हेटौंडा– काठमाडौ सुरुङको निर्माण कार्य भदौदेखि

२०७० श्रावण ६ गते, आईतवार


काठमाडौ , साउन ५ – हेटौंडा–काठमाडौ सुरुङमार्ग निर्माणको काम भदौको दोस्रो हप्तादेखि शुरु हुने भएको छ ।बर्षाका कारण असार मसान्तदेखि काम थाल्न समस्या भएकाले भदौ दोस्रो हप्तादेखि सुरु गर्न लागेको नेपाल पुर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिएका छन् ।‘असारको मसान्तदेखि काम सुरु गर्ने भनिएपनि बर्षाका कारण सकिएन अब भदौको दोस्रो हप्ता भीमफेदी र कुलेखानीबाट सुरुङ निर्माणको काम नै सुरु गर्छौ’ शनिबार हेटौडामा रिपोर्टस् क्लबले गरेको कार्यक्रममा जोशीले बताए । सुरुङ निर्माणको काम २०७३ सालभित्र सकिने उनले दाबी छ ।
सुरुङमार्ग निर्माणका लागि नेपाल र बिदेशमा बसेका नेपालीबाट ५ अर्ब रुपैयाँ दिने प्रतिबद्धता आइसकेको उनले जानकारी दिए । ‘बिशेषगरी ठूला मुलुकमा बसोबास गर्ने नेपालीहरुबाट पैसा हाल्न तयार छौ भनेर प्रतिबद्धता आएको छ अरु लगानी आउने क्रममा छ’ जोशीले बताए ।
पछिल्लो समयमा प्रभु फाइनान्स र प्रभु रेमिट्यान्स कम्पनीले बिदेशमा बस्ने नेपालीहरुबाट रेमिट्यान्स बापत एक अर्ब रुपैयाँ उपलब्ध गराउन सकिने प्रतिबद्धता जनाएको जोशीले बताए ।त्यस्तै अमेरीकामा बस्ने २ लाख जना नेपालीमध्ये धेरैजसो नेपालीहरु सुरुङमार्ग निर्माणको काममा आकर्षित भएर लगानी गर्न तयार भएको बताउँदै उनले भने ‘दुईलाख जना नेपालीहरुको भेलामा म सहभागी भएर लगानी गर्न आग्रह गर्दा धेरैजसो तयार भएका छन् ।’अहिलेसम्म १ हजार ६ सय जना नेपालीहरुले सुरुङमार्ग निर्माणका लागि लगानी गरिसकेका छन् । उनीहरुबाट पहिलो किस्ता बापत ८ करोड ५० लाख रुपैयाँ प्राप्त भएको जोशीले बताउनुभयो । सुरुङमार्ग निर्माणको काममा १० हजारदेखि १० लाख रुपैयाँसम्म लगानी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]