नेपाल कालोसूचीमा पर्नबाट जोगियो

२०७० असार ८ गते, शनिबार

काठमाडौँ । -बेलैमा कानुन निर्माण गरेकाले नेपाल कालोसूचीमा पर्नबाट जोगिएको छ । नर्वेको ओस्लोमा जारी फाइनान्सियल एक्सन टाक्सफोर्स -एफएटिएफ) को बैठकले नेपाललाई ग्रे एरियामा यथावत् राखेको छ । ३० देशका प्रतिनिधि उपस्थित एफएटिएफको बैठकले शुक्रबार नेपाललाई ग्रे एरियामा यथावत् राखेको हो । नेपाललाई कालोसूचीबाट जोगाउन कानुन सचिव भेषराज शर्मा, राष् बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र सम्पति शुद्धिकरण निवारण विभागका महानिर्देशक र्सूयप्रसाद आचार्य ओस्लो बैठकमा गएका थिए । नेपालले अन्तर्ररााट्रय समुदायसँग गरेको प्रतिबद्धताअनुसार, सम्पत्ति जफत रोक्का तथा नियन्त्रण ऐन र सम्पत्ति शुद्धिकरण दोस्रो संशोधन ऐन निर्माण गरेपछि कालोसूचीमा पर्नबाट जोगिएको हो । नेपालले चार महिनाअघि पेरिसमा भएको एफएटिएफको बैठकमा यी कानुन निर्माण गरेर मात्र भाग लिन आउने जानकारी गराएको थियो । यदि नेपाल कालोसूचीमा परेको भए विश्वका सरकारहरुले नेपाली निकाय, संस्था वा नागरिकसँग वित्तीय वा अन्य कारोवार गर्दैन थियो । उनीहरुले उच्च र्सतर्कतापूवक मात्र गर्न निर्देशन दिने, नेपालका निकायहरु राष्ट्र बैंक, बैंक र कुटनैतिक नियोगलगायतका विदेशका बैंकमा रहेका खाता बन्द गर्न सक्छन् ।

प्रतिक्रियाहरु

[anycomment]