५ लाख रकम गैरआवासीय नेपाली संघ, विभिन्न वित्तीय संस्था, र्सवसाधारण, व्यापारी, जिविस एवं हेटौँडा नगरपालिका समेतबाट सङ्कलन गर्नेगरी गृहकार्य भइरहेको कम्पनीका अध्यक्ष जोशीले जानकारी दिए ।