चिया मजदुरहरु आन्दोलीत

२०७० श्रावण १० गते, बिहीबार

इलाम , १० साउन- तलबबृद्धि संगै बिभिन्न माग राख्दै इलामका चिया मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । मजदुरहरुले वगान र कारखानाका काम आजैदेखि ठप्प पारेका छन् । चिया क्षेत्रमा काम गर्ने मजदुरहरुको तलव अत्यन्तै न्यून भएको तथा तलब बृद्धिका बारेमा गत बर्षहरुमा भएको सहमति कार्यन्वयन नभएको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।नेपाल स्वतन्त्र चिया मजदुर युनियन, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले तलब बृद्धि संगै बिभिन्न २२ सुत्रिय माग राखेर संयुक्त रुपमा आन्दोलनमा उत्रिएको नेपाल चिया बगान श्रमिक संघका केन्द्रिय उपाध्यक्ष भक्तबहादुर बिकले बताए ।चिया मजदुरले आन्दोलन गर्ने निर्णय गरेसंगै पूर्वी इलामका अधिकाँश कारखानाले बुधबार बाटै हरियो पत्ति लिन छोडेका छन । कारखानाले पत्ति लिन छाडेपछि चिया कृषकहरु पनि समस्यामा परेका छन् । मजदुरको आन्दोलनले कृषकहरुलाई समस्या परेको भन्दै चिया उत्पादक जिल्ला सहकारी संघले मजदुरहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गरी बगान र कारखानाको काम सुचारु गर्न माग गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]