एसडिबिएलका पूर्व सञ्चालक सिलवाल पक्राउ
काठमाडौं,५ असार । कर्जा दुरुपयोगको अभियोगमा प्रहरीले सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्व सञ्चालक मदुसुदन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । जम्को प्रकाशनलाई दिएको १३ करोड रुपैयाँ कर्जा प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सो घटनामा यसअघि नै जम्कोका सञ्चालक किशोर ढकाल र किष्ट बैंकका तत्कालीन प्रबन्धक निर्देशक कमल ज्ञवालीकी श्रीमती गौरी प्रधानलाई पक्राउ गरिसकेको छ । प्रहरीले कमल ज्ञवालीको पनि सबै बैंक खाता रोक्का गरिसकेको छ ।
जम्कोको नाममा रहेको जग्गाको मूल्यांकन १५ करोड गराई १३ करोड ऋण प्रवाह भएको थियो । ऋण र ब्याजसहित १६ करोड दायित्व सिर्जना हुँदासम्म चुक्ता नभएपछि कर्जा दुरुपयोगविरुद्ध नेपाल राष्ट्र बैंकको सिफारिशमा प्रहरीले अनुसन्धान थालेको हो ।
बैंकले सामान्यतयाः धितो मूल्यांकनको ७० प्रतिशतभन्दा कम कर्जा दिने गर्दछन् । यस घटनामा भने ८७ प्रतिशत ऋण प्रवाह भएको देखिन्छ । उक्त जग्गा गौरी खनालबाट जम्को प्रकाशनले खरिद गरेको थियो । जम्कोको नाममा जारी भएको ऋण खनालको बैंक खातामा जम्मा गरिएको थियो । तर खनाल र ढकाल दुवैले ऋण तिरेनन् ।